पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले पत्रकारलाई गुमराहमा पारेको आरोप

पत्रकारलाई किन टिम व्यवस्थापक बनाइयो ?
पोखरा-

भर्खरै पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलबाट रिपोर्टिङ्गका लागि गएका पत्रकारहरुले आफुहरुलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले गुमराहमा पारेको आरोप लगाएका छन् । उनीहरुलाई ‘पत्रकारकै कोटा’ भनिएपनि पछि गएर विभिन्न खेलको टिम व्यवस्थापकका रुपमा लगिएको भन्ने कुरा खुल्न आएको छ । पूर्व गएर फर्किएका एक पत्रकारले आफुलाई महिला ह्याण्डबलको टिम व्यवस्थापक बनाइएको बताएका छन् । त्यस्तै अर्का एकजनालाई जुडोको टिम व्यवस्थापक बनाइएको थियो ।

[quote]‘क्षेत्रिय खेलकुद विकास समितिले हामीलाई गुमराहमा पा¥यो । हाम्रा साथीहरुलाई टिम व्यवस्थापक बनाएर लगिएको कुरा मैले धेरैपछि थाह पाएँ । यस्तो कुरा पहिल्यै जानकारी दिएको भए सायद हामीले प्रतिनिधी पठाउने थिएनौं होला’ – केशब पाठक (अध्यक्ष, खेलकुद पत्रकार मञ्च,कास्की)[/quote]

‘मलाई त पत्रकारनै बनेर जाने हो भन्ने लागेको थियो, पछि मात्रै थाह दिइयो मलाई त व्यवस्थापक पो बनाइएको रहेछ’– पूर्व गएर फर्किएका एक पत्रकारले भने । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले दुई जना पत्रकारलाई मञ्चको तर्फबाट आधिकारीक भन्दै विदाई गरेको थियो । प्रतियोगितामा जानु पुर्व पोखरा रंगशालामा आयोजित विदाई समारोहमा मञ्च कास्कीका उपाध्यक्ष दिननाथ बरालले पनि त्यहाँ उपस्थित पत्रकारहरुलाई ‘उहाँहरु दुई जना हाम्रो आधिकारीका प्रतिनीधि हुन्, जे समाचार चाहिएपनि उहाँहरुलाई सम्पर्क गर्नुहोला’ भन्दै आश्वासन दिएका थिए । त्यस्तै यसअघिनै मञ्चका अध्यक्ष केशब पाठकले पनि सातौं राष्ट्रिय खेलकुद प्रतियोतिगामा मञ्चको तर्फबाट दुई जनालाई पठाउने निर्णय गरेको जानकारी दिएका थिए ।

विदाई समारोह पश्चात खिचिएका तस्विरहरुमा उनीहरु दुई जना अन्य खेलको व्यवस्थापक बनेर जान लागेको कुरा खुलेको थियो । यस विषयमा मञ्च कास्कीका अध्यक्ष केशब पाठकलाई सोध्दा उनले पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले आफुहरुमाथि जालसाँझि गरेको आरोप लगाए । ‘समितिले सिधै पत्रकारहरुको आँखामा कालो पट्टि बाँध्ने काम ग¥यो, हामी यसको भत्सर्ना गर्दछौं’–पाठकले भने । मञ्चले त्यसअघिनै समितिसंग पत्रकारहरुका लागि कोटा मागेको उनले दावी गरेका छन् । ‘हामीले दुई जनाको कोटा मागेका थियौं र हुन्छ पठाउनुहोस् भनेपछि हामीले दुईजनाको नाम पठाएका हौं’–अध्यक्ष पाठकको भनाई छ ।

[quote]राखेपले मिडियाको कोटा पठाएको थिएन, व्यवस्थापक बनाएर लगे बस्ने, खाने र भत्ता समेत मिल्ने थियो भनेर व्यवस्थापकमा हालेका हौं । उहाँहरुलाई अवसर दिने हाम्रो सोंच हो’–खगराज पौडेल (अध्यक्ष, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति)[/quote]

उता क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले भने आफुहरुले राष्ट्रिय खेलकुद परिषद्ले पठाएजति कोटामा पत्रकारलाई पार्न नसकिएकाले उनीहरुलाई व्यवस्थापक बनाएर लैजानुपरेको बताएका छन् । ‘जसरि लगेपनि हामीले उहाँहरुलाई बस्ने, खाने र भत्ता समेतको प्रबन्ध मिलाउनु पर्ने थियो, मिलाइयो’–पौडेलले भने । कसरि लग्यौं भन्दा पनि हामीले उहाँहरुलाई लैजान पाए उहाँहरुले पनि राष्ट्रिय खेलकुदको अनुभव संगाल्ने र रिपोर्टिङ्गको अवसर मिल्ने सोंचले हामीले उहाँहरुलाई लगेका हौं, यसलाई गलत तरिकाले नलिऔं’ –उनले भने । समितिले पोखरामा हुन लागेको राष्ट्रिय भलिवल प्रतियोगिताको बारेमा जानकारी दिन आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो प्रश्न उठेपछि पौडेलले यो विषयमा प्रष्ट पार्दै यस्तो जवाफ दिएका हुन् । भलिवलको पत्रकार सम्मेलन सकिएपछि पनि यहि विषयमा छलफल गर्दै गरेका पत्रकारहरुले ‘अरु बेलामा पत्रकार खोज्ने तर राष्ट्रिय खेलकुद प्रतियोगितामा पत्रकारको सहभागिता नखोज्नुलाई पत्रकारहरुले गंभिरतापूर्वक लिनुपर्ने’ भन्दै आ–आफ्नों तर्क प्रस्तुत गरेका थिए । तर यो विषयमा कमजोरि पत्रकारहरुकै रहेको पनि केहि पत्रकारहरुले औल्याए । सबैभन्दा पहिला हामी किन, कहाँ र कसरि जाँदै छौं भन्ने वारेमा आँफै जानकार हुनुपर्ने पत्रकारहरुकै एक समुहको टिप्पणी थियो ।

स्रोत -आर्दश नेपाल दैनिक

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button