नयाँ बर्ष मेलामा भुर्जुङखोलामा पुरुष भलिवल तथा माउण्टेन वाईक प्रतियोगिता हुने

पोखरा-
कास्कीको माछापुच्छ्रे गाँउपालिका साविक भुर्जुङखोलामा स्थानिय ग्रीनफोर्स युवा समूहको आयोजनामा यस बर्ष पनि नयाँ बर्ष मेला हुने भएको छ ।

आन्तरिक तथा बाहय पर्यटनको प्रबद्धन, खेलकुदको बिकास, लोपन्मुख संस्कृतिको संरक्षण स्थानिय उत्पादनको बिक्रि गर्ने उद्धेश्यले उक्त मेला आउदो वैशाख १ देखि ५ गतेसम्म माछापुच्छ्रे गाउपालिकाको माछापुच्छ्रे माविमा हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । क्लवको १४ औँ बार्षिकोत्सबको अवसरमा हुने उक्त मेला तयारी तिव्र पारिएको क्लवका अध्यक्ष रामप्रसाद गुरुङले बताए ।

माछापुच्छ्रे गाँउपालिका क्षेत्रमा रहेका पर्यटकिय क्षेत्र तातोपानी कुण्ड, भराभुरी रहेको ढुंगाखानी, दमालमा महभिर, लघु जल बिद्युत परियोजना, खादरजुङको मौलाकोट, घोप्टेडाँडा, सिल्दुदेउराली माई, भुजुङखोलाको मुल्का बराहथान, छहरा, घाचोकको उकनासे भिर लगायतले आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई मनोरन्जन दिलाउने भएको अध्यक्ष गुरुङले बताए ।

उक्त मेलामा स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको विक्री तथा प्रदर्शनी, सो क्षेत्रमा पहिचानको रुपमा रहेको रेन्वो ट्राउट माछा विक्री तथा यसकोप्रवद्र्धन हुने भएको उनले बताए । मेलाबाट बचत भएको केहि रकमलाई शिमुलक तालिम, बृक्षारोपण, सरसफाई, खेलकुद मैदान निमार्णको सहयोगार्थ जनचेतनामुलक कार्यक्रम लगायतका कार्यक्रमहरु गरिने भएको सचिव देवेन्द्र भुजेलले बताए । ५ दीनको मेला सम्पन्न गर्न १० लाख खर्च लाग्ने भएको छ भने मेलाबाट १६ लाख आम्दानी गर्ने लक्ष्य राखिएको भुजेलले बताए । उनका अनुसार मेलामा एक लाख दर्शक भित्राउने लक्ष्य राखिएको छ । पोखराको बगर केआईसिङपुल देखि महोत्सव स्थल मोटरबाट उत्तरपश्चिम १२ किलोमिटर टाडा पर्दछ । जलवायु परिवर्तबाट हुने असरलाई न्यूनिकरण गर्न पनि आफुहरुले विगतका बर्ष देखि यस्तो प्रतियोगितालाई निरन्तरता दिदै आएको भुजेलले जनाए । यस प्रतियोगितमा राष्ट्रिय खेलाडी सहित करीब ७० जना साईकलिष्टहरुको सहभागिता हुने भएको उनले दाबी गरे ।

मेलाको मुख्य आकषर्णको रुपमा पाँचौं भुर्जुङ्खोला तातोपानी माउण्टेन बाईक प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा माछापुच्छ्रे गाँउपालिकाको पर्यटकीय क्षेत्रहरुको १३ किलोमिटर दुरी निर्धारण गरिएको अध्यक्ष गुरुङले बताए । प्रतियोगीतामा प्रथम हुनेले २० हजार, उपविजेताले १५ हजार, तेश्रो हुनेले १० हजार, शान्त्वनाले ५ हजार साथमा मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । त्यसै गरी क्लब स्तरीय भलिबल प्रतियोगीतामा हुने भएको छ । प्रतियोगितामा विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार पुरस्कार प्रदान गरिने भएको छ । बिधालय स्तरीय नृत्य प्रतियोगीतामा प्रथम द्धितिय, तृतिय, र शान्तवना हुनेलाई क्रमश २०, १५, १० र ५ हजार पुरस्कार प्रदान गरिने भएको आयोजकले जानकारी दिएको छ ।

मेलामा रक्तदान कार्यक्रम, लोकदोहोरी लगायका अन्य मनोरञ्जनका कार्यक्रमहरु समेत रहेको सचिब भुजेलले बताए। क्लबले समय समयमा बृक्षारोपण चौतारा निमार्ण सरसफाई जस्ता समाजिक कार्यहरु गदै आएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, बरिष्ठ पत्रकार पुण्य प्रसाद पौडेल, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक लगायतले उक्त मेला सम्पन्न गर्न सुझाव दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button