पोखरा न्युज –
नेपालमा लोकदोहोरी गीत संगीतको आफ्नै बजार छ । व्यवसायीक रुपमा पनि लोक गीत संगीत देश तथा विदेशमा विस्तारै मौलाउदै गएको छ ।
पोखरामा रहेर नेपाली लोकदोहोरी क्षेत्रमा काम गरिरहेकी गायिका सविना गुरुङले आफ्नो नयाँ गीत चरि चिरिबिरि भो बजार सार्वजनिक गरेकी छिन् । यो गीतलाई एकनारायण भण्डारीले शब्द श्रृजना गरेका हुन् भने गायक तथा संगीतकार रामजी खाँड ले संगीत र स्वरमा साथ दिएका छन् ।
केहि दिन अघि म्युजिक नेपालले युट्युब च्यानलबाट यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका हुन् भने अभिनय मोडल पार्वती राई र गायक रामजी खाँड आफैले गरेका छन् ।
गीतको छायांकन करण चौसीरले गरेका हुन् । सार्थै गीतको सम्पादन विष्णु शर्माले गरेका छन् । गायिका सविना गुरुङको यस अघि आधी खोलि तिरैमा दर्शक तथा श्रोताले अत्यन्तै रुचाएका थिए भने मादलुको घुन्ना, तिम्रै छ तिर्सना जस्ता गीतहरु गुरुङका चर्चाको शिखरमा रहेका गीतहरु हुन् ।