संचारमन्त्री कार्कीद्धारा पोखरामा टेलिकमको एक्सचेन्ज सेवाको उद्घाटन

डीएनबी, पोखरा-

केहि बर्ष अघि देखि पोखरा क्षेत्रमा नेपाल टेलिकमको नयाँ एक्सचेन्ज (मल्टी सर्भिस एक्सीस गेट वे) अर्थात एम.एस.ए.जी. सेवा सञ्चालनमा ल्याए पनि आइतबार औपचारीक रुपमा उद्घाटन गरीएको छ । एक समारोहका विच आईतबार सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले उक्त सेवाको पोखरा छिनेडाँडा स्थितको एक्सचेन्ज शाखाको उद्घाटन गरेका हुन ।

नेपाल टेलिकमले नेपालको विकासलाई द्रुतगतिमा अघि बढाउन अन्य क्षेत्रमा समेत लगानी गरी अघि बढ्न आग्रह गर्दै मन्त्री कार्कीले नयाँ प्रविधि आईटीको विकास आवश्यक भएको बताए । देशको आर्थिक विकास कृषि, पशुपालन, उद्योग धन्दा कलकारखानासंगै नयाँ प्रविधि आईटीको पनि संगै विकास हुनु पर्ने उनको जोड थियो । उनले भने “ विकासको नारामा खाली कृषि र पशुपालनले मात्र विकास हुदैन समय र परिस्थिती अनुसारका नयाँ प्रविधिहरुको प्रायोग गर्न सक्नु र पहुच पुराउनु विकास पनि विकास हो । ” दुरदराजमा रहेका वालवालीकहरुको लागि सरकारले कम्प्युटर शिक्षा दिने उनले जनाए । आफ्नो देशमा भएको सीप र क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दैै मन्त्री कार्कीले यसो गरेमा हजारौं युवा शक्ति विदेश पलायन हुनबाट रोक्न सकिने जनाए । स्वदेशमै केहि गर्न युवा पिढीलाई आग्रह गर्दै निजी क्षेत्रले यस तर्फ सरकारसंग समन्वय गरी अघि बढ्न मन्त्री कार्कीले आग्रह गरे ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले आफ्ना सेवालाई गुणस्तरीय बनाउन विभिन्न क्षेत्रमा यो सेवा विस्तार गरेको बताइन । छिनेडाँडाको एक्सचेन्ज ३ सय ५२ लाइन विस्तार गर्न सकिने भएको ईन्जीनियर सुरेन्द्र केसीले बताए । थप सेवा विस्तार पनि सो क्षेत्रमा ७ सय ३६ जनालाई सम्म यो सेवा दिन सकिने भएको उनले जनाए । करीब दुई किलोमिटर क्षेत्रसम्म इन्टरनेट सेवा संचालन गर्न सकिने जुनको प्रयोग गर्दा उपभोक्ताहरुलाई मोवाइल डाटा भन्दा धेरै सहुलियत हुने समेत केसीले जनाए । एक्सचेन्ज टेलिफोन सेवा संगै एडीएसएल प्रयोग गरे पछि मासिक १९२ केबीपिएसको एक हजार १७ रुपैयामा अनलिमिटेड रुपमा इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ ।

नेपाल टेलिकमका पश्चिमाञ्चल क्षेत्रिय निर्देशक सिद्धप्रताप भारतीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारी, नेपाल टेलिकम पोखराका प्रमुख नरेश काजी शाक्य, व्यापार शाखा प्रमुख राजेस रेग्मी लगायतले वोलेका थिए । कार्यक्रममा सहभागिहरुलाइ नेपाल टेलिकमले निशुल्क सिम कार्डं समेत वितरण गर्ने घोषणा गर्देै केहिलाई वितरण समेत गरेको थियो । पोखरा र काठमाण्डौंमा नेपाल टेलिकमले हालै ‘फोरजी’ चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा संचालनमा ल्याएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button