विचार/ लेख

पोखरा लेखनाथ महानगरवासीमा समाजसेवी एबं उद्योगपति केसीकाे यस्तो अपिल

सूर्यबहादुर केसी,

पोखरा –

आदरणीय पोखरा लेखनाथ महानगरवासी, विकासप्रेमी नागरिक समाज, स्वास्थ्य एवं शैक्षिक क्षेत्रमा संलग्न विज्ञहरु, साहित्य तथा लोक संस्कृति, कला एवं लोक नृत्य लोकधुन तथा वाद्यवादन आदिको संरक्षण सम्वद्र्धनमा लाग्नु भएका महानुभावहरु, उद्योग वाणिज्य र पर्यटन व्यवसायमा संलग्न हुनु भएका समआदरणीय व्यक्तित्वहरु, वरिष्ठदेखि कनिष्ठ तहसम्मका राष्ट्रसेवक कर्मचारी वर्ग, कानुनविद् एवं न्यायकर्मी मित्रहरु, वृटिस सेना, भारतीय सेना, नेपाली सेना सशस्त्र प्रहरी वल, जनपथ प्रहरी सेवामा कार्यरत एवं सेवा निवृत्त सबै तहका आदरणीय महानुभावहरु, देशको विग्रदो अपत्यारिलो माहोलले चिन्तित सुनौलो भविष्यको आशा गर्दै विगत २० वर्षदेखि आफ्नो सुनौलो स्थानीय जनप्रतिनिधि रोज्न अवसरबाट वञ्चित–जीवनयापनको अधिकतम अवसर आफ्नै देशमा सृजित होस् भन्ने आकांक्षा राख्दै अवसर नपाएका दाजु भाउजू, दिदीबहिनी बाध्यतापूर्वक विदेशिनु पर्दाको पीडा भोग्दै देशको विकासले गति लिएको योग्यता र अनुसारको रोजगारीको आशा बोक्नु भएका युवा वर्ग, संसारको एक मात्र हिन्दू राष्ट्र नेपाल, भगवान बुद्ध–सीता जनकको जन्मभूमि एवं हिन्दू बौद्ध धर्मालम्वीहरुको मजवुत गहिरो समन्वय भएको देशबाट ८०–८५ प्रतिशत ओमकारवादी सनातन धर्मालम्वी हुँदा हुँदै पनि जवरजस्त संविधानबाट हिन्दू राज्य हटाइएकोबाट पीडा पोख्दै व्यथित बनेका सनातन धर्मालम्बी ओमकार परिवारसहित हिन्दू राज्यको पुनः संविधानमा समावेश गरिनुपर्ने आशा राखी अत्यन्त पीडा महशुस गर्नुभएका धर्मानुरागी विद्धतवर्ग सामाजिककर्ता एवं अनुरागीहरु, विभिन्न समाजसेवाको वृहत् हितका लागि संलग्न समाजसेवी संघ, संस्था र महानुभावहरु, मजदुर वर्ग, किसानवर्ग, भद्र महिला एवं सज्जनवृन्द, पत्रिका एवं सञ्चार जगतमा संलग्न आदरणीय वरिष्ठ पत्रकार एवं पत्रपत्रिका जगत

सर्वप्रथम त सम्पूर्ण महानुभावहरुमा नयाँ बर्ष २०७४को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

आज देशले नयाँ संविधान प्राप्त गरेपछि करिब २० वर्षको अन्तरालमा स्थानीय तह निर्वाचनको संघारमा आईपुगेको छ । कुनै भवितव्य आईनपरेमा चुनाव निश्चितरुपले हुनेछ । विगत दुई दशकको अवधिको बीचमा भएको जनयुद्धबाट भएको क्षति, दुई पटकको संविधानसभाको निर्वाचन, भूकम्पले गराएको ठूलो जनधनको क्षतिले आफन्त र घरबार गुमाउनुको पीडाबाट गुज्रिरहेको समयमा संविधानको घोषणा हुने वित्तिकै करिब ६ महिना लामो दक्षिण छिमेकीको नाकाबन्दीले ग्रस्त समस्या पार गर्दै स्थानीय तहको निर्वाचनबाट आफ्ना स्थानीय समस्या हल हुने, विकासले गति लिने, देशले अत्यन्त ठूलो फड्को मार्ने आशा र उत्साहका साथ चुनावमा सहभागी हुँदै नतिजा आफ्नो पक्षमा पार्ने कसरतमा पोखरा महानगरवासी लागि पर्नु भएको छ । चुनाव निर्विघ्न, निस्पक्ष, शान्त र मैत्रीपूर्ण भावबाट सुसम्पन्नताको लागि हार्दिक शुभकामना दिन चाहन्छु ।

देशमा आज सक्रिय ठूला र चर्चामा रहेका सक्रिय पार्टीहरुको तर्फबाट जारी आकर्षक घोषणापत्रद्धारा सपनाका पुलिन्दा बाड्ने संभव र असंभव महत्वकांक्षा बढाउने र राष्ट्रिय ढुकुटीबाट कनिका छरे झै श्रोत साधनको प्रयोग उपलब्धिमुलक विकास निर्माण र सामाजिक लगानी भन्दा बढी तपाईँ हामीले तिरेका करको प्रयोग देश हित र जनहितभन्दा पार्टीको भोट बैङ्क बनाउन खर्चिने प्रवृत्ति बढ्दै गएको छ । तसर्थ विगत दुई दशकदेखि प्रस्तुत हुँदै आएका सबै घोषणापत्र र अध्ययन गरि त्यसबाट प्राय सधँैजसो पार्टीको ठूलो दलको नेता सत्ता र प्रतिपक्षमा रहँदा उपलब्धी अवस्था कति प्रतिशत छ ? चेतनशील महानगरवासी दाजुभाइहरुबाट विश्लेषण हुनु अत्यावश्यक भैसकेको छ । अन्यथा भ्रमको खेतीले पछि पछुताउनु पर्ने हुन्छ ।

विगत दशकौँ वर्षको अनुभवबाट र ठूला पार्टीका प्रधानमन्त्री, माननीय मन्त्री, माननीय लगायत राष्ट्रसेवक, पूर्व राष्ट्रसेवक एवं विश्लेषक र आर्थिक विज्ञहरु अन्तर्राष्ट्रिय संघ संस्था ट्रान्सपेरन्सी ईन्टरनेशनल समेतको विश्लेषणमा आरोप र प्रत्यारोपण सुन्दा र अवगत हुदा मुलुक अत्यन्त डरलाग्दो, उदेक लाग्दो, घिनलाग्दो भ्रष्टाचारको दलदलमा फसेको, अत्यन्त ईमान्दार र राम्रा मानिसहरुको सहभागिता प्रत्येक पार्टीमा हुँदाहुँदै पनि नेतृत्व वर्गकै कमजोरी र असक्षमताले गर्दा नै भन्नु पर्दछ भष्ट्राचार नियन्त्रण हुनुको सट्टा झनै मौलाउँदै जानु सम्पूर्ण देशवासीको चिन्ताको विषय हो । अधिकतम जनहितका लागि स्थापित सरकारी कार्यालयहरुमा केन्द्रदेखि जिल्ला सबै तहसम्म सेवाग्राहीलाई कुनै कुनै अङ्कुस लगाएर अड्चन पैदागरेर सेवा विलम्ब गरेर आर्थिक लाभ लिने परिपञ्चबाट सबै जनता आजित छन् । दुखदिने राष्ट्रसेवकको पृष्ठभूमि पत्ता लगाउँदा कुनै न कुनै बलियो पदका मानिस र दलकै कार्यकर्ता नेतृत्व तहबाटै संरक्षित पार्टीकै संघ संगठनको कार्यकर्ता हुने भएकोले कारवाही गर्न उजुरी दिन सेवाग्राही आँट गर्दैनन् । सबै ठूला तथा चर्चित पार्टीमा अशल नियत, राष्ट्रिय भावनाले ओतप्रोत आर्थिक अनुशासनका हिमायति, राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तिहरुको अभाव छैन तर पनि या–त यस्ता व्यक्तिहरु कुण्ठित छन् । बोलेमा चलखेलबाट बक्र दृष्टि –कोपभाजनमा परिन्छ कि ? भन्ने भावनाबाट त्रसित छन् त्यसैले मुगदर्शक शिकार भैरहेको कारणले गर्दा नेतृत्व तहको विरोधमा बोल्न चाहँदैनन् । सबैले महशुस गरेकै विषय हो ।

