पोखरामा ‘शान्ती र सम्बृद्धीका लागि खेलकुद’ विषयक निवन्ध प्रतियोगिता हुने

पोखरा,
संयुक्त राष्ट्र संघ तथा अन्तराष्ट्रिय ओलोम्पिक कमिटी द्वारा विश्वभर अप्रिल ६ तारिखका दिन आयोजना गरिने शान्ती र विकासका लागि खेलकुद कार्यक्रम अन्र्तगत पोखरामा समेत यसको आयोजना गरिने भएको छ । भुतपूर्व खेलाडी मंच नेपालको आयोजना तथा कसमस इन्टरनेशनल कलेजको सहयोगमा अप्रिल ६ अर्थात चैत २४ गते ‘शान्ती र सम्बृद्धीका लागि खेलकुद’ विषयमा निवन्ध प्रतियोगिता गर्ने भएको हो । प्रतियेगितालाई नेपाल ओलोम्पिक कमिटीले विशेष सहयोग गर्ने भएको छ ।
सो विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मंचका प्रथम उपाध्यक्ष एवम कार्यक्रमका संयोजक तेज गुरुङ्गले कक्षा १० सम्म अध्ययन गरिरहेका र २०७३ सालको एस.इ.इ परिक्षा दिएर बसेका विद्यार्थीहरु लाई समेत प्रतियोगितामा समावेश गरिने छ । प्रथम उपाध्यक्ष गुरुङ्गले सो बारे जानकारी दिंदै उत्कृष्ट विद्यार्थीहरुको निवन्धलाई संयुक्त राष्ट्र संघको वेवसाइटमा समेत समावेश गरिने वताए ।
सरकारी, प्यावसन र एन प्यावसनमा अध्ययनरत करिव १ सय जना विद्यार्थीहरुको सहभगिता रहने निवन्ध प्रतियोगितामा विद्यार्थीहरुलाई उक्त विषयको निवन्ध मार्फत खेलकुदको महत्वलाई थप उजागर गर्न सहयोग पुग्ने गुरुङ्गले वताए । प्रतियोगितामा एक विद्यालय बाट ५ जना विद्यार्थी मध्ये कम्तिमा एक जना छात्रा अनिवार्य सहभागिता गर्नु पर्ने छ ।
प्रतियेगितामा प्रथम हुनेले नगद ७ हजार, द्वितियले ५ हजार, तृतियले ३ हजार र ५ जनालाई सान्त्वना स्वरुप नगद १/१ हजार प्रदान गरिने छ भने विजेतालाई नेपाल ओलोम्पिक कमिटीको लोगो अंकित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सहभागीहरुलाई समेत नेपाल आलोम्पिक कमिटीको लोगो अंकित प्रमाणपत्र प्रदान गरिने गुरुङ्गले जानकारी दिए ।
मंचका अध्यक्ष खड्ग रानाभाटको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कसमस कलेजका अध्यक्ष महेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, मंचका महासचिव हरी प्रसाद पराजुलीले अप्रिल ६ को उपदेयता र महत्वका बारेमा बोलेका थिए ।
खेलकुदको माध्यम बाट विश्वमा शान्ती कायम गर्न सन २०१४ बाट संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय ओलोम्पिक कमिटी संग मिलेर अप्रिल ६ मा विशेष कार्यक्रम गर्दै आएको छ । पोखरामा भुतपूर्व खेलाडी मंचले सन २०१४ बाट नै विविध कार्यक्रम गर्दै आएको अध्यक्ष रानाभाटले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ६० हजार लाग्ने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button