पोखरा महोत्सवलाई सहयोग गर्न संघ सस्थाको प्रतिवद्धता

पोखरा –

सातौ संस्करणको पोखरा महोत्सवलाई सफल बनाउन पोखरा उपमहानगरपालिकाका भित्रका सम्पूर्ण संघ सस्थाहरुले सहयोग गर्ने भएका छन । युनाइटेड क्लवको आयोजनामा हुने सातौ पोखरा महोत्सवलाई पोखरा उपमहानगरपालिकाका २९ वटै वडाका सम्पूर्ण संघ सस्था, आमा समुह, महिला समुह, टोल बिकास संस्था, वडा नागरिक मञ्च, संघ सस्था परिचालकहरुको भेलाले सातौ पोखरा महोत्सवलाई पूर्ण रुपमा सहयोग गरी भब्य र सभ्य बनाउने निर्णय ग¥यो ।

सोमबार महोत्सव स्थल अमरसिंह चौरमा आयोजित बृहत भेलाले आगामी पुस २९ देखि माघ १० गते सम्म अमरसिंह चौरमा आयोजना हुने महोत्सवलाई सफल बनाउन कुनै कसुर नराख्ने निर्णय गरेको हो । पोखरा महोत्सव अन्य मेला महोत्सव भन्दा भिन्दै उद्देश्यका साथ आयोजना भएकाले भेलामा सहभागीहरुले महोत्सव अवधिभर विभिन्न तबरले महोत्सवलाई सफल बनाउनका लागी आफुहरु एकजुट भएर लागी पर्ने समेत उनीहरुको भनाइ रहेको थियो ।

नगर महिला समन्वय समितीका अध्यक्ष पवित्रा देवी गुरुङले पोखरा महोत्सव पोखराको गौरवको महोत्सव भएकाले सम्पूर्ण वडाका महिलाहरुले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिन । टोल बिकास संस्था नगर समन्वय समितीका उपाध्यक्ष उत्तम जोशीले पोखरा महोत्सवलाई विगतका वर्षहरुदेखि सहयोग गर्दै आएको र यसपालि पनि नगर क्षेत्र भित्र रहेका टोल बिकास संस्थाहरुले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
सामाजिक परिचालक संयोजक निर्मला अर्यालले पोखरा उपमहानगरपालिकाका सम्पूर्ण वडाका सामाजिक परिचालकहरुले पनि महोत्सवलाई सफल बनाउन सक्दो सहयोग गर्ने वताइन । संघ सस्था तथा झाकी ¥याली उपसमितीका संयोजक सम्मर बहादुर श्रेष्ठ र महिला समन्वय समिती उपसमितीका संयोजक सीमा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुल आयोजक समितीका संयोजक तथा युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले युनाइटेड क्लवको आयोजना भएको भएतापनि पोखरेलीको गौरवको महोत्सव भएकाले सवैमा सहयोगको अपेक्षा राखेको वताए ।

सो भेलामा क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लवको उद्देश्य पूर्तीका लागी अगाडी वढेको र विगतमा जस्तै पोखरेलीले सहयोगलाई निरन्तरता दिइएकोमा धन्यवाद ब्यक्त गरे । सो कार्यक्रम क्लवका महासचिव तथा महोत्सव प्रचार प्रसार समितीका संयोजक राजु श्रेष्ठले सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button