कर्पाकेली बास्केटबल उपाधी फिमला क्लव फुलवारीलाई

पोखरा-

कर्पाकेली पुन युवा क्लव राम बजार पोखरा द्वारा आयोजित दोश्रो कर्पाकेली कप बास्केटबलको उपाधी फिमला क्लव फुलवारीले प्राप्त गरेको छ । शनिवार सम्पन्न फाइनल खेलमा रामबजार कर्पाकेली समाजलाई ६८–६० को अंकले हराउँदै नगद ३० हजार प्राप्त गर्यो । उपविजेता रामवजार कर्पाकेली समाजले नगद १७ हजार प्राप्त गरेको छ ।

त्यसै गरि महिला तर्फको फाइनल खेलमा फिमला क्लव फुलवारीले रामवजार कर्पाकेली समाजलाई २२–१४ को अंकमा पराजित गरेको छ । विजेता फिमला क्लवले ७ हजार र उपविजेता रामवजारले नगद ४ हजार प्राप्त गरेको छ ।

त्यसै गरि पुरुष भेट्रान तर्फको खेलमा कास्की जिल्ला बास्केटवल संघले फुलवारी पुन समाजलाई ६३–३९ अंकले पराजित गरेको छ । कास्की जिल्ला बास्केटवल संघले नगद १७ हजार र उपविजेता फुलवारीले १० हजार प्राप्त गर्यो ।

पुस १८ गते देखि सुरु भएको उक्त बास्केटवल प्रतियोगितामा पुरुष तर्फ रामवजारका किरण पुन, महिला तर्फ रामवजारकी बविता पुन र भेट्रान तर्फ फुलवारीका सान वहादुर पुन घोषित भए ।

विजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी क्या. गोविन्द पहरे पुन, पोखरा पुन क्लवका अध्यक्ष क्या विरेन्द्र पुन, कास्की जिल्ला पुन समाजका अध्यक्ष वलवहादुर पाइजा पुन, कर्पाकेली पुन समाज रामवजारका अध्यक्ष जयराम पुन, रमेश गर्वुजा, चन्द्र जित पहरे लगाएत नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यबmमको संचालन आयोजक क्लवका रवी पुनले गरेका थिए ।

समापन कार्यक्रममा सातौ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलका बास्केटवल खेलाडीहरुलाई सम्मान गरिएको थियो । पुर्वाञ्चलमा सम्पन्न उक्त प्रतियोगितामा पश्चिमाञ्चलले काश्य पदक जितेको थियो । खेलाडीलाई जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष याम गुरुङ्ग,नेपाल बास्केटवल संघका उपाध्यक्ष जुम गुरुङ्ग, जिल्ला वास्केटवल संघका अध्यक्ष नेत्र वहादुर सेन, संघका खिमन पुन,, सचिव ध्वज कुमार गुरुङ्ग, नारायण पुन लगाएतले सम्मान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button