पोखरा-
आइतबार बजारमा छापावाल सुनको भाउ प्रतितोला ५५ हजार ८ सय रुपैयाँ पुगेको छ ।
साताको अन्त्यमा पोखरा लगायत कास्की र तनहुमा छापावाल सुनको भाउ ५५ हजार ६ सय रुपैयाँ कायम रहेको थियो । त्यसैगरि ५५ हजार ३ सय रुपैयाँ कायम रहेको तेजाबी सुनको भाउ आइतबार प्रतितोला ५५ हजार ५ सय रुपैयाँ पुगेको छ ।
बुधबार बजारमा चाँदी प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघ कास्कीले जनाएको छ । चाँदीको बजार भाउ प्रतितोला ५ रुपैयाले घटेको हो ।