गायक तथा संगीतकार कुलुङको ‘जसलाई तिमि माया’ बोलको मर्मस्पर्सी भिडियो सार्बजनिक

गणेश बराल,

पोखरा –

[mom_video type=”youtube” id=”pXqfIkIQlwE”] [quote bcolor=”#1e73be” arrow=”yes”]

जसलाई तिमि माया गर्छौ उसैबाट चोट नहोस,

छायाँ बनि साथ दिदा उपहार त्यो खोट नहोस….

[/quote]

 

गायक तथा संगीतकार अनुज कुलुङको  आफ्नै स्वर संगीत रहेको ‘जसलाई तिमि माया गर्छौ’ बोलको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ ।

गीतकार केशर मङ्गयुङ् को  रचना रहेको  गीतमा गीतकारले आफुले सबैथोक सुम्पिएर माया गरेका व्यक्तिले उपहार स्वरूप चोट  दिएको मर्मस्पर्सी भाब गित मार्फत  प्रस्तुत गरेका छन् । उक्त गीतको म्युजिक भिडियोमा केशर मङ्गयुङ्, युनिषा राई र दिपा लिम्बुको  अभिनय रहेको छ । भिडियोलाई निर्देशक राज चाम्लिङ्गले  निर्देशन गरेका छन् ।

यसअघि पनि  युटुब मार्फत आफ्ना  गितहरु  सार्बजनिक भइसकेको बताउदै  गायक  तथा संगीतकार  कुलुङले नयाँ गीतहरु पनि छिटै सार्वजनिक हुने बताए  । अनुराग अधिकारीको शब्दमा कुलुङको आफ्नै स्वर संगीत रहेको ‘पछ्यौरीले मुख छोप्दै’ बोलको गीत उनको पहिलो रेकर्डेट गित हो । गित गाउन भन्दा संगीत भर्न बढी रुचि राख्ने  कुलुङ  साथीभाई तथा अग्रजहरुले  स्वर पनि मिठो छ गाउनुस् भनेपछि गाउन थालेको बताउछन् । उनले पोखरान्युज डटकम संग भने ” १ दर्जनभन्दा बढि कलेक्सन एल्बमहरुमा संगीत गरिसकेको छु, कतिपय एल्बम बजारमै आए कतिपय स्टुडियो र रेकर्डमा मात्र सीमित भए ।”

आफुलाई संगीतको विद्यार्थी ठान्ने उनि संगीत आफ्नो मनको सन्तुष्टिको लागि गर्ने  तर त्यहि कुरा  बाहिर आउँदा सुन्ने श्रोताहरुले उत्साह थापिदिदा अझै संगीतमा केहि गरौ जस्तो लाग्ने बताउछन् । उनले आफ्नो संगीत सँगै अग्रज संगीतकारहरुको संगीतमा स्वर हालेर सोलो एल्बम निकाल्ने तयारीमा रहेको जानकारी पोखरान्युज डटकमलाइ दिए । प्रकाश सुवेदी र कल्पना प्रसाई सुवेदीको शब्दमा कुलुङले  संगीत भरेको  नयाँ रोमान्टिक गीत छिटै सार्वजनिक हुदैछ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button