फेवा टेलिभिजिन आज देखि राष्ट्रिय प्रशारणमा

पहिलो वार्षीक साधारण सभा सम्पन्न

पोखरा-

पोखरामा रहेको फेवा टेलिभिजिन आज देखि राष्ट्रिय प्रशारणमा गएको छ । प्रशारणको छोटो समयमा टेलिभिजनले राष्ट्रव्यापी रुपमा प्रशारण गर्न सफल भएको हो । “पश्चिमाञ्चलको पहिचान, राष्ट्र निर्माणमा हाम्रो अभियान” भन्ने नाराका साथ आजदेखी राष्ट्रिय प्रशारण सुरु गरिएको हो । टेलिभिजनको राष्ट्रिय प्रशारणको क्षेत्रिय प्रशासक खगराज बरालले उद्घाटन गर्नुभयो । उहाँले सेवाको गुणस्तरमा विषेस ध्यान दिनुपर्नेमा जोड दिनुभयो । टेलिभिजनको नारा जस्तै व्यवहारमा रुपान्तरण हुन जरुरी रहेको बताउनुभयो ।

टेलिभिजनका अध्यक्ष तेजेन्द्र पौडेलका अनुसार यसअघि टेलिभिजनले “पश्चिमाञ्चलको पहिचान, समाज रुपान्तरणमा हाम्रो अभियान” भन्ने नारालाई आत्मसाथ गरेको थियो ।

पश्चिमाञ्चलका विभिन्न जिल्लाहरुमा मात्रै हेरिएका फेवा टेलिभिजनका कार्यक्रमहरु आजदेखी देशव्यापी रुपमा हेर्न सकिने प्रबन्ध निर्देशक लिल बहादुर जिसिले बताउनुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणीज्य संघका महासचिव एवं फेवा टेलिभिजनका सल्हाकार दामु अधिकारी, टेलिभिजनका कानुनी सल्हाकार एंव अभिवक्ता दामोदर अधिकारी, लेखनाथ उद्योग वाणीज्य संघका महासचिव छत्रधर आत्रेय, प्रहरी निरीक्षक जगत पोखरेल, एमाले सचिवालय सदस्य लक्ष्मि प्रसाद अधिकारी लगायतले बोल्नु भएको थियो ।

बुद्धचोक स्थित कान्तीपुर पार्टी प्यालेसमा भएको उक्त साधारणसभामा टेलिभिजनको गुणस्तर वृद्धि, प्रभावकारी कार्यक्रम उत्पादन तथा प्रशारण लगायतका विषयमा गम्भिर छलफल गरिएको संचालकहरुले बताएका छन् । साधारणसभामा अध्यक्ष तेजेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदन र आर्थिक संयोजक राजु श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थीक प्रतिवेदन सर्वसम्मतीले पास भएको छ ।

यसैबीच प्रथम साधारणसभाले पूनः तेजेन्द्र पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति चयन भएको छ । संचालक समितिमा लिल बहादुर जिसी, प्रकाश गिरी, शिव बहादुर केसी, खिम बहादुर गुरुङ, ज्ञानहरी आचार्य, सुदिप ओझा, भरतराज अधिकारी, भोजराज खत्री, हेमराज अधिकारी, राजु श्रेष्ठ रहनुभएको छ । यसैबीच संचालक समितिको पहिलो बैठकले टेलिभिजनको प्रवन्ध निर्देशकमा लिल बहादुर जिसीलाई चयन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button