लोकमान मुद्दा टुंगियो, सर्वोच्चद्वारा अख्तियार प्रमुख हुन अयोग्य ठहर

काठमाडौं–

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की पदमुक्त भएका छन् । आईतबार सर्वोच्च अदालतले अख्तियार प्रमुख बन्नका लागि कार्कीको योग्यतानै नपुगेको फैसला गरेपछि उनी पदमुक्त भएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरराज खतिवडा, आनन्दमोहन भट्टराई लगायतको इजलाशले कार्कीमा उच्च नैतिक चरित्र नभएको भन्दै सो पदमा रहन अयोग्य ठहर गरेको हो ।

अख्तियार प्रमुखका रुपमा कार्कीले नियुक्ति पाएलगत्तलै अधिवक्ता ओमप्रकाश अर्यालले उनको योग्यताको प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।
एकपटक सर्वोच्चले खारेज गरेको रिटमाथि फेरि पुनरावलोन रिट परेको थियो । प्रधानन्यायाधीशको रुपमा सुशीला कार्कीको उदय भएपछि लोकमान बिरुद्धको रिटले निस्सा पाएको थियो ।

कार्कीको नियुक्ति र योग्यताविरुद्ध मुद्दामा सर्वोच्च अदालतमा आजै सुनुवाई सकिएको थियो ।

यही पुस ७ गतेबाट सुरु भएको बहस ८, २१, २२ हुँदै आजसम्म चलेको हाे ।

रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालका तर्फबाट आज वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, डा चन्द्रकान्त ज्ञवाली, रमेश वडाल, टीकाराम भट्टराई, राजु चापागार्इं, रमणकुमार कर्ण, दिनेश त्रिपाठी, बाबुराम दाहाल, ज्योति लम्साल पौडेल, कुनदेवी महर्जनसहित १५ जनाले बहस गरेका थिए ।

post source- Ratopati

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button