जेष्ठ नागरीकलाई पुष २७ गते लेकसाईडमा निशुल्क स्वास्थ्य जाँच

डीएनबी,
पोखरा –
पोखरा ६ स्थित लेकसाईड क्षेत्रका जेष्ठ नागरीकहरुलाई लक्षित गरी यही पुष २७ गते पृथ्बीजयन्तीको अवसरमा निशुल्कः स्वास्थ्य शिविर हुने भएको छ । टोल विकास समन्वय संस्था बैदामको संयोजनमा राजनीतिक दल, नागरीक समाज, आमा समुह, क्लवको सहित विभिन्न संघ संस्थाको सहकाईमा एक दिने उक्त शिविर हुने भएको समन्वय संस्थाका अध्यक्ष गिरीराज अधिकारीले पोखरान्युज डटकम लाइ बताए ।

बैदाम सहित पोखरा क्षेत्रका जेष्ठ नागरीकहरुको बुढेसकालमा देखापर्ने स्वास्थ्य समस्याको निराकरण गर्ने  उद्धेश्यले उक्त शिविर आयोजना हुने भएको अधिकारीले बताए । प्राय अधिकाशं रोगको स्वास्थ्य परिक्षण गर्ने गरी स्थानीय क्षेत्रका जति जक्दो धेरै चिकित्सकहरुको सहभागिता बढाउने लक्ष्य राखिएको डा. थानेश्वर पहारीले पोखरान्युज डटकम संग बताए । आफ्नो क्षेत्रमा भएका बृद्ध बाबु आमाको स्वास्थ्य परिक्षण गराउन वडा नागरीक मञ्च बैदामका संयोजक विष्णुहरी अधिकारीले आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button