सम्पूर्ण पोखरेली नागरिक समाज, समाजका सबै तप्का र तहका आदरणीय महानगरवासी प्रबुद्ध व्यक्तित्वहरु सँगको छोटो भेटघाटमा चर्चा परिचर्चा गर्दा कमसेकम हाम्रो पोखरा लेखनाथ महानगर पालिकाका मेयर÷उपमेयर वडा अध्यक्ष र सदस्यहरुको चयन गर्दा निष्पक्ष ईमान्दार, निर्भिक विद्धत्, अनुभवी कुशल क्षमताशील, राष्ट्रिय भावनाले प्रेरित, धर्म र संस्कृतिको रक्षा गर्दै, विकास निर्माणमा तीव्रता लिन सक्ने सबैलाई मिलाएर महानगरको बागडोर चलाउने व्यक्तित्व र टिमको अपेक्षा महानगरवासीको रहेको पाएँ । तर अफसोच ठूला दल र जित्ने संभावित दलका अधिकांश उम्मेदवारहरु हेर्दा अधिकतम ईमान्दार हुन सरल र अनुशासित पनि अधिकांश उम्मेदवार हुनुहुन्छ होला । तर क्षमता कार्यकुशलता विकास निर्माणलाई गतिशीलता प्रदान गर्न सक्ने अत्यन्त सुुझ बुझ भएको राष्ट्रिय भावनाले ओतप्रोत एवं अनुभवी महानगरवासीका सबै तह र तप्काका कुरा बुझि रोजगार सृजना र प्रदान गर्न सक्ने ठूला साना दिर्घकालीन र अल्पकालीन विकास आयोजना तर्जुमा गरी तीव्र गति प्रदान गर्न सक्ने उच्च मनोबल र महत्वकांक्षा धारणा गर्ने नेतृत्व प्रस्तुत प्रायः पार्टीका उम्मेदवारमा छैन कि भन्ने धारणा सुनिन थालेको छ । पार्टीको गुटबन्दी नेतृत्व तहको राम्रो मानिस भन्दा आफ्ना मानिसलाई टिकट दिने सोचबाट प्रेरित भएको भन्ने गुनासा हामी अनुभवी र नगरको अनुभव हासिल गरेकालाई जवरजस्त पछाडि पारियो भन्ने गुनासा र पीडा नयाँ अत्यन्त कार्यक्षत्र भिन्दै लिई महानगरको अनुभवहीन व्यक्तिलाई टिकट दिइएको गुनासा धेरै महानगर र नगरहरुमा चर्चा परिचर्चा हुन थालेका छन् । यस्ता किसिमका चर्चा परिचर्चाबाट महानगरवासी मतदाता महाचिन्तित छन् । महानगरवासीका लागि यति ठूलो उत्साह र उमङ्गमा २० वर्ष पछि पाएको आफ्नो महानगरका लागि र दलका कार्यकर्ता शुभचिन्तकलाई सर्वसाधारण मतदाता समेत चित्त बुझे पनि नबुझे पनि आफ्ना पार्टीलाई सघाउनुपर्ने बाध्यता भएको छ । बर्तमान अवस्थाको प्रतिस्पर्धामा निर्णायक मत स्वतन्त्र बुद्धिजीवी र स्वतन्त्र तप्काका निस्पक्ष विश्लेषण गर्ने नागरिक समाज र सामाजिक चिन्तन गर्नेहरुबाट बुद्धिमतापूर्ण तरिकाले उम्मेदवारहरुबाट महानगरपालिका प्रतिका विकास निर्माण र भावी अल्पकालीन दिर्घकालीन नीति तपाईहरुको के छ ? कसरी जनहितका कार्य गर्नुहुन्छ ? महानगरवासीलाई सेवा सुविधा राहत कुन प्रकारले पु¥याउनु हुन्छ ? पारदर्शिता योजना बाँडफाँड लागत विश्लेषण ठूला मझौला र साना आयोजना के के हुन् ? कसरी बालहित बृद्ध जेष्ठ नागरिकहरुको हित, एकल महिलाको हित स्वास्थ्य, शिक्षा, विज्ञान र प्रविधी क्षेत्रमा साहित्य धर्म र संस्कृतिको रक्षा, बालहितमा के कस्ता परियोजना ल्याउने बीचार गर्नु भएको छ ? युवा बेरोजगार कसरी हटाउनु हुन्छ ? उद्योग, पर्यटकीय विकासको अवधारणा कस्तो रुपमा अगाडि ल्याउनुहुन्छ ? खेलकुदको विकास खानेपानी, सडक सञ्जाल, कृषि उत्पादकत्व , रोजगारमुलक तालिम, सिप विकास बारेको योजना बारे के कस्तो कार्यक्रम गर्नुहुन्छ भन्ने प्रश्न सवाल जवाफ गरी– उपयुक्त र सटिक कार्यक्रम दिनसक्ने नेतृत्व छनौट गर्न उपयुक्त हुने हुँदा सबैले ध्यान पु¥याउन आग्रह गर्दछु ।

देशका विभिन्न ठूला दलहरुले पटक पटक कुनै न कुनै रुपमा सत्तामा अधिकांश मन्त्रालयहरुसहित सत्तामा बस्ने अवसर पाएर पनि आफना घोषणा पत्रमा प्रतिवद्ध व्यक्त गरेका कामहरु अत्यन्त न्यून भएको छ । उपलब्धी र समय अवधिको विश्लेषण गर्दा एकदम ठूलो अन्तर छ । त्यसैले दलका घोषणापत्रप्रति अविश्वास बढेको र पत्याउनेको संख्या न्युन हुँदै गएको छ । चर्का नारा र खोक्रा आश्वासनले विकास हुँदोरहेनछ । विकास घोषणापत्रले हैन पद प्राप्त गर्नुको क्षमता, ईमान्दारिता, लगनशीलता र कार्यकुशलताबाट हुदोरहेछ भन्ने सबैले बुझेको विषय हो ।

विगतको पन्ध्रौ (१५) वर्षको अवधिमा प्रायजसो हाम्रा नगरहरुको नेतृत्वको बागडोर राज्यले राष्ट्रसेवक कर्मचारीलाई प्रमुख बनाईयो । अत्यन्त धेरै नराम्रा, थोरै राम्रा अमिला अनुभवहरु सेवाग्राही नगरवासीहरुले महशुस ग¥यौँ । विकास निर्माणका गति अत्यन्त मन्द रह्¥यो । सेवाग्राहीले अत्यन्त विसंगति महशुस अनुभव ग¥यौँ साधनस्रोतहरुको भागबन्डाको प्रवृति रह्यो । योेजनाका लागि धेरै ठाउँमा आयोजनाका रकम मिलेमतो गरि गक्ष अनुसार दलहरुका कार्यकर्ताहरुको भागबण्डा गरी आयोजनामा न्युन रकम खर्च गरेको चर्चा देशभर रह्यो । विज्ञहरुद्धारा सार्वजनिक रुपमै यस्ता आरोप लगाईयो । यस्तो प्रवृत्तिबाट हाम्रा जिल्ला गाउँ नगरहरु पनि अछुत रहन सकेनन् ।

भावी दिनमा कमसेकम पनि भागबण्डा गरी दुरुपयोग गर्ने ÷कनिका छरेजस्तो उपलब्धि बिहीन कार्यका लागि रकम खर्च गर्ने प्रवृत्ति शुन्य हुनु पर्दछ भन्नेमा सजक र सचेत रहौँ । यही आग्रह पनि गर्दछु ।

ठूला महत्वकांक्षा वाड्ने तर उपलब्धी हालजस्तै न्युन भएमा वर्तमान गणतन्त्रले अंगीकार गरेको पद्धतिप्रति नकारात्मक दृष्टिकोण त पर्ने नै छ । जनता आजित भै यस पद्धति प्रति वितृष्णा पैदा भै कालान्तरमा विद्रोह पैदा समेत गर्न सक्दछ । हामी सचेत नागरिक सदैव सर्तक हुनु पर्दछ ।

