आज पोखरा सडक महोत्सबको मुख्य दिन, मध्यरात सम्म जाग्नेछ पोखरा

पोखरा-

रेवान पोखराको आयोजनामा पोखराको लेकसाइडमा जारी १८ औं पोखरा सडक महोत्सवमा दिनानुदिन आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ  ।  आज शनिबार बिदाको दिन  तथा महोत्सबको मुख्य दिन समेत भएकाले  पनि महोत्सब स्थलमा चहलपहल निकै बढ्ने छ   ।शनिबार राति १२ बजे अंग्रेजी नयाँ वर्ष २०१७ लाई स्वागत गरिने भएकाले  पनि ३१ डिसेम्बरका दिन आन्तरिक तथा बाह्य पर्यटकको चाप   महोत्सव स्थलमा बढ्ने गर्दछ । नयाँ वर्षको स्वागतार्थ  आज शनिबार  पोखराको लेकसाइड  मध्यरात सम्म जाग्दै छ ।

महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले महोत्सबमा आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको  बताउदै खुसि ब्यक्त गरे । महोत्सब स्थलमा बिहिवार देखिनै दर्शकको उपस्थिति बाक्लिएकोमा शुक्रबार झन चाप बढेपछि सडकमा सवारीसाधन गुड्न  रोक्न परेको उनले बताए ।  प्रहरी, प्रशासनले अवस्थालाइ बुझेर धेरै ठुलो सहयोग गरेको बताउदै उनीहरुको सहयोग प्रति  भट्टराईले बिशेष धन्यवाद  ब्यक्त गरे । शुक्रबारको उपस्थिति हेर्दा शनिबार दर्शकको संख्यामा उल्लेख्य वृद्धि हुने भन्दै भट्टराईले महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाइ निकै आकषिर्त पारेको आफुले महशूस गरेको बताए। उनले पोखरा न्युज डटकम संग भने , “महोत्सबकै लागी भनेर देशका विभिन्न भू-भागवाट दर्शक आएको हामीले पाएका छौ।”

“नयाँ बर्ष मनाउन पोखरामा पर्यटकको घुइचोनै लागेको  छ, पर्यटकले पोखराका होटलहरु यतिबेला भरिभराउ भएको जानकारी आएको छ, यो खुसीको कुरा हो” रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले पोखरान्युज डटकम लाइ भने । महोत्सवका सांस्कृतिक संयोजक समेत रहेका गुरुङले शनिबार  सडक महोत्सबको मुख्य दिन भएकाले पनि दिनभर र साझ ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक  प्रस्तुति रहने बताए ।  रेवान पोखराका महासचिव विश्वराज पौडेलले महोत्सब स्थलमा शुक्रबार बिहानैदेखि पर्यटकको  उपस्थिति  बाक्लिएको जनाउदै विभिन्न खानाको परिकारको साथमा गित संगीतमा दर्शकहरु स्वस्फुर्त रुपमा रमाएको भन्दै खुसि ब्यक्त गरे।

 शनिबार दिउसो अम्टबोट  र रत्नमन्दिर अगाडी सडकमा  रस्साकसि प्रतियोगिता हुने महोत्सबका खेल संयोजक हरि भुजेलले बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button