सकियो १४ औ फेवा नव वर्ष महोत्सव

पोखरा-

पोखराको कोमागाने पार्कमा आयोजित पाँच दिने १४ औं फेवा नव वर्ष महोत्सव  शनिबार राती सकिएको छ  । पर्यटन, संस्कृति र खानालाई लक्षित गरी फेवा ताल र नेपाली संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको थियो ।

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भएको महोत्सवमा देशविदेशका हजारौं पर्यटकले सहभागिता जनाएको महोत्सवका संयोजक एवं संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । महोत्सवका अवसरमा आएका पर्यटकका कारण होटलको अकुपेन्सी पनि सकारात्मक दरले वृद्धि भएको उनले सुनाए । महोत्सवमा कति कारोवार भयो भन्ने लेखाजोखा भने गर्न बाँकी नै रहेको अध्यक्ष तुलाचनले बताए । उनले महोत्सबलाइ सफल पार्न सघाउने सम्पूर्णमा धन्यवाद समेत ज्ञापन गरे ।

खानाका १५ र अन्य ब्यापारिक गरी कूल ६० स्टल महोत्सवमा समेटिएको थियो । महोत्सवमा पर्यटक दौड, डुंगा दौड, एकल नृत्य, बाल उद्यान, दोहोरी गीत र सांगीतिक ब्याण्डहरुको प्रस्तुती समेटिएको थियो । संघले महोत्सवका अवसरमा जाउँ है पोखरा अन्तर्गतका प्याकेजहरुको पनि विक्रीवितरण गरेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।

विना औपचारिक कार्यक्रम सम्पन्न हुँदै गरेको महोत्सवलाई नेपाल पर्यटन वोर्डले प्रबर्धन  गरेको थियो भने गोर्खा ब्रुअरीले प्रायोजन गरेको थियो । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति संघले हार्दिक आभार व्यक्त गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button