वर्तमान नेतृत्व तह सम्भावित विजयको प्रतिस्पर्धामा रहेका पार्टीका नेतृत्व तह मेयर÷उपमेयर ज्यूका उम्मेदवारहरु –हाल अनुभव कम वा अनुभव विहिन नै हुनुहुन्छ भने पनि जिम्मेवारी बोधले पाएको जिम्मेवारीलाई बुद्धिमतापूर्वक पलपल सजक, सहज, ईमान्दारी र महानगरवासीप्रति निष्ठापूर्वक म गर्छु र गर्न सक्छु मन वचन र कर्मले (ईश्वर साक्षि राखी) जनताप्रति र महानगरप्रति बफादार प्रतिबद्धता रहन्छु भन्ने बाचा सार्बजनिक रुपमानै असल नियतले विविध विषयका विज्ञ राखी परामर्श गरि अधिक से अधिक उपलब्धिमुलक नतिजा दिन सक्छौँ भन्ने विश्वास महानगरपालिकावासीलाई दिलाउनु पर्दछ । साथै चुनाव जित पछि पार्टीको नभै महानगरवासीको मेयर÷उपमेयर वडा अध्यक्ष र सदस्य हुन सक्नु पर्दछ । ठूलो उपलब्धी हाँसील गर्न सक्ने मेयर÷उपमेयर÷अध्यक्ष अधिकतम विकास र सेवाका उपलब्धिले अवश्य पनि पार्टीको साखको मुल्याङ्कन जनताले महत्व साथ गर्ने हुन्, भन्ने सबैलाई अवगत हुनुपर्नेनै विषय हो । राम्रो र उपलब्धिमुलक सफलताले जस त आखिर पार्टीलाई दिलाउने हो । व्यक्तित्व उपलब्धी हासिल गर्नेकोनै उचाईमा पुग्ने हो । यसमा विजयी उम्मेदवारले गम्भीर भएर सोच्नुनै हुनेछ ।

हाम्रो महानगरपालिकाको करिब पाँच लाख जनसंख्या पुगेको छ । संसारको अति मनोरम हिमश्रृंखला तालतलैया या बाँकी परेका पहाड, सौरम्य छठा भएको डाँडाकाँडा थुम्कि भञ्याङ्ग देउराली एवं गाउँ बस्ति र नागवेली झैँ बगेका नदीनालाहरु अत्यन्त मनोरम दृश्यले भरिएका भूभाग अनि हरित फाँटहरु एवं अत्यन्त धान, मकै, गहँु,कोदो, फापर, हरिया सागपात, स्ट्रेबरी, नास्पति, केरा, सुन्तला, भुँईकटहर, रुखकटहर, अष्ट्रेलियन–जापनिज क्युवि र कटुस, काफल, ऐसेलु, चुत्रो, लिचि, चिउरी जस्ता पौराणिक प्राङ्गगारिक फलफूलहरुको उत्पादन हुने भूभागहरु, मस्त्यपालन पशुपक्षि पालन गर्न सकिने भूभागहरु समेत भएको ईश्वरीय प्रकृति वरदान संसारमा विरलै पाईन्छ । अलिकति मेहनत गरे आधुनिक र पौराणिक विकासको नमुनालाई सन्तुलित गर्न सक्ने, मुर्तिकला, काष्ठकला, हस्तकला अधिकतम विकास गर्न सके ठूलो जनसंख्यालाई रोजगारी बढाउन सकिन्छ, विगतमा निकै प्रयास पनि भए तर सन्तुलन रुपमा उत्पादन, संरक्षण र विक्री वितरणको व्यवस्थापन गर्न नसक्दा आशातित सफलता प्राप्त गर्न सकेनौ । विश्वको चर्चित हिमश्रृंखला र मनोरम पर्यटकीय संसारको परिचित पर्यटन स्थल हँुदाहँुदै पनि होटल, ट्रेकिङ्ग, ट्राभल व्यवसायमा निजी क्षेत्रले राम्रै फड्को मारेको भए पनि, यहाँ आएर घुमिसकेपछि आफ्नो देशमा उपहारको रुपमा र व्यवसायको रुपमा लाने सामानको रुपमा स्थानीय उत्पादनको अंश कति न्युन छ । भारतीय बजारका उत्पादनहरु बर्षेनी अरबौँको रुपमा खपत हुने गरेको विषयलाई गम्भिर रुपमा सोची कार्यक्रम बनाई दक्ष जनशक्तिको माध्यमबाट विक्री योग्य सामानको उत्पादनलाई प्रसस्त टेवा दिई पर्यटकको रुपमा आउने व्यक्तिहरु व्यवसायिक पनि हुनसक्छन् । सानो परिमाण विक्री मात्र भएकोले पर्यटकीय रुचिका उच्च स्तरका कलात्मक वस्तुलाई, हस्तकला बुनेका स्तरीय ईम्र्बाईटी पहिरनहरु निकासी योग्य पनि बनाउन सके अत्यन्त ठूलो रोजगारी सृजना हुने निश्चित छ ।

पोखरा लेखनाथ महानगरपालिकामा (४) दशक अघिदेखि चर्चामा रहेको अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण सुरु भएको छ । अब सचेत औद्योगिक घरानाहरु, नेतृत्वतहमा कार्यरत जनप्रतिनिधिहरु, उद्योग बाणिज्य संघ, सचेत नागरिक सबैको ध्यान बस्दा दाँयाबाँयाबाट सुन्दर बृक्षहरु फूलका बोटहरु ९यचलबmभलतबकि तचभभ० सम्भव भएसम्म हरियो दुबो र सिजनल फूलले शोभायमान देखिने बगैँचाहरुको निर्माण अत्यावश्यक भईसकेको छ ।

बोलिचाली र व्यवहारमा अतिशिष्टता, मिठासपन, मुस्कुराउने प्रकृति, बस र भाडाका सवारी चालकहरुको बोल्ने, तौरतरिका र व्यवहारमा अत्यत उत्कृष्ट स्वभाव पर्यटक देख्ने वित्तिकै, मुस्कुराएर वेलकम कम टु पोखरा र ःबथ क्ष् जभउि थयग, यात्रुलाई पु¥याईसके पछाडि त्जबलप थयग, फर्कने बेलामा उशि अयmभ बनबष्ल जस्ता सभ्य शब्दको प्रयोग गर्दा पनि प्रफुल्ल मनले फर्कने र चाँजो पाँजो मिल्दा पुन पोखरा आउन लालायित हुनेछन् । यसैगरी उद्योगी व्यवसायीले अब हाम्रो पोखरामा पर्यटकको बसाई लम्बाउने कार्यक्रममा टेवा पुग्ने उद्योगहरु खोल्न जरुरी भएको छ । जनप्रतिनिधित्वको ध्यान, सन्ुदर सफा, हरित, शोभायमान र आकर्षक विकासका दृष्टिले अति उत्कृष्ट कसरी बनाउने ध्यान दिन जरुरी भैसकेको छ ।

मेरो २०४१ देखि ०४६ सालसम्मको अनुभवबाट केही प्रेरणा प्राप्त हुन्छ कि ? हुनसके गौरवान्वित महशुस गर्ने थिए । नभए क्षमाप्रार्थी छु ।

