पोखरा भैरहवा जोड्ने सिद्धार्थ राजमार्ग चार लेनको बनाइने

पोखरा –

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पर्यटकीय सहर पोखरा र व्यापारिक केन्द्र भैरहवालाई जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गरिने बताएका छन् ।

स्याङ्जा जिल्लाको भौतिक विकास निर्माणका विषयमा जिल्ला सदरमुकाममा आयोजित अन्तक्रिया कार्यक्रममा मन्त्री लेखकले यस्तो भनेका हुन् । “दुई लेनको सडकलाई विस्तार गरी अब चार लेनको बनाउनेमा सरकार अगाडि बढ्दै छ”, उनले भनेका छन् ।

मन्त्री लेखकले जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गरिने जानकारी पनि दिए । मन्त्री लेखकले सदरमुकामस्थित आँधीखोलामा निर्माण गरिएको पक्की पुलको पनि आजै शिलान्यास गरेका छन् ।

स्रोत – कारोबार डेल्ली

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button