वैशाख भित्र पोखरा सोलार लाइटवाट झिलिमिली हुने

सोलार लाइट जडान पछि राती अवेरसम्म पर्यटकहरु घुमफिर गर्न थाले,
पोखरा –

पर्यटकीय नगरी पोखरामा २०७४ को वैशाख महिना भित्र पोखराका मुख्य चोक तथा बजार क्षेत्र रातिको समयमा पनि झिलिमिली हुने भएको छ ।

मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पोखरा लेखनाथ महानगरपालिकालाई १ हजार थान सौर्य उर्जाबाट चल्ने बत्ती (सोलार लाइट) प्रदान गरेकोले उक्त सोलार लाईट वैशाख भित्र जडान भएसंगै पोखरा क्षेत्र वैशाख भित्र झिलिमिली हुने भएको हो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा सौर्य बत्ती परियोजनाका सहजकर्ता विश्वशंकर पालिखेले पोखरा अन्तराष्ट्रिय शहरको रुपमा विकसित हुदै गएकोले उक्त प्रोजेक्टले पोखरामा हुने पर्यटकीय गतिविधिलाई बढवा गर्ने विश्वास व्यक्त गरे । नेपाल चिन मैत्रि संघका अध्यक्ष समेत रहेका संघका अध्यक्ष पालिखेले सौर्य बत्ती परियोजना अन्तर्गत प्राप्त बत्तीहरु पोखराको प्रवेशद्धार विजयपुरदेखि हल्लनचोकसम्मका विभिन्न क्षेत्रमा जडान गरिदै गरेको पोखरा न्युज डटकमलाइ बताए । त्यसै गरी बुद्धचोक देखि वनविज्ञान अध्ययन संस्थानसम्म, पृथ्बीचोक देखि चिप्लेढुंगा हुदौ पालिखेचतोक, पृथ्बीचोकबाट पोखरा एयरपोर्ट हुदै मुस्ताङचोक, सहिचोक, तथा विभिन्न मठ र मन्दिरहरुमा गरी पहिलो चरणमा एक हजार थान सोलार लाईट जडान कार्य तिव्र गतिमा भएको पालिखेले बताए । तिव्वतको किन क्याङ कम्पनीले सोलारलाईट जडान गर्दै छ भने जडान पश्चात मर्मत संहार गर्न पोखरा लेखनाथ महानगरपालीका र संघ विब प्रचार सामाग्री राख्ने गरी समहमती भएको पालिखेले जनाए । उक्त सोलारसाईट ७ बर्षसम्म वारेन्टी तथा ग्यारेन्टी भएको उनले जनाए ।

सोलार लाईट जडानको साथमा पोखराको हल्लाचोक देखि जिरोकिलोमिटर सम्म सडक बिच भागमा डिभाइृडर (गार्डेन) निमार्ण हुदैछ । महानगरपालिका र संघको सहकार्यमा करिब ५० लाखको लागतमा डिभाईडर निमार्ण हुन लागेको हो । उनका अनुसार हालसम्म करिब ८० प्रतिशत काम पुरा भएको छ । उनले भने “अंग्रजी नयाँ वर्ष २०१७ को जनवरीबाट सुरु भएको सोलार लाईट जडान कार्य नेपाली नयाँ बर्ष २०७४ को अवसरमा वैशाख महिना भित्र जडान कार्य पुरा गर्ने गरी काम भई रहेको छ । ” उक्त प्रोजेक्ट करिब १५ करोड मूल्य बराबरको रहेको उनले बताए । पोखरा लेखनाथ महानगरपालिकासँग भगिनी सम्बन्ध रहेको तिब्बतको लिञ्जी शहरको अनुरोधमा तिब्बत सरकारले सौर्य बत्ती परियोजनामा सहयोग गरेको हो ।

यसैबिच, सोलार लाइट प्रदान गर्ने सम्झौतामा केही महिना अघि एक समारोहका बिच चीनको स्वशासित क्षेत्र तिब्बतको वैदेशिक मामिला विभागका निर्देशक मा क्विनसिन र साविक पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पालिखेले नेपाल र चीनबीच दौत्यसम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठको अवसरमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारको तर्फबाट प्राप्त सहयोग उल्लेखनीय रहेको बताए । अध्यक्ष पालिखेले वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरु अदक्ष भएको सन्दर्भमा चीन सरकारबाट व्यवशायिक तालिम केन्द्र निर्माणमा सहयोग हुन सके यो नेपाललाई धेरै फाइदा हुने बताए । उनले भने “रोजगार सृजना गर्न जव सेन्टर विकास गर्ने योजनामा छौं, रोजगार लिने र दिने दुबैको पुलको काम गर्न हामी चाही रहेका छौं, यसमा हामीले साना मजदुर देखी व्यवसायिक व्यक्तिहरुलाई रोजगार दिने तयारीमा छौं ।

पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले पोखरा क्षेत्रमा हाल सोलार लाईट जडान भएकोले यहाँ सुरक्षाको प्रत्याभुती भएको बताए । उनले भने “ रातिको समयमा सोलार लाईटले गर्दा सडक तथा बाटोमा उज्ज्यालोले गर्दा समग्र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ । ” विदेशीहरु ढुक्कका साथ रातिको समयमा घुमघाम गरेको उनीहरुमा राति एक्ला एक्लै पनि आत्मविश्वासका साथ घुमफिर गर्ने गरेको शर्माले जनाए । उनले पोखरा न्युज डटकम सँग भने “हामीले पोखराको न्युरोड र पोखरको लेकसाईडमा घर घरबाट समेत रकम उठायर पोखरा लेखनाथ महानगरपालिका कार्यालयको सहकार्यमा सोलारलाईट जडान गरेका थियौं । ” करिब दुई बर्ष पोखराको लेकसाईड र न्यूरोडमा करिब २ सय वटा सोलारलाईट जडान भएको थियो ।

रेवान पोखराका निवर्तमान अध्यक्ष एवं लेकसाईड सोलार लाईड व्यबस्थापन समितिका संयोजक गोपी भट्टराईले लेकसाईडमा हाल एक सय एक सोलार लाईट सहित अत्याधुनिक प्रविधिमा आधारित १४ वटा सि.सी. क्यामरा जडान गरिएको बताए । उनले पोखरा न्युज डटकम संग कुरा गर्दै भने “ जहाँ लाईट त्यही सुरक्षा, सोलार लाईटले गर्दा लेकसाईड सहितको बजार क्षेत्रमा राति अवरसम्म व्यपार भएको तथा पर्यटकहरु समेत अवेरसम्म घुमघाममा निस्कने गरेका छन ।” सीसी क्यामराको कारणले गर्दा चोरी डकैतीका घटनाहरु समेत न्युनिकरण भएको उनले जनाए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. कुरा त राम्रो हो, तर समाचार सम्प्रेशण पनि परिवर्तन अनुकुलको हुनु पर्‍यो। पोखरा कि पोखरा लेखनाथमा सोलार बत्ती जडान? प्रस्ट खुल्नु पर्‍यो। अर्को कुरा लेखनाथ पुछ्छर नझुन्ड्याउने हो भने पनि हुनसक्छ , तर लेखनाथ नगरपालिकाको पुरानो सम्रचनाले अनुमोदन गरेर मात्र। राम्रो त पुच्छर नहुनु धेरै राम्रो .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button