आदरणीय पोखरा लेखनाथ महानगरवासी जनसमुदायज्यूहरु मध्य ४० बर्ष उमेर पार गर्नुभएका २०४१÷०४६ सालमा युवा उमेरको संघारमा रहनुभएका वा पार गर्नुभएका तत्कालीन अवस्था पोखरा नगरवासीका रुपमा रहनु सम्पूर्ण नागरिकले मेरा व्यक्तिगत जीवन र काम गर्ने शैली र उक्त समय पञ्चायतको अन्त्य हुँदाको अवस्थाका बारेमा पोखरा नगरका, भद्र महिला, तथा सञ्जनविद्ज्यूहरुमा प्राय अवगत भएकै विषय हो । २०४१ सालको पोखरा नगरपञ्चायतको नेतृत्वले अत्यन्त अनुशासनहीन, अपारदर्शी बल प्रयोगबाट नगरपञ्चायतका सभा र आफूसँग सहमत असहमत नगरवासीलाई डरधम्किको प्रयोगबाट त्रास पैदा गर्ने आर्थिक अयिमितता आदिको कारण देखाई बोर्ड र नगर सभासंगको तीव्र विरोध पश्चात सम्पूर्ण नगर पञ्चायत बैठक र नगरसभा भंग भएको थियो । त्यस कठिन परिस्थितिमा पोखराका तत्कालीन अवस्थाका प्रतिबन्धित पार्टी नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीका विभिन्न घटकहरु, सुधारवादी पञ्चहरु, पोखराका उद्योग व्यवसायी घराना, बुद्धिजिवी, पत्रकारज्यूहरुको म सूर्यबहादुर के.सी. (सीताराम) लाई उम्मेदवार बनाई म मात्र २५–२६ वर्ष मात्र पुगेको एउटा राजनीतिमा नलागेको, उद्योग व्यवसाय, निर्माण व्यवसाय र समाज सेवामा १४ वर्षको उमेरदेखि नै संलग्न भएकोलाई÷ उम्मेदवार बनाउनुमात्र भएन दुईपटक अत्याधिक मतले विजयी गराई पोखरा नगरको बागडोर सुम्पनुभयो । प्रायजसो राजनीतिकर्मी, प्रायःसबै समाजिक कार्यकर्ता प्रायसबै औद्योगिक घराना साना ठूला सबै व्यवसाय गर्ने, व्यक्तित्वहरु प्राय सबै युवावर्ग, साहित्यकारवर्ग, कलाकर्मी संस्कृतिविद्, विभिन्न धार्मिक संघसंस्थाहरु, किसान, बुद्धिजीवि, शिक्षक वर्ग तथा शिक्षाविद् र विद्यार्थी सबैको सद्भाव र सहयोग सल्लाह र सुझावबाट अत्यन्त हौसला र प्रेरणा प्राप्त गरी करिब साँढे पाँच वर्षको दुई पटक अवधिमा २०१७ सालदेखि २०४१ मार्ग मसान्तसम्म जम्मा २७–२८ लाख अल्झिएको अवस्थालाई सबै प्रथमत आर्थिक क्रियाकलापलाई सुधार गरी नरम हिसावले तत्कालीन नगर पञ्चायतको करको दायरलाई सरल सहज तर फराकिलो पारी सबै ठाउँमा नगर पञ्चायतको सेवा क्षेत्र र विकासका काममा बढी से बढी उपभोक्ता समुहलाई बलियो र जिम्मेवारी बहन गर्न मानसिकरुपले तयार पार्न विस्तार गर्दै जाने नीति लियौँ ।

फलस्वरुप साँढे पाँच वर्षको दुईपटकको छोटो कार्यकालको आम्दानी २७÷२८ लाखलाई करिब ५ करोड भन्दा बढी पु¥याउन सफल भयौँ । एउटा पावर टेलरले सफाई कार्यलाई ४–५ वटा ट्याक्टर सात जना सफाई कर्मी करिब ३–४ दर्जन सफाई कर्मचारी व्यवस्था ग¥यौँ, जुद्द शमशेरको पालाको चल्न छोडेको वारुण यन्त्रलाई मर्मत गरेर चलाउन योग्य बनाउनका साथै आफ्नै स्रोतबाट जर्मनी बारुण यन्त्र खरिद ग¥यौँ, भैलो खेलेरकोष बनाई, रेडक्रसमा बुझाएपछि तत्कालीन रेडक्रस केन्द्रका अध्यक्ष प्रिन्सेस हेलन शाहसँग मागी एम्बुलेन्स सेवाको सुरुवात बैदाम पर्यटक क्षेत्रलाई छुट्टै सफाई ट्याक्टर साधन र सफाई कर्मचारीको व्यवस्था ग¥यौँ । शिक्षा क्षेत्रमा नगर क्षेत्रका प्राय सबै ५० विद्यालय स्तरोन्नति, नगर पञ्चायतबाट तत्कालीन अवस्था बनेको एक कि.मि. पक्कि सडकलाई विभिन्न वडाका ठाउँहरुमा विस्तार गरी करिब सयौँ कि.मि.भन्दा बढी निर्माण ग¥यौँ । विन्ध्यवासिनी मन्दिरमा, तालबाराही मन्दिरमा, भद्रकाली मन्दिरमा थप निर्माण कार्य र मन्दिर प्राङ्गणमा, व्यापक जनसमुदायको सक्रिय सहयोगमा राममन्दिर, कालिका मन्दिर, कृष्ण मन्दिर, विश्वकर्मा मन्दिरमा निर्माण एवं स्तरोन्नति ग¥यौँ । प्राय सबै वडाहरुमा २० औँ नयाँ मन्दिर बनाउनका साथै पुराना मन्दिरहरुको जीर्णोद्धार पनि ग¥यौँ । ढलहरुको निर्माणको लागि सुरु ग¥यौँ । अफसोच हाल कतिपय पार्कहरु, हरित क्षेत्रहरु, नासिए, मासिए मर्मत सम्भार भएनन् भने कतिपय अन्य उद्देश्यका लागि प्रयोग गरिए । पुस्तकालय र दशौँ ठाउँमा पार्कहरु र चिल्डेर्न पार्कहरु बनायौँ । पहिलो पब्लिक क्याम्पस (पोखरा बहुमुखी क्याम्पस)को स्थापना ग¥यौँ । सयौँ किमि नयाँ पिच सडक तथा करिब ५ सय कि.मि. ग्राभलसडक विभिन्न वडामा बनायौ । सार्वजनिक जमिन अतिक्रमण रोक्न, जग्गा संरक्षण कार्यहरु गरी स–साना आयोजनाहरुलाई भारतीय नाकाबन्दी करिब एक वर्षका बाबजुद, अतिरिक्त चन्दा उठाउने व्यवस्था मिलाई, जग्गा समेत व्यवस्था गरी पोखराको पहिलो सभागृह हल निर्माण गरी तत्कालीन राजा विरेन्द्रबाट समुद्घाटन गरियो । (अफसोच हाल सभागृह हल मर्मतसम्भार विहिन अवस्थामा रहेको छ ) । नगर पञ्चायतको आफ्नै स्रोत आधा रकम र केन्द्रबाट आधा रकम जुटाई महेन्द्रपुल निर्माण ग¥यौँ । तत्कालीन राजा विरेन्द्रबाट उद्घाटन गर्ने कार्यक्रम थियो नगर पञ्चायतको विकासको कामले खुशी भएर उहाँको हुकुम बमोजिम तत्कालीन राष्ट्रिय पञ्चायत अध्यक्ष, मन्त्रीगणहरु, मान्यज्यूहरु, पोखरावासी आदरणीय पोखरावासी जनसमुदायका सामु हामीले उद्घाटन अवसर पायौँ । राममन्दिर नजिकबाट वडा नं ९ र ११ जोड्ने सानो सेती नदी पुलको निर्माण, प्राय जसो प्रत्येक वडाको उपयुक्त पायक पर्ने ठाउँमा बस बिसाउने निर्माण दुई दशकदेखि पुरानो हवाई मैदानबाट विस्थापित गरी नयाँ ठाउँमा सारिएका पिडितलाई स्थायी सिफारिस दिई करमुक्त ग¥यौँ । वडा वडामा स्वास्थ्य स्वयम् सेवक सेवीका र प्रसुति सेवा गराउने महिलाहरु परिचालन, किसान संगठन र जिल्ला कृषि कार्यालय र विज्ञहरुलाई परिचालन गरी उत्पादन बढाउन रवि बालि, र फलफूल एवं सागपात उत्पादनलाई अगुवा कृषक तालिम विउविजन भण्डार केन्द्र, कृषि औजार सहयोग गरी आयतित सागपात वा आयातित अण्डालाई विस्थापित गर्न युवक संगठनको परिचालनबाट नगरमा २४– २५ पोल्ट्रीफर्म व्यवसायबाट २०० भन्दा बढी पोल्ट्री व्यवसायहरुको संरक्षण ग¥यौँ । हरियो सागपातमा उत्पादन बृद्धि गरी पोखरा नगरमा बाहिरी निर्भरता कम गर्न उत्पादन वृद्धि गर्ने लक्ष्य लिई बैदाम, मासवार, मालेपाटन, बाँझापाटन चाउथे छिनडाँडा, बाटुलेचौर लगायतका वडाहरुमा कृषि कार्यक्रममा सघायौँ । साथै, हिमपाईप मार्फत सिँचाई व्यवस्था मिलायौँ । ढुवानी खर्च व्यहोरी बिक्री केन्द्रहरु पनि बनायौँ । अफसोच यो कार्यक्रमले थप निरन्तरता पाउन सकेन । दुग्ध उत्पादनका लागि क्षेत्रीय पशु विकास निर्देशनालयको प्राविधिक सहयोग उपलब्ध गराई पोखरामै पहिलोपटक जर्सी गाई, होलस्टेन गाई (१०–१२देखि २५ लि. दुध दिन सक्ने) जातका गाईहरु भित्रायौँ । पहिलो गाई पाल्ने पो.न.पा वडा नं ११ निवासी वृटिस आर्मिका सेवा निवृत्त क्या. जितबहादुर गुरुङ्गले व्यवसायिक रुपमै सफलतापूर्वक उक्त व्यवसाय धेरै वर्ष अपनाउनु भयो । अन्य केही व्यक्तिहरुले सुरु गरे तर व्यवसायिक रुपमा निरन्तरता दिन सकेनन् । तैपनि केही हदसम्म नश्ल सुधार भएकाले हाल दुग्ध उत्पादन बढेको छ। तर कृषि तथा पशुपालन व्यवसायमा नयाँ पिंढी जति उत्साहित हुुनुपर्ने हो त्यति हुन सकेको छैन । विदेशबाट फर्केका केही युवा दम्पतीहरु र केही स्थानीय व्यक्तिहरु पनि थोरै संख्यामा भएपनि व्यवसायिकरुपमै सफलतापूर्वक भैँसीपालन गरी दुग्ध व्यवसाय गर्ने, ट्राउट तथा मत्स्यपालन गर्ने, बङ्गुर तथा कुखुरा पालन गर्ने, टनेल बनाई बेमौसमी तरकारी उत्पादन गर्ने कार्यमा सफलतापूर्वक लागिपरेका छन् । यस्ता कृषकहरुलाई म मेरो व्यक्तिगत तर्फबाट मनैदेखि विशेष अभिवादन गर्दछु । यसको देखासिकी बेरोजगार युवायुवतीहरुले गर्नसके त्यसमा स्थानीय ईकाईले तालिम तथा प्रोत्साहनका लागि विउ, प्राङ्गगारिक मल, ससाना औजार सहयोग गरी विक्री केन्द्रहरुको स्थापना वा बजार व्यवस्थापनको लागि मध्यस्थकर्ताको भूमिका खेल्न सके ठूलो संख्यामा रोजगारी वृद्धि हुने र आफ्नै देशमा स्वाभिमानपूर्वक आफ्नै परिवारजनमा रमाउने अवसर प्राप्त हुन सक्दछ ।

