सातौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा

पोखरा –

पोखराको अमरसिंह चौरमा पुस २९  देखि आयोजना हुन लागेको सातौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । महोत्सव आयोजक युनाइटेड क्लवले बुधवार पत्रकार सम्मेलन मार्फत पुस २९ देखि माघ १०  गते सम्म आयोजना हुन लागेको  महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

“युवाको जांगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ शिक्षा, स्वास्थ्य, खेलकुद र पयर्टन प्रबर्द्धनसंगै समग्र पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनलाई मध्यनजर गरेर आयोजना हुन लागेको महोत्सवमा २ सय ४० स्टल रहने महोत्सव प्रचार प्रसार संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठले वताए ।

पत्रकार सम्मेलनमा वोल्दै क्लवका अध्यक्ष तथा महोत्सव संयोजक सुक बहादुर गुरुङले महोत्सव सम्पन्न गर्न विभिन्न ३५ वटा उपसमितीहरु निर्माण गरी काम गरेको वताउदै महोत्सवलाई सभ्य र भब्य वनाउनका लागी सम्पूर्ण पोखरेली बासीको साथ र सहयोग रहने  वताए । सातौ संस्करणको महोत्सवमा यसपालि विभिन्न पशु पंक्षीको पनि अवलोकन गर्न पाइने गुरुङले वताए । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रबर्द्धनका  सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, बन्यजन्तुको अवलोकन गर्न पाइने छ ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा दोहोरी गीत प्रस्तुती, लम्जुङे ठाडो भाका भेडीखर्के साइलाको प्रस्तुती, नेपालका ख्यातिप्राप्त ब्याण्ड तथा कलाकारहरुको लाइभ प्रस्तुती साथमा लोकल ब्याण्डहरुको प्रस्तुती , हांस्यब्यङ्ग प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको ब्यवस्था, वाल उद्यान, नेपाली संस्कृति झल्कने प्रस्तुती र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

महोत्सवको पुस २९ गते दिनको १ बजे अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गर्नेछन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button