सुन चाँदी ब्यबसायी संघ कास्कीको अध्यक्षमा दियाली

डीएनबी,
पोखरा-
सुन चाँदी ब्यबसायी संघ कास्कीको चौथो साधारण सभा तथा दोस्रो अधिबेशनले निर्मल दियाली सुनारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

शनिबार अवेर पोखरामा सम्पन्न भएको उक्त अधिवेसनले ३ बर्षीय कार्यकालको लागि १८ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेकोे हो । संघको उपाध्यक्षमा द्धोय राजेशमान बुद्धचार्य र भविन्द्र बिश्वकर्मा, महासचिवमा मन बहादुर लामगादे, सचिवमा तारा गौतम (सुनार), सह–सचिवमा महेन्द्र बिश्वकर्मा, कोषाध्यक्षमा सोभितमान बुद्धचार्य, सह–कोषाध्यक्षमा मंगलराज शाक्यलाई चयन गरेको छ ।

त्यसै गरी महिला सदस्यमा सिता पन्थी सुनार र अन्य सदस्यहरुमा टेकनारायण शाक्य, प्रितम शाक्य, राजनकुमार बुद्धचार्य, सोमबहादुर विक, दशरथ सुनार, कमलमान सुनार, तारा बहादुर विक, हरिकुमार धमला र दिपक घिमिरे रहेका छन । अधिबेशनमा पदाधिकारीहरुको चयन सर्वसम्मत भएता पनि १० जना सदस्यको लागि १९ जनाको उमेदवारी परेपछि करीब ३ घण्टा पछि ९ जनाले नाम फिर्ता लिएपछि बाँकी १० जना सर्वसम्वत रुपमा सदस्यमा चयन भएका हुन ।

निवर्तमान अध्यक्ष चन्द्रकिशोर गौतमले अध्यक्ष सुनारलाइ सफथग्रहण गराएका थिए भने सुनारले अन्य पदाधिकारी सहित सदस्यहरुलाई सफथत ग्रहण गराएका हुन । अध्यक्ष सुनारले आफ्नो ३ बर्षीय कार्यकालमा सवै व्यावसायीहरुको हकहितको लागि काम गर्ने वचन दिए ।

उनले भने “ मैले अहिले तत्काल यो काम गर्छु भन्दीन, समय र परिस्थिती अनुसार व्यवसायीहरुको हितको लागि व्यवसायीहरुको राय र सुझावलाई मनन गरी संस्थालाई उचो राख्दै अघि बढ्ने छु । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button