विद्युतिकरण, सौर्यउर्जाद्वारा महानगरका मुख्य सडकहरु, बस्ति भएका ठाउँका शाखा र साना सडकहरुमा सुरक्षाको दृष्टिकोणले समेत सडक बत्ति, महानगरपालिकाका सबै क्षेत्रमा पु¥याउनु पर्ने आजको आवश्यकता हो । महानगरवासीले न्युनतम पनि उज्यालोमा बस्न पाउनु पर्ने स्वच्छ पिउने पानी पाउनुपर्ने, गरिब कम आयश्रोत भएका किसान, मजदुर वर्ग, सबैले सरकारी विद्यालयहरुबाट स्तरीय शिक्षा पाउनु आशा गर्नु स्वभाविक हो । तर अधिकतम शिक्षकहरुको स्तर राष्ट्रिय औसत शिक्षा प्रदान गर्न सक्ने क्षमता छैन । राजनीतिक पार्टीका र विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र कमजोर प्रधानाध्यापकका कारणले राजनीतिक दवाबमा दलका योग्यता नपुगेका शिक्षकहरुको संख्या अधिकतम रहेको छ । तसर्थ निजी विद्यालयको तुलनामा केही विद्यालय अपवाद बाहेक शैक्षिक स्तर खस्कदो छ । यो कमजोरीले उच्च मनोबल ईच्छा शक्ति भएका विद्यार्थीहरुको उत्पादनमा प्रत्यक्ष असर पु¥याएको छ । नतिजा चिन्ताजनक छ । वाध्य भएर रिनधन गरेर भएपनि निजी विद्यालयहरुमा पढाउन पाए हुन्थ्यो भन्ने अभिलाषा बोकी निजी विद्यालयप्रति आकर्षण बढ्दो छ र यो राष्ट्रिय शिक्षा नीतिको लागि घातक सावित भएको छ । यस विषयमा अव हुने निर्वाचित जनप्रतिनिधिले सोच्नु पर्ने हुँदा गम्भिर रुपमा ध्यानाकर्षण गराउँन चाहन्छु ।
विद्युत सुविधा सबै वडाका वस्तिहरुमा अनिवार्य रुपमा पु¥याउनु पर्दछ । र यी सामान्य सुविधाहरुको प्राप्ती बिना महानगरवासी आफुलाई महानगरवासी महशुस गर्न सक्दैनन् । हाम्रो नगरका छिमेकी उत्तरी भेगका गाउँपालिका वा जिल्लाहरुमा विशेष गरी प्रदेश नं ४ क्षेत्रमा ठूलो मात्रामा विद्युतीय उर्जा उत्पादन गर्ने प्रशस्त स्थानहरु रहेका छन् । निजी क्षेत्रसँग सहकार्य गरी छिमेकी राष्ट्रहरु र विभिन्न देशका सहयोगिदाताहरुको ध्यानाकर्षण गराई कयात यिबल उपलब्ध गराउन उपयुक्त प्राविधिकबाट प्रस्ताव बनाई नेपाल सरकारको सहमति लिई आयोजना करिब १०० मे.वा. निर्माण सम्पन्न गर्न सके र कयात यिबल मा गर्न सके ब्याज किस्ता र सञ्चालन संवाद खर्च कट्टी गरी बार्षिक कम्तीमा डेढ अर्ब रुपैँया वचत गरि विकास निर्माण कार्यलाई तीव्र गति दिन सकिन्छ । उक्त रकम अन्य दिर्घकालीन आयोजनामा लगानी गर्न सकिन्छ । स्थानीय बैङ्कहरुबाट कर्जा लिएर काम गर्दा पनि न्युनतम बार्षिक  एक अर्ब रकम सञ्चित गरी विकास निर्माणमा प्रयोग गर्न सकिन्छ । यसको दृढ ईच्छाशक्ति, महत्वकांक्षा र दक्ष तथा विज्ञ सल्लाहकारको नियुक्ति गरी प्रतिबद्ध गर्ने आँट गर्न सक्नुपर्दछ । नियमित स्रोतलाई नचलाईकन छुट्टै स्रोत परिचालन गर्न सकिन्छ । ईच्छा शक्ति भए निर्वाचित मेयर÷उपमेयरले म लगायतसँग परामर्श गर्न चाहनुभएमा उचित सल्लाह सुझाव दिन तत्पर भएको व्यहोरा आग्रह गर्दछु । मेरो २०४१÷२०४६ देखिको अनुभवले आदरणीय नगरवासीले गर्नुभएको विश्वासले सिक्न पाएको पाठले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको व्यहोरा निवेदन गदै पञ्चायतकालमा दूई पटक निर्वाचित गरी नगरवासीहरुको सेवा गर्ने अवसर दिई केही काम देखाउने र धेरै सिक्ने अवसर प्रदान गर्नुभएकोमा फेरि उक्त व्यहोरा स्मरण गर्दै तत्कालीन नगरपञ्चायत वोर्ड, नगरसभा, तत्कालीन व्यापार संघ, औद्योगिक व्यवसायी मित्रहरु, तत्कालीन पत्रकार महानुभावहरुहरु, साहित्यकारहरु साथै सम्पूर्ण नगरवासीहरु तत्कालीन छिमेकी गाविस मित्रहरु सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै धन्यवाद व्यक्त गर्दछु ।

त्यसबेलामा ब्लड बैङ्कको स्थापना, परिवार नियोजन भवनको निर्माण, विभिन्न ठाउँमा रेडक्रस भवनको निर्माण, विभिन्न ठाउँ धेरै क्लबको स्थापना (लायन्स क्लब, सिद्धार्थ युवा क्लब, लगायत विभिन्न युवा क्लबहरुको काममा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्न पाउँदा सबै संघसंस्था तत्कालीन सबै सदस्य महानुभावहरुप्रति तत्कालीन समयको स्मरण गर्दै आभार व्यक्त गर्दछु ।

