कास्कीमा २ लाख २४ हजार ८ सय ११ जना मतदाता

स्थानीय निकायको संख्या थपिय निर्वाचन गर्न सकिदैन – आयुक्त पौडेल

पोखरा-

क्षेत्रीय निर्वाचन कार्यालय पोखराले   कास्कीमा २ लाख भन्दा बढी मतदाता रहेको  बताएको छ ।

निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले  कास्कीमा २ लाख २४ हजार ८ सय ११ जना मतदाता रहेको जानकारी दिदै यहाँ १ सय ५० मतदान स्थल र ३ सय केन्द्र रहने बताएका हुन्  । उनका अनुसार कास्कीमा १० लाख ४ हजार ५ सय ७६ जना पुरुष र १ लाख २० हजार २सय ३० जना महिला मतदाता  रहेका छन । क्षेत्रिय निर्वाचन कार्यालय पोखराले मंगलबार पोखरामा आयोजनाक गरेको छलफल कार्यक्रममा सुवेदीले सो जानकारी गराएका हुन ।  तथ्यांक अनुसार कास्कीमा १५ हजार ६ सय ५४ जना महिला मतदाता बढी रहेका छन ।

निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलले कार्यक्रममा बोल्दै स्थानीय निकायको संख्या थपिय तोकिएकै समयमा निर्वाचन गर्न नसकिने आशंका व्यक्त गरे । सरकारले मधेषी मोर्चालाई सहमतीमा ल्याउन प्रदेश नम्बर २ र ५ स्थानीय निकायको संख्या थप गर्ने चर्चा चलिरहेको बेला उनले थपिएमा निर्वाचन गर्न नसकिने बताएका हुन । उनले तोकिए कै मितिमा निर्वाचन हुने गरी आफुहरु कटिवद्ध भएर लागेको जनाउदै १९ बर्ष देखि स्थानीय चुनाव नभएकाले यस पाली निर्वाचन गराउनु ठुलो चुनौती भएको बताए । उनले भने “निर्वाचन आयोग दिनरात खटिरहेको छ , हाम्रा कर्मचारी साथीहरुले दिएको जिम्मेवार पुरा गर्दै हुनुहुन्छ, हामी पुर्ण तयारीमा रहेका छौं ।” राजनीतिमा समावेसमा प्रतिवक्तद्धा आवश्यक भएको बताए । निर्वाचन आयुक्त पौडेलले जारी संविधान कान्वयन हुन नसके भावी पुस्ताले क्षमा नदिने बताए । आगामी २०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन हुन नसके जारी संविधान कागजको खोष्टोको रुपमा परिणत भई भावी पुस्ताले क्षमा नदिने उनको भनाई थियो ।
निर्वाचन आयोगका प्रबक्ता सूर्य प्रसाद शर्माले चुनावका लागि आवश्यक सामाग्रीहरु खरिदका प्रकृया अन्तिम चरणमा पुगेको बताए । उनले निर्वाचनका लागि ६ आकारका ७५ प्रकारका जिल्ला अनुसार मतपत्र छाप्ने काम समेत भएको बताए । उनले करिब २२ जिल्लाको मतदाता परिचयपत्र समेत छापि सकेको बताए । उनले परिचयपत्र बैशाखको २८ देखि ३० गते तीन दिनसम्म मतदानस्थलबाट वितरण गर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button