एमालेको घोषणा पत्र : ५ वर्षभित्र बेरोजगार अन्त्य, प्रतिव्यक्ति आय ५ हजार डलर

काठमाडौं ।

नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणा पत्रमा आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने महत्वकाक्षी योजना समेट्ने भएको छ । साथै आफ्नो पार्टीले जिते शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतालाई निःशुल्क र अनिवार्य गर्ने एमालेको दाबी छ ।

पछिल्लो तथ्यांक अनुसार नेपाली प्रतिव्यक्ति आय ७६६ डलर छ ।

एमालेले स्थानीय तह निर्वाचन घोषणा पत्रको मस्यौदा तयार पार्न उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा टोली बनाएको छ । सोमबार सञ्चारकर्मीहरुसँग भएको छलफलमा कार्यबाहक अध्यक्ष समेत रहेका गौतमले एमालेले यो पटक लक्ष्य मात्र होइन, त्यसलाई प्राप्त गर्ने आधारसहित घोषणा पत्र तयार पार्ने दाबी गरे ।

गौतमका अनुसार ३ वर्षभित्र गरिबी निवारण गर्ने र ५ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने योजना घोषणा पत्रमा हुनेछ । साथै केन्द्रमा पनि एमालेको सरकार बनेपछि प्रत्येक घरमा एक रोजगारी दिने र ५ वर्षभित्र कोही पनि बेरोजगार बस्नु पर्ने अवस्था नरहने एमालेको दाबी छ ।

एमालेले १० वर्षभित्र नेपालको आर्थिक र विकास एसियाका अन्य देशको समान बनाउने योजना पनि घोषणा पत्रमा राख्दैछ ।

स्रोत – अनलाइनखबर-   https://www.onlinekhabar.com/2017/04/572301/

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. यो एमाले भनेको छट्टुहरुको पार्टी हो? काम गर्नु कताहो कता जनता भुलाउने काम मात्र गर्दो रहेछ । अहिले ७०० को हराहारिमा रहेको प्रतिव्यक्ती आय ५ बर्श्मै ५०००$ पुर्याउछु भन्नेको हविगत सन्तुलित पररास्ट्रनीती सम्म कायम गर्न नसक्ने हुन्छ? आजको विश्वमा अन्तरराष्ट्रिय जगत्को विश्वास आर्जन नगरने देश हरुको दुर्दशा देखिएको छैन? र एमालेलाई भोट् दिएर न्याउरिमारी पछुतो” उखान चरितार्थ गर्ने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button