तत्कालीन श्री ५को सरकार, तत्कालीन अवस्थाको जापान सरकार, नेदरल्याण्ड सरकार र त्यहाँका स्थानीय वासीहरुबाट क्रमश माउण्टेन म्युजियमको लागि करिब १०० रोपनी जग्गाको व्यवस्था, नेदरल्याण्ड सरकार र त्यहाँका जनताको सहयोगबाट पोखरा आँखा अस्पतालको निर्माण, जापान सरकारको तर्फबाट क्षयरोग निवारण क्षेत्रीय अस्पताल निर्माणमा विशेष भूमिका खेल्न पाएको थिएँ । सबै सम्बन्धित दाताहरुप्रति प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नेहरुप्रति तत्कालीन कुराको स्मरण गर्दै आभार व्यक्त गर्न चाहन्छु । यस बाहेक धेरै कामहरु गरिएको छ । तर ती प्राय सबै कुराहरु उल्लेख गर्न समसामायिक नहोला ।
TDF(Town Development Fund) को प्राविधिक सहयोगमा पोखराको व्यवस्थित ढल निकास र फोहोरमैला व्यवस्थापन प्रारम्भिक आयोजना विश्लेषण गरी कार्य सुरु भएको थियो, त्यसकै आधारमा पछि एसियालि विकास बैङ्कको ऋण सहयोगमा पर्यटकीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पक्की ढल निकास निर्माण कार्यक्रम र पोखराको भैरहेको एयरपोर्टको टर्मिनल भवन र पक्की धावनमार्ग निर्माण कार्यक्रम र पर्यटकीय सूचना केन्द्रको निर्माण भएको हो । तर अफसोच ढल निर्माण भएपनि ढलको व्यवस्थित मर्मतसंभार हुन नसकेकाले दुखी छौँ ।

भावि पोखराका सम्भावित मझौला तथा ठूला दिर्घकालीन आयोजनाहरु । आम पोखरेलीवासी समेतको चाहना अनुसार मेरो सुझाव

सनातन धर्म र संस्कृतिको रक्षाका निमित्त हिन्दू सनातन धर्मालम्वी र बौद्ध धर्मालम्वी समेत बौद्ध धर्म सम्बन्धी ग्रन्थहरु, पाठ्य पुस्तकहरु अहिलेसम्म भएका स्रोत पत्रहरु अध्ययन र अनुसन्धानका विषयहरु छापिएका पुस्तकहरु समेतको पूर्ण जानकारी गर्ने गराउने उद्देश्यले एउटा क्षेत्रीय स्तरको आधुनिक पुस्तकालय एवं ई. पुस्ताकलय स्थापना गरी विभिन्न भाषामा पर्यटकहरुलाई पनि अध्ययन गर्न सक्ने गरी बैदामको केदारेश्वर मन्दिर नजिक वा भद्रकाली मन्दिरको समथर जमिनमा मन्दिर व्यवस्थापन समितिको समेत सहकार्यमा स्तरीय अध्ययन अनुसन्धान केन्द्र बनाउनु पर्ने ।

पोखरा वडा नं १६को सुरथेश्वर शिव मन्दिर प्राङ्गणमा स्थानीय समाजसेवीहरु र मन्दिरका जग्गादाता के.सि. परिवार समेतसँग र केदारेश्वर मन्दिरका पिठाधीशसँग समन्वय गरी करिब ४०० जना बस्न सक्ने अत्याधुनिक अपाङ्ग मैत्री बृद्धाश्रमको निर्माण, यस्तै वडा नं १७ महतगौँडा स्थित समाजसेवी आदरणीय पराजुलीज्यूको नेतृत्वमा संचालित बृद्धाश्रमलाई थप सयकोठाको भवन अत्याधिक आधुनिक अपाङ्गमैत्री जेष्ठनागरिक बृद्धाश्रम निर्माण हुनुपर्ने, वडा नं १४ लामपाटन पुछारको सेती किनारमा अवस्थित अपाङ्ग मैत्री बृद्धाश्रम निर्माण गरी क्षमता वृद्धि गर्नुपर्ने । साविक लेखनाथ हाल पोखरा लेखनाथ महानगरपालिकाका १० ओटा वडाका उपयुक्त दुई ठाउँमा १००–१०० कोठाका दुई ठाउँमा बृद्धाश्रम निर्माण गरी सेवा उपलब्ध गराउनु पर्ने आवश्यकता । विन्ध्यवासिनी मन्दिरका गुरुको नेतृत्वमा लेखनाथ कालिकास्थित स्थानीयले उपलब्ध गराएको जमिनमा आधुनिक वगैँचासहितको नेपालका सबै जातिआमाहरुको संस्कृति र भेषभुषा झल्कने गरी नेपाल आमा मन्दिरको निर्माण गर्ने ।

भवितव्य, घटना, दुर्घटनाका कारणबाट आफ्ना अभिभावक गुमाएर र सडकमा वेवारिसे अवस्थामा फेला परेका बालबालिकाका लागि एस्.ओ.एस् बालग्रामको कमसेकम थप २०० जनाको क्षमता अभिबृद्धि गर्ने । अन्य यस्तै उद्देश्यले स्थापित संघ संस्थाहरुलाई पनि सहयोग गर्ने । जनसंख्याको आधारमा सम्भव भएसम्म प्रत्येक वडामा आधुनिक पूर्वाधारसहितको बालपार्क निर्माण हुनुपर्ने ।

वयस्क नागरिक र जेष्ठ नागरिकहरुको व्यायामको निमित्त जगिङ्ग पथ र व्यायम केन्द्रहरु प्रत्येक वडाहरुमा निर्माण हुनुपर्ने ।

प्रत्येक वडामा ६५–७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई दिन विताउनको लागि रोग र व्यथालाई न्युनिकरण गर्नको निमित्त विभिन्न धार्मिक संस्था समाजसेवामा संलग्न ईच्छुक क्लबहरु तमुधि, तमुछोजधी, मगर समाज नेपाल, ब्राह्मण समाज, क्षेत्री समाज नेपाल, केदारेश्वर मन्दिर, विन्दवासिनी मन्दिर, भद्रकाली मन्दिर, नेपाल परोपकार महासंघ जस्ता संघसंस्थाहरु, नेवाछे आदि जस्ता प्रत्यक्ष समाजसेवामा संलग्न संघसस्थाहरुलाई पूर्वाधार विकासको लागि आर्थिक टेवा दिई ईच्छुक जनशक्तिलाई तालिमको व्यवस्था गरी पूर्वाधार बनाई दिवासेवा केन्द्र स्थापना गर्ने ।

पढ्दा पढ्दै विविध कारणबस आफ्नो शिक्षा पुरा गर्न नसकेका, विदेश जाने पनि अवसर नपाएका, रोजगारिको अवसर नपाएका युवा जनशक्तिको प्रत्यक वडाको संख्या पत्ता लगाई सिकर्मी, डकर्मी, मारवल र टायल लगाउने, बत्तिको वाईरिङ्ग गर्ने, पाइप तथा बाथरुमको काम गर्न सक्ने, वागवानी नर्सरीको विरुवा तयार पार्ने, सिप सिकाउने, साना व्यवसाय सफा सुघर रहि पकाउने सिप र तालिम लिई मम, अमलेट, चाउमिन, नेपाली विभिन्न परिकारहरु सेलरोटी, हलुवा, जेरी, पुरी वा यस्ता परिकारहरु बनाउने सिप सिकाई रोजगारी पाउने अवस्था सिर्जना गर्ने वा सानो सानो साईजका फुड स्टलहरु स्थापना गरी रोजगारिमा वृद्धि गर्ने ।

