फेरी सुरु भयो पोखरा रंगशालामा गाइजात्रा

केशब पाठक,

पोखरा-
पोखरा रंगशाला भित्र १५ दिन देखि बन्द भएको गाडी चालक सिकाउने कार्य पुनः सुरु भएको छ । ‘पुष १ गते बाट अव वन्द भो मैले नै यो रोकेको हुँ’ भन्दै हिंडेका पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका अध्यक्ष खगराज पौडेलको भनाई यति बेला उल्टो सावित भएको छ । उनको भनाई भुँइमा खस्न नपाउँदै जिल्ला खेलकुद कास्कीले यस कार्यलाई निरन्तरता दिएको छ ।

कुनै बेला गाइचरणको रुपमा प्रख्याती पाएको पोखरा रंगशालालाई पोखरेली जनताहरुले भावी पुस्ताको लागि रंगशाला संरक्षण गर्नु पर्छ भन्दै राज्य समेत निरिह भएको अवस्थामा पर्खाल लगाएर घेरेर राखे । अतिक्रमण वाट राज्यको सम्पती जोगाए । सायद यस्तो सोचका पोखरेली नागरिक विश्वमा विरलै पाइन्छन । जति दिन घरकिंदै छ, जति खेलकुदले संसारमा विकासको रुपले अगाडी वढेको छ त्यस्को ठिक उल्टो पोखरा रंगशालाले भने मार खेप्नु परेको छ ।

खेलकुदमा गतिशिल नेतृत्व नहुनुको पछाडी रंगशालाको दुर्गती भएको एक खेलप्रेमीले बताए । ‘जो आउँछन कि त तिनले व्यक्तिगत फाइदा लिन मात्र खेजेका हुन्छन र खेलकुद वुझेका नै हुँदैनन’ उनले भने । केही दिन राहत भए पनि पुनः सुरु भएकोमा सवै खेल प्रेमीहरु चिन्ता व्यक्त गरेका छन । ‘खेलकुदको रंगशालामा खेलकुदको गतिविधी हुनु पर्ने हो तर गाडी सिकाइन्छ हामी अव केही न केही त गर्नै पर्ने भयो’ लन टेनिस संघका अध्यक्ष विनोद कायस्थले भने । विहान ५ वजे वाट गाडी सिकाउँदा उडेको धुलोले लाखौं खर्चेर बनाइएको टेनिस कोर्टहरु समेत कुरुप बनिसकेका छन । ‘कोर्ट वरपर लगाइएका मंहगा रुखका विरुवा समेत मर्न लागि सके’ कायस्थले देखाउँदै भने । ‘लन टेनिस सिक्न आएका खेलाडी पनि विरामी हुने अवस्था छ धुलोको कारण’ उनले भने ‘अभिभावक समेत आफ्ना छोरा छोरीलाई दुर्घटनाहुने डरले पठाउनै छोडीसके यस्ले खेल विकासमा नकारात्मक प्रभाव पा¥यो ।’

यहाँ सिमित भाडाको लोभले वर्वाद हुँदै गएको रंगशालाको बारेमा कसैलाई एक रति चिन्ता छैन । गाडी सिक्न आउने हरुले खुल्ला रुपमा गर्ने शौचले दुर्गन्ध थपिएको छ भने आर्चरीको शौचालयको अवस्था झनै नाजुक रहेको छ । लाँखौ खर्चेर बनाइएको तारवार समेत भत्किएको छ । ‘अव त विद्रोह नै गर्नु पर्ला जस्तो छ’ अव हामी संयुक्त रुपमा मिलेर विरोध गर्छौ’ आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले भने । ‘रंगशालामा त स्वास्थ बनाउन पो जाने हो यहाँ त वर्वाद नै छ’ एन्फा कास्कीका अध्यक्ष धरम बहादुर लामिछानेले भने–‘फुटबल सिक्ने दोश्रो ग्राउण्ड गाडी सिकेर वर्वाद नै भइसक्यो अव त दुर्घटनाको डरले मैदानमा नै आउन छोडे गाडी सिक्नेहरुले व्रेक लगाउनुको साटो एक्सीलेटर दवाउँदा झनै जोखिम भएको छ हाम्रो कुरा सुन्ने कोही भएन’ अध्यक्ष लामिछानेले भने ।

‘मेरो पालामा भएको सम्झौता होइन यो लिजमा दिने कुरो पुरानो कार्य समितीले गरेको हो’ ‘यसमा मेरो केही संल्गनता पनि छैन’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङ्गले भने – ‘खेलकुदलाई असर पर्न हुन्न यो रोकिनु पर्छ तर विगतको सम्झौताले मलाई अप्ठ्यारो पारेको छ ।’ अख्तियारमा समेत यस वारे मुद्धा परेको छ, यसमा अख्तियारले कुनै फैसला समेत नगरेको र विचाराधिन रहेकोले झनै अप्ठ्यारो परेको छ, बोल्न सक्ने अवस्था नै छैन’ उनको भनाई छ । यता क्षेत्रिय अध्यक्ष पौडेलले उनले अव कार्य समितिको वोर्ड वैठक नै बोलाएर रोक्ने वताएका छन । तर उनको भनाइमा कति दम छ त्यो भने हेर्न वाँकी छ ।

पोखरा रंगशालामा सुरु भएको यो कार्यको केहीले खेलकुद पदाधिकारीको गाइजात्राको शंज्ञा दिएका छन क्षेत्रिय र जिल्लाका पदाधिकारीहरु रंगशाला कस्को ? र कसरी संरक्षण गर्नु भन्दा पनि कसरी विर्गान सकिन्छ भन्ने ध्याउन्नमा व्यस्त जस्तै छन । पोखरेली जनताहरुले सरकारी स्वामित्वको ३ सय १५ रोपनी जग्गा संरक्षण गरेको रंगशालाको उचित संरक्षण नगरी चालक सिक्ने थलोको रुपमा विकास भएको देख्दा यतिवेला भने पोखरेलीहरुको मन रोएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button