लेकसाइडमा आगलागी भएको सनराइज बैंकको एटिएमको सम्पूर्ण रकम सुरक्षित

गणेश बराल, पोखरा –

आगलागी वाट जलेको पोखरा लेकसाइडको बाराही चोक स्थित सनराइज बैंकको एटिएमको  रकम सुरक्षित पाइएको छ । मंगलबार राति एटिएम रहेको  ट्राइ स्टार होटल एण्ड क्याफेको भवनमा आगलागी हुदाँ एटिएम बुथमा समेत आगजनी भएको थियो । आगलागीवाट मेसिनको अग्रभाग र माथिल्लो भाग जलेको भएतापनि क्यासेट सहित एटिएममा रहेको सम्पूर्ण रकम सुरक्षित  भेटिएको हो ।

बुधबार बिहान बैंकका कर्मचारी सुरक्षा गार्ड र प्रहरीको रोहबरमा बुथको लकर वाट पैसा रहेको क्यासेट सुरक्षित अवस्थामा निकालिएको हो । क्यासेट रहेको १३ लाख ६५ हजार रकम उनीहरुकै रोहवरमा बैंकका कर्मचारीले  झिकेर गनेका थिए । आगलागी पश्चात एटिएमको सुरक्षार्थ खटिएका प्रहरी हवल्दार  ज्ञानबहादुर मानन्धरले  एटिएममा रहेको १३ लाख ६५ हजार रकम सुरक्षित भेटिएको पोखरान्युज डटकमलाइ बताए । आगलागीपछी मेसिनलाइ कसैले तलमाथि नगरोस भनेर  बैंकका  सुरक्षा गार्ड र आफु रातभर खटिएको मानन्धरले बताए ।

एटिएम सहित भवनमा  रहेको ट्राइ स्टार होटल  क्याफे, ट्राइ स्टार मनि चेन्जर, हिल्सवे ट्रेक्स, क्रस रिभर राफ्टिंगमा तथा होटलमा आगलागी को कारण करोडौंको क्षति पुगेको बताइएको छ । राति लगभग १० : १५ बजे सुरुभएको आगलागी १२ : २० मा मात्रै नियन्त्रणमा आएको  थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button