विगत करिब २÷३ दशकदेखि देशबाट ठूलो संख्यामा वर्षेनी लाखौँ युवा तथा बयस्क जनशक्ति(महिला तथा युवा) स्वदेशमा रोजगारीको अभाव महशुस गर्दै विदेशिनेको संख्या दिनप्रतिदिन बढीरहेको छ । सक्ने युरोप, अमेरीका, जापान, अष्ट्रेलिया जाने नसक्ने मलेसिया एवं अरवियन मुलुकहरुमा अत्यन्त चर्को तापक्रम सँहदै आफु र परिवारजनको सुन्दर भविष्य खोज्दे पलायन र्भईरहेको अवस्था छ, चिकीत्सक, प्राविधीक ईन्जिनियर र प्राय शिक्षित, शैक्षिक योग्यता कम भएका, सबैको दृष्टिकोणमा देशमा बसेर उपलब्धि गर्न सकिन्न भन्ने सोचाईले प्राय ग्रस्त भएको पाईन्छ । सरकार नेतृत्व तह यो समस्यालाई संवेदनशील रुपमा हेर्नु भन्दापनि नेपाली श्रमिकबाट भित्रिने विदेशी मुद्रा विप्रेषण भित्रिएकोमा सन्तुष्टि व्यक्त गर्दछन् । यसबाट गाउँका गाउँ युवा तथा बयस्क जनशक्ति रित्तिएको विगतमा, कृषि उत्पादन निर्यात गर्ने मुलुक ८० प्रतिशत त किसान भएको मुलुक आज वार्षिक खरबौँ रुपैँया कृषि उपज र पशुपक्षि आयात गरिरहेको छ ।
यो बाहेक ४० औँ लाख युवा जनशक्ति भारतका विभिन्न बजारहरुमा असाध्यै न्युन स्तरको काम गरेर परिवार पाल्न बाध्य छन् । यस्तो लाग्छ सरकारको जनताप्रति कुनै जिम्मेवारिताको वोध छैन ।
युवा जनशक्ति पलायन, कृषि उपजमा पनि परनिर्भरता बढ्नु देशको लागि लाजमर्दो परिस्थिति हो । स्थानीय जनप्रतिनीधिहरु, देशको युवा जनशक्ति पलायन हुनबाट कसरी रोक्ने भन्ने विषयमा गम्भिर भई विभिन्न रोजगार मुलक कार्यक्रम दिई केन्द्रीय सरकारको नेतृत्वलाई पनि दवाब दिन सक्नु पर्दछ ।

यति मात्र होईन युवा दम्पतिको विछोडले कतिपय पारिवारिक समस्या र सामाजिक समस्या वृद्धि भएका छन् । विदेशबाट लामो समय काम गरी जिर्ण र थाकेको शरीर लिएर फर्किने समस्या केही वर्षपछि देशले भोग्नु पर्नेछ । त्यसैले उपरोक्त कारणहरुले गर्दा देशका नेतृत्व तहमा बस्ने नेतागण, नीति निर्माण कर्ताहरु अहिलेदेखिनै सर्तक भई भावि देशमा रोजगारी सम्बन्धि कार्ययोजनाहरुलाई कार्यान्वयन गर्नुपर्ने अवस्था छ ।

पोखरा लेखनाथ महानगरपालिका भित्रमा गर्नुपर्ने दिर्घकालीन विकास निर्माण आयोजनाहरुका बारेमा यहाँका प्रबुद्ध व्यक्तिहरुको रायसमेतको आधारमा केन्द्रले गर्ने सुझावका सम्बन्धमाः

विकासको सम्बन्धमा महानगरपालिका भित्र पर्ने केन्द्रीय स्तरका आयोजनाहरु सडक, दूरसञ्चार, पिउने पानी, ढलनिकास, विद्युत प्राधिकरण जस्ता संम्बन्धित विभागहरुका समन्वय नभएको कारणबाट ठूलो आर्थिक क्षति र बेलाबखतमा जनधनको क्षति समेत हुने गरेको छ उदाहरणको लागि हालको काठमाडौँ महानगरपालिकाको वर्तमान अवस्था, त्यस्ता समस्याहरु हाम्रो पोखरा लेखनाथ महानगरमा नदोहोरिन बेलैमा सम्बन्धित निकायहरुमा समन्वय गराई महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने हुन्छ ।

हाम्रो महानगरपालिका भित्रमा गर्नुपर्ने दिर्घकालीन विकासका बारेमा सर्वप्रथम योजना सुरु गर्नुभन्दा अगावै विगतका कमिकमजोरी विश्लेषण गरी भावि रणनीति, कार्यनीति तय गरिनुपर्दछ । काम सुरु गर्नुभन्दा अगाडि सो कामको गुणस्तर कस्तो गर्ने आयोजना कम्तिमा कति वर्ष खप्ने बनाउने हो स्पष्ट हुनु पर्दछ । जस्तै खानेपानी, ढल, सडक, अनि विद्युत लाईन विस्तार आदिको सेवा प्रदान गर्नु अगाडि हालको जनसंख्याको अवस्था हेरी भावि दुईतिन दशक पछिको उपभोक्ताको अवस्था के हुने भन्ने पुर्वानुमान गरी क्षमता बीचार गर्नुपर्ने हुन्छ । जसले गर्दा एउटा काम दोहो¥याई–तेह¥याई गर्न नपरोस् ।

पोखरा औषतमा विश्वमै बढी बर्षात हुने ठाउँ हो । पानी जम्ने खास समस्या पोखरामा नरहेतापनि पानीले गर्दा पिच सडकको लाईफ कमजोर हुन्छ तसर्थ, पोखरा महानगरपालिका भएपनि पोखराका प्राय सबै सडकहरु पिच भन्दा ढलान गर्न उपयुक्त हुन्छ। खोलानालाको स्रोत नजिक भएकोले गिटी बालुवा अन्य शहरको तुलनामा खासै महङ्गो छैन । लागत पनि पिचभन्दा साह्रै महङ्गो हुने देखिदैँन तर लाईफ चारपाँच गुणा बढी हुने देखिन्छ । उदाहरणको लागि म नगरप्रमुख हुँदा पोखराका केही स्थानहरुमा साना क्षेत्रमा गरेको ढलान अहिलेसम्म केही भएको छैन । स्तरीय तरिकाले ढलान गर्न सक्यो भने २५–३० बर्ष खपेको पाईयो । तर पिच सडकहरु चारपाँच वर्षहरुमा फेरी मर्मत गर्नुपर्ने र स्तरीय काम नहुँदा एकै वर्षमा पनि विग्रेभत्केको पाईयो । यस्ता अवस्थाले गर्दा एउटै काम वर्षैपिच्छे पुनःनिर्माण गर्नुपर्दा जनताबाट उठेको करको सही सदुपयोग भएको भन्न मिलेन तसर्थ स्तरयुक्त ढलान गर्न उपयुक्त हुनेछ । अझै लङ्गटर्म योजना बनाई पोखराका चार क्षेत्रका महानगरपालिको आफ्नै आवश्यक संयन्त्रहरु स्थापना गरी काम गर्ने हो भने सडकको लगानी १५देखि २० प्रतिशत बचाउन सकिन्छ ।

विगतमा बनेका केही सडकहरुको अध्ययन गर्दा एउटै सडकलाई २० वर्षको अध्ययन मा ४–५ वर्षको अन्तरालमा पुननिर्माण गरेको पाईयो ।

तीस वर्ष अगाडि कम भारबहन क्षमता भएका सवारीसाधन प्रयोग हुने बेलामा भएको सडकको स्तर हाल पनि उक्त डिजाईननै प्रयोग भईहरको हुँदा, उक्त डिजाईन परिवर्तन गर्नुपर्ने आवश्यकता देखिन्छ । कालोपत्रे सडकनै निर्माण गर्ने हो भने पनि बेसकोर्सको मोटाई अनि पिचको मोटाई र रोलरको अयmउबतष्यल क्षमता समेत बढाई निर्माण गर्नुपर्ने देखिन्छ । पिचको मोटाई ठाउँ हेरेर कम्तिमा चारदेखि पाँच से.मी. गर्नुपर्ने देखिन्छ ।

अन्र्तराष्ट्रिय स्तरको अत्याधुनिक सभा, सम्मेलनकेन्द्रको निर्माण गर्नुपर्ने, करिब ३५–४० वर्ष अगाडि निर्माण भएको दिपेन्द्र सभागृह अहिलेको जनसंख्या, क्षेत्रविस्तार र प्रदेश नं ४को सदरमुकामको हैसियतमा पनि पर्ने र राज्यको अतिसुन्दर महानगरपालिका भएको कारणले पनि केन्द्रीयस्तरका र अन्र्तराष्ट्रिय स्तरका राष्ट्रप्रमुखहरुको सभासम्मेलन गर्नसक्ने गरी कम्तिमा ४००० क्षमता सिट भएको सभासम्मेलन केन्द्र निर्माण गर्न जरुरी भईसकेको छ । केन्द्रीय स्तरमा पनि यो विषयमा पटक पटक चर्चा भईसकेको हो । तापनि यसले मुर्त रुप लिन सकेको छैन । पोखरा तथा लेखनाथ क्षेत्र भित्रमा कम्तिमा फराकिलो बाटो जोड्न सकिने १०० रोपनी क्षेत्रफलमा हजारौँ गाडि पार्किङ्ग क्षेत्र, गार्डन क्षेत्र आदि जस्ता पूर्वाधार बनाउन मिल्ने, क्षेत्रफल छुट्टाई राज्यसँग सहयोग लिई बनाउने वा राज्यलाई बनाउन लगाउने अत्यावश्यक भईसकेको छ ।

