पोखरा विमानस्थल शिलन्यासको एक वर्ष पछी निमार्ण कार्य अघि बढ्ने संकेत

पोखरा –

शिलन्यास भएको एक बर्ष पछि पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्णको कार्य अघि बढ्ने संकेत देखिएको छ । प्राविधिक कारणले गर्दा चाईना सरकारले निमार्ण गर्ने उक्त विमानस्थल निमार्ण कार्यमा ढिलाई भए पनि वैशाख दोश्रो हप्ता भित्रबाटै काम सुरु हुने संकेत देखिएको हो ।

चाइनाबाट पोखरा विमानस्थल निमार्णको बारेमा प्रारम्भिक डिजाईन बनायर नेपाली प्राविधिक टोलीलाई देखाई सकेको छ भने नेपाली प्राविधिक टोलीले उक्त डिजाईनमा केहि परिमार्जन गर्न सुझाव दिएको छ । परिमार्जन भएको डिजाईनमा पुनः एक पटक चाईनिज टोलीले नेपाली टोलीलाई देखाए पछि अब पोखरामा विमानस्थलको काम सुरु हुने भएको हो । एक्जिम बैंकले ऋण स्विकृत भएको मौखिक जनाए पनि लिखित रुपमा पत्र दिए संगै आधिकारीक पत्र आएको करिब एक हप्ता पछि काम सुरु हुने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर प्रदिप अधिकारीले पोखरा न्युज डटकमलाई बताए ।

पोखरा विमानस्थलको करीब २१ अर्व ६१ करोडको आयोजना चाइनाको एक्जिम बैंकले लगानी गर्ने भए पछि प्राविधिक कारणले गर्दा केहि काम अघि बढ्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त योजना बाहेक नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको करिव ५ अर्व ५० करोड लगानिको विभिन्न भौतिक संरचना सहितको निमार्ण कार्य भएको ईन्जिनियर प्रदिप अधिकारीले बताए । उनका अनुसार अर्थ मन्त्रालयसंग सहायक ऋण सम्झौता भएको छ । ५ प्रतिशत व्याजदरमा २० बर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको अधिकारीले बताए । सुरुको ७ बर्ष भने (ग्रोस अवधी) कुनै किस्ता तिर्न पर्दैन भने त्यस पछि १३ बर्षसम्म ६÷६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ । प्रदेश नम्बर ४ को विकासको इन्जिनको रुपमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्णको काम ढिलो भएकोमा स्थानियले गुनासो गरेका छन ।

निमार्णाधिन पोखरा विमानस्थलमा हाल करिब ९७ प्रतिशत जग्गाको मुआव्जा दिइृएको ई. अधिकारीले बताए । उनका अनुसार करिब ६ सय जना मध्य अब २० जना जसो बाँकी रहेका छन । पोखरा विमानस्थलको दक्षिणतर्फको भुभागको प्रबर्द्धन गर्न स्थानियको माग अनुसार रिङरोड बनाउने योजनामा क्यान पुगेको उनले बताए । उनले पोखरा न्युज डटकम संग विमानस्थलको दक्षिणतर्फ करिब ५० रोपनी जग्गा अधिग्रहण गर्नु पर्दछ, जसमा हामीले स्थानियहरुको लागि सेवा दिने उद्धेश्यले १० मिटर चौडा कोलोपत्रे सडक निमार्ण गर्दैछौं । ” उक्त जग्गा अधिग्रहणको लागि मात्र एक अर्व बजेट विनियोजन भएको अधिकारीले बताए । परामर्श दाता छनौटको अन्तिम तयारिमा क्यान रहेको बताउदै ई.अधिकारीले नाला निमार्ण तथा पहिरो नियन्त्रण लगायतको काम भएको जनाए । सरकारले जग्गा अधिग्रहणमा मात्र करिब ३ अर्व ५ करोड खर्च गरि सकेको छ भने थप रिङरोडको लागि एक अर्व विनियोजन गरेको छ । ५० करोड परामर्श दाताको लागि र करिब ५० करोड नाला तथा पहिरो नियन्त्रण सहित अन्य निमार्ण कार्यको लागी ५० करोड खर्चिएको छ । पोखरा विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा निमार्ण हुने तयारीमा रहेको छ ।

यसैबिच, निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धमा चीनको एक्जिम बैंक सँगको सहकार्यलाई छिटो निष्कर्षमा पु¥याउन, क्अचभध ब्अअयगलत सञ्चालन गर्न आवश्यक स्वीकृति (ब्उउचयखब०ि दिने कार्यलाई समेत शीघ्रातिशीघ्र समाधान गरी निर्माण कार्यलाई तत्काल आगडि बढाउन संसद विकास समितिले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button