आदिवासि जनजाति, मधेसी तथा पछाडी परेका बर्गलाई अधिकार दिलाएरै छाड्छु- प्रम प्रचण्ड

पोखरा-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी, थारु, आदिवासि जनजाति पिछडीएका बर्गलाई अधिकार दिलायरै छाड्ने बताए ।
शनिबार पोखरामा आयोजना भएको सामुहिक तमू च्यहल्होसार÷ल्होछार कार्यक्रममा वोल्दै प्रधानमन्त्री प्रचण्डले आफु ब्राहमणको छोरा भए पनि मधेषी थारु, आदिवासि जनजाति पिछडीका बर्गको हकहितको लागि अन्तिम समयसम्म आफु लडेर भए पनि अधिकार दिलायरै छाड्ने बताए । मधेस, पहाड र तराई तीनै वटा क्षेत्रलाई मिलायर लैजाने जिम्मेवार आफ्नो काधमा आएकोले त्यसको लागि आफुले सवै जातजातिहरुको हकहितको लागि लडेर भए पनि अधिकार दिलाउने त्यसमा कस्केलीको सहयोग आवश्यक भएको समेत प्रचण्डाले बताए ।

सवै जातिलाई एकताको सुत्रमा बाध्दै अन्तिममा राष्ट्रिय एकता र संविधान कान्वयन हुने बताएका उनले भने“ अहिले संविधान कान्वयनको अबस्थामा छ, मधेष, पहाड र तराईमा सर्घषकोे नेतृत्व गरेको नाताले मैले सवैलाई मिलायर लैजान सक्छु भन्ने विश्वास लिएको छु ।” संविधान वनाउदा आफुले त्याग गरेकोले संविधान जारी भएको ठोकुवा गर्दै प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री वनाउने प्रस्ताव आफुले गरेको जनाए ।
उनले भने “हाम्रो सुन्दर देश, प्राृकतिले यति धेरै धनि छ, सम्भावना धेरै छ, जल, जडीवुटि र पर्यटनको अथाह सम्भावना छ, यसको सहि ढंगले प्रयोग गर्न सके आर्थिक विकास गराउन सकिन्छ ।” आर्थिक समृद्धि र समाजवादको स्थितीमा देशलाई लैजान तर्फ अब सोच्नु पर्ने समय समेत आएको उनले बताए । तमु धिं नेपालको आयोजनामा संचालन भएको कार्यक्रममा नेपाल बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ सहित १२ जनालाई एकै मञ्चमा सम्मान गरीएको थियो । सम्मानित व्यक्तिलाई फेटा सहित सम्मान पत्रले सम्मान गरीएको हो । देशलाई लोडलेडिङ मुक्त वनाउने अभियानमा महत्वपुर्ण काम गरेको भन्दै तमु धिँले उनलाई सम्मान गरेको तमु धि नेपालका अध्यक्ष कर्म तमुले बताईन । त्यसै गरी गुरुङ समुदायको विभिन्न क्षेत्रमा योगदान पराएको भन्दै पत्रकार द्धोय डण्ड गुरुङ र ईन्दीर गुरुङ, तमु छोजं धिँका दल बहादुर गुरुङ लगायतका रहेका छन ।

कार्यक्रममा गुरुङ समुदायको झाँकी समेत प्रदर्शन गरीएको थियो भने विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरीएको सरस्वती गुरुङले बताईन । भेडीगोठ झल्कने झाकीले कार्यक्रममा थप रौनक दिएको भुवनसिंह गुरुङले जनाए । यस अघि तमुहरुको झाँकी सहित पोखरामा ¥याली प्रदर्शन गरीएको थियो । कार्यक्रममा करीब १५ मिनेट जसो जेनेरेटर विग्रिएका कारणले गर्दा केहि समय कार्यक्रम स्थगीत भएको थियो । आयोजकले विकल्पमा अर्को जेनेरेटरको व्यबस्थापन नगर्न अतिथि तथा सहभागिहरुले आयोजक प्रति गुनासो गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button