प्रसासनले प्रतिवन्ध गरेको डेरीद्धारा खुलेआम पोखरामा दुध विक्रि वितरण
पोखरा –
कास्की प्रशासनले पोखरामा दुधको कारोवार गर्न प्रतिवन्ध लगाय पनि केहि डेरीहरुले खुले आम रुपमा दुध विक्रि वितरण गरेका छन ।
केहि समय अघि पिय पदार्थ दुधमा मिसावट भएको तथा मापदण्ड विपरित पोखरा क्षेत्रमा दुधको कारोवार गरेको आरोपमा उजुरी परे पछि बाहिरी जिल्लाका दुई वटा डेरीलाई कास्की प्रशासनले प्रतिवन्ध गराए पनि हाल दुध विक्रि वितरण भई रहेको छ । भृकुटी नगरपालीका कपिलवस्तुमा रहेको महालक्ष्मी डेरी उद्योग र नवलपरासिमा रहेको दाउन्ने दुध सप्लार्यसले पोखरामा सम्पर्क कार्यालय स्थापना गरी विगत एक बर्ष देखि दुध कारोवार गर्दै आए पनि उनीहरुले तराई क्षेत्रबाट दुध ल्याउदा मापदण्ड विपरित र अखाद्य पदार्थ मिसावट गर्ने गरेको आरोप छ । दुई संस्थालाई पोखरामा विवाद भए पछि दुध विक्रि वितरण गर्न प्रतिवन्ध लगाएको कास्कीका प्रमुख जिल्ला हरी प्रसाद मैनालीले बताए । तर पोखरामा बाहिरि जिल्लाबाट ल्यायर दुधको कारोवार भई रहेको छ । जिल्ला भित्र एकैदिनमा खुल्ला दुध विक्रि गर्नेलाई कारवाही गर्न नसकिने अबस्था भएको उनले बताए ।
राष्ट्रिय व्यवसायीक पशुपालन तथा दुध उत्पादन कृषक समाज नेपाल कास्कीका अध्यक्ष दिपक तिमिल्सिनाले तेश्रो जिल्लाबाट पोखरामा अवैध रुपमा भित्रिएको दुध उद्योगलाई कारवाही गर्न माग गर्दा पनि स्थानीय प्रशासनले कुनै सुनुवाई नगरेको आरोप लगाए । उनले भने“ बाहिरी जिल्लाबाट भित्रिएको दुधले हाम्रो स्थानीय कृषकहरु विस्थापित हुने अबस्थामा पुग्ने भए, खुलेआम अवैध रुपका दुध कारोवार गर्ने उपर कारवाही गर्न उजुरी दिदा पनि हालसम्म कुनै सुनुवाई भएको छैन, सायद प्रशासनको पनि अवैध दुध कारोवार हुनेमा मिलेमतो हुन सक्छ ।” महालक्ष्मी डेरीका संचालक जनक न्यौपानेले आफुहरुले आफुहरुले नेपालको कानुन अनुसार पोखरामा दुधको कारोवार गरेको बताउदै यदी आफुहरुको दुधमा अखाद्य पदार्थ मिसावट गरेको पृष्टी भएमा कारवाही भोग्न तयार भएको बताए । उनले भने “ पोखरामा दुध अभाव भएको अबस्थामा हामीले विगत एक बर्ष देखि पोखरामा दैनिक १५ सय लिटर दुध विक्रि गर्ने गरेका छौं, दुधमा सिण्डीकेट लाद्न खोज्नेहरुले हामीलाई विभिन्न आरोप लगाएका हुन । ”
राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले मंगलबार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा पोखरामा नेपालको कानुन विपरित खुला तथा मापदण्ड पुरा नगरी दुधको विक्रि वितरण हुने गरेको आरोप लगायका छन। उनले भने“ मानव स्वास्थ्य माथि खेलवाड गर्ने कुनै पनि व्यक्ति तथा उद्योगलाई छाडन हुदैन, दोषी उपर कारवाही हुनुपर्दछ । ” पोखरामा पछिल्लो क्रममा खुल्ला दुध विभिन्न डेरी तथा किराना पसलहरुबाट विक्रि हुनु पनि अवैध रुपमा नेपाल सरकारको मापदण्ड विपरित विक्रि भएकोले यसलाई प्रशासनले तत्काल रोक्नु पर्ने समेत उनले माग गरे । कपिलवस्तुमा रहेको महालक्ष्मी डेरी उद्योगले पोखरामा अवैध रुपमा दुधको कारोवार गरेकोले आरोप लगाउदै महर्जनल उक्त उद्योगलाई कारवाहीको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रक विभाग बबर महल काठमाण्डौंमा उजुरी हालेको जनाए । पोखरामा बाहिरी जिल्ला अप्रशोधित, अखाद्य एवं अस्वस्थ्य खुला दुध अवैध रुपमा विक्रि बितरण गर्दै आएकोले उक्त डेरी उद्योगको दुध अघिल्लो दिनमा पोखरामा पु¥याई,पोखराका विभिन्न बजारमा स्थानीय कृषकहरुको दुध हो भनी झुक्काई अखाद्य पदार्थ (सोड र हाईड्रो परअक्साईड समिश्रमण गरी लामो समय दुध नफाट्नको लागि प्रयोग गरीएको शंका गरीएको ) मिसाई खुला पाउचमा विक्रि गरेको उनले बताए । उक्त डेरीले पोखरामा प्रति लिटर ७० रुपैयामा विक्रि वितरण गरेको छ भने पसलेहरुले ९० देखि एक सय रुपैयामा विक्री गरेका छन ।
दुधको गुणस्तरमा प्रशोधित दुधको चिल्लो पदार्थ ३.० प्रतिशत घटीमा नभएको, चिल्लो बाहेक दुग्ध ठोस पदार्थ ८.० प्रतिशत घटीमा नभएको, पाश्चराईजेशन परीक्षण र कोलीफर्मको उपस्थिती नभएको साथै अन्य हानिकारक जीवाणुहरु अनुपस्थित रहेको हुनुपर्दछ । दुधको लेवलमा खाद्य ऐन नियमानुसार उत्पादनको नाम प्रशोधन मिति, उपभोग्य मिति, उद्योगको पुरा नाम ठेगाना उल्लेख गर्नुपर्दछ । संगठीत तथा कुनै पनि डेरीहरुले खुल्ला दुध विक्रि वितरण गर्नु मापदण्ड विपरित भएको मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले बताए । पैसाको लोभमा लागेर पोखरामा मानव स्वास्थ्य माथि केहि व्यवसायीहरुले ठुलो खेलवाड गरेको उनले आरोप लगाए । हाल विवादमा आएको डेरीको दुध पोखरा क्षेत्रमा विवाद नटुङगीने समय सम्म विक्रि वितरण गर्न उपभोक्ता मञ्चले आग्रह गरेको छ ।
दुध प्रशोधन गर्दा तापमान १० डिग्रीसेन्टीग्रेड भन्दा बढी हुनुहुदैन, संकलित दुधलाई ४ डिग्री सेन्टीग्रेड सञ्चयन गरी नियन्त्रित तापमानमा प्रशोधन स्थलमा पु¥याउनुपर्दछ, दुध संकलनमा प्रयोग गरीने भाडा, वर्तन आदि राम्ररी सफा गर्नुपर्दछ । पोखरामा स्थानीय दुध प्रति लिटर एक सय देखि एक सय २० रुपैया लिटरसम्म विक्रि हुने गरेको छ । उक्त डेरीले वितरण गर्ने दुध केहि सहुलियको छ तर दुध मानव स्वास्थ्यसंग जोडिएकोले यदी कुनै मिसावट तथा खानयोग्य नभएको भेटिएमा कारवाही हुनु पर्ने पोखरेलीको माग गरेको छ ।