पुष २७ देखि ढुंगेसाँघुमा माघेसंक्रान्ति महा-उत्सव हुने

पोखरा-
पोखरा १५, ढुगेसाँघु (परोपकार आश्रम) मा यही पुष २७ गते देखि माघेसंक्रान्ति महा उत्सव हुने भएको ।

राष्ट्रिय परोपकार महासंघ नेपालको आयोजनामा माघ ४ गते सम्म समाजको परिसरमा श्रीमदभागवत माघेसंक्रान्ति महा उत्सव हुने भएको सुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । नेपाली कला संस्कृतिको जर्गेना गर्दै वातावरण संरक्षण गरी गरीव तथा विपन्न बर्गका व्यक्तिहरुको भरणपोषणमा थप टेवा पुग्ने उद्धेश्यले यस बर्ष पनि माघेसंक्रान्तिको अवसरमा उक्त उत्सव आयोजना गर्न लागिएको महासंघका अध्यक्ष भागवत भाष्कर पण्डित कमलनयन गौतमले बताए । विभिन्न जिल्लाका ४२ जना वालकहरु बलआश्रममा रहेको बताएका गौतमले दमौली शाखामा २२, दमौलीमै १३ जना वृद्धवुद्धा, म्याग्दीमा ९ जना बृद्धबृद्धा रहेको समेत उनले बताए । देश भर करीब आफ्नो संगठन विस्तार भएकोले संगठनमा आवद्ध सदस्य तथा सहयोगिहरुको हातले गर्दा आफुहरुलाई आश्रम तथा बृद्धाश्रमहरु संचालनमा खासै समस्या नभएको अध्यक्ष गौतमले बताए ।

“सेवा नै धर्म हो” भन्ने मुल नाराका साथ २०६४ पोष २९ गते स्थापना भएको महासंघले विभिन्न जिल्लामा सामाजिक तथा वातावरणीय क्षेत्रमा उल्लेखनिय रुपमा काम गर्दै आएको महासंघका अध्यक्ष गौतमले जनाए । महासंघमा करीब एक सय जनालाई देनिक खानपिन सहितको व्याबस्था गर्नुपर्ने अबस्था हाल रहेको उनले जनाए । धार्मिक सहिष्णुता तथा जातीय सदभाव कायम राख्दै पुरातन इतिहास बोकेका, मठमन्दिर, चौतारी, पोखरी, तलाउ, पार्टी पौवा, गुम्बा, चैत्य, प्राकृतिक स्थल, सिद्ध शक्तिपिठहरु पहिचान गराउन, नविन कार्य शैलिसंगै आध्यात्मिक पर्यटन गन्तव्यहरुको विकास विस्तार गर्न महासंघ लागेको अध्यक्ष गौतमले जनाए । विभिन्न सामाजिक संघ संस्था तथा शैक्षिक संस्थाहरु पोखरा भ्रमणमा आउदा महासंघको आश्रमसम्म पुग्दा आफुहरुले उनीहरुलाई खाना वस्नको राम्रो व्यबस्था समेत गर्ने गरेको गौतमले बताए । एक सय जना लागि आफुहरुले एकै रातमा व्यवस्थापन गर्न सकिने उनले जनाए । उक्त अवसरमा तेश्रो महाधिवेसन पुष २९ गते हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button