पोखरा हावापानी र प्राकृतिक रुपमा रमणीयताले भरिपूर्ण शहर हो । यो शहर स्वास्थ्य केन्द्रको रुपमा पनि विकास हुन सक्दछ र आजभन्दा ३० औँ वर्ष अगाडि पञ्चालयतकालमा क्षेत्रीय स्तरको रुपमा निर्माण भएको अस्पतालले विरामीको चापलाई धान्न सकिरहेको छैन । निजी क्षेत्रको मणिपाल कलेजको अस्पतालले धेरै जनसंख्यालाई समेट्न नसकेको साथै पटकपटकको हडतालले जनतामाझ भईरहेको साख पनि गुमाईराखेको छ । त्यसैले महानगरपालिकाले आफ्नो नगरवासीको हितका निमित्त बालअस्पताल तथा मातृशिशु कल्याण केन्द्र, लगायतका मुटु, कलेजो, किड्नी, न्युरो, हाडजोर्नी, अर्वुद रोग र सर्वसाधारणको सामान्य विमारीको उपचारको लागि सबै सुविधा भएको २१ औँ शताब्दि सुहाँउदो आधुनिक अस्पताल निर्माण गर्नुपर्ने देखिन्छ । अस्पतालको खर्च व्यवस्थापनको लागि युग सुहाउँदो मेडिकल कलेजको स्थापना अत्यावश्यक भईसकेको छ । यदि महानगरपालिका परिषरमा स्रोतको कमि छ भने पनि २५ प्रतिशत लगानी महानगरपालिका र ७५ प्रतिशत निजी क्षेत्रलाई समन्वय गरेर लगानी गराई व्यवस्थापन गर्न सकिन्छ । सर्वसाधारणको लागि अति न्युन शुल्कपर्ने गरी उपचार हुन आवश्यक छ । यसमा नर्सिङ्ग क्याम्पस लगायत अस्पतालको निमित्त प्रयोग हुने अन्य मझौला जनशक्तिको पनि तयार पार्न सकिन्छ ।

पोखराका विभिन्न भेगमा कम्तिमा पनि अहिले निर्माण अवस्थामा बैदाम–सराङ्कोट केबलकार बाहेक पनि कम्तिमा चारपाँच ठाउँमा केबलकारको स्थापना गर्न सकिन्छ । जस्तै वेगनासताल आसपासबाट बेगनासतालको मनोरम दृश्य हेर्दै कालिका मन्दिरको अग्लो भूभागमा, १४ नं वडाको सिमानदेखि भरतपोखरी निर्मलपोखरकिो भेगमा, ठूलाखेत क्षेत्रको आसपासदेखि पञ्चासे सम्म, आदि । यसमा पनि नगरपालिकाको न्युनतम शेयर राखेर निजी क्षेत्रलाई प्रोत्साहित गरी लगानी जुटाउन सकिन्छ । यसबाट स्वेदेशी तथा विदेशी पर्यटकहरु आकर्षित हुने पर्यटकीय बसाई लम्बिने, स्थानीय रोजगारी अभिवृद्धि हुने ।

पर्यावरणीय सन्तुलनको दृष्टिकोणले पोखरालाई हरित क्षेत्र बनाउनु पर्ने अतिआवश्यक छ तर बढ्दो शहरिकरणले गर्दा बनजङ्गल क्षेत्र अतिक्रमण हुँदै गएको छ । तसर्थ सौर्य उर्जाको खपत र जलविद्युत उर्जाको खपतलाई प्रोत्साहित गरी डिजेल, पेट्रोल, आयातित ग्याँस खपतलाई निरुत्साहित गरी न्युनिकरण गर्ने हाम्रो शहरलाई आवश्यकता भईसकेको छ । एकातिर बढ्दो विदेशी उर्जाको निर्भरताले गर्दा हाम्रै शहरवासीको पेट्रोलियम पदार्थ खपत पनि खबौँ पुगेको छ । संचित विदेशी मुद्रा खर्च भईरहेको छ । तसर्थ हाम्रा सवारी साधनहरु प्रत्येक भान्सामा खपत हुने उर्जा हाम्रै देशको विद्युतको खपतमा आधारित हुनु पर्दछ । त्यसैले अधिकतम विद्युतको उत्पादन गरी आयातित उर्जालाई विस्तापित गरिनुपर्दछ र हाम्रा यातायातका साधनहरु बनोट विद्युत उर्जा खपतमा आधारित हुनु पर्दछ । यसकार्यले छिट्टै हाम्रो मुलुक आर्थिक रुपले सम्पन्नतातर्फ उन्मुख हुनेछ ।

हेर्दा महत्वाकांक्षी तर दृढ संकल्प इच्छा शक्ति हुने हो भने छिमेकी राष्ट्र चिन,भारत, विश्व बैंक तथा एसियाली विकास बैङ्कलाई दक्ष जनशक्ति प्राविधिकद्वारा स्तरीय प्रस्ताव बनाई प्रस्तुत गर्ने हो भने गर्न सकिने छ । पोखराको बाटो पहाडी भूभाग हुँदाहुँदै पनि पर्याप्त चौडाई भएको कारणले यो योजना सम्भव छ-
– पोखरा ट्रलिबस आयोजना । कोत्रेखोला पुलदेखि पृथ्वी राजमार्ग हुँदै वेगनासदेखि राजमार्ग जोड्दै विजयपुर खोला तर्दै अमरसिंह, पृथ्वीचोक हुँदै विमानस्थलको सिमाना हुँदै मुस्ताङ्गचोक, विरौटा, छोरेपाटन हुँदै फेरि विरौटा फर्किदैँ ड्यामसाईड,राष्ट्रबैङ्कचोक हुँदै बसुन्धारा पार्कसम्म बैदामको कुनै एउटा बाटोबाट नारेश्वर, जरेबर हुँदै हल्लनचोकसम्म पु¥याई त्यहाँबाट फर्किैएर जिरो कि.मि. हुँदै विन्ध्यवासिनी तर्फबाट हेमजा हुँदै सुँईखेतसम्म पुगी फर्केर हेमजा हुँदै सिम्पानी चोकबाट भिमकालीपाटन, क्याम्पस गेट नदीपुर बाट फुलबारी, रानिपौवा टेलिकम हुँदै बौद्ध मन्दिर प्राङ्गण हुँदै भद्रकाली हुँदै बाँझापाटन निस्कि आर्वाको सुनपँधेरी सम्म ट्रलिबस सञ्चालन निर्माण गर्न सकिन्छ । अमरसिंहदेखि हस्पिटल हुदै महेन्द्रपुलसम्म, जिरो कि.मि.देखि पृथ्वीचोकसम्म, सभाागृहचोकदेखि विपिचोकसम्म सेवा दिन सकिन्छ । यो योजना कार्यान्वयन गर्न सकेको खण्डमा जनतालाई अधिकतंम सुविधा पुग्ने र पर्यावरणीय हिसाबले प्रदूषण न्युनीकरण गर्नुका साथै रोजगार सृजना गरी आर्थिक रुपले सम्पन्नता हासिल गर्नुका साथै पेट्रोलियम पदार्थ खपतमा न्युनिकरण आई बार्षिक रुपले खबौँ रुपैँया जोगिनेछ ।

महानगरमा खेलकुद विकासका सम्बन्धमा
भैरहेको स्टेडियममा केही संरचनाहरु निर्माणाधिन छन् । प्याराफिटको क्षमता बढाउनुपर्ने आवश्यकता, व्यवस्थित शौचालय निर्माण, स्थाई पर्खालहरु निर्माण गर्न अति जरुरी छ । ईन्डोर गेमको लागि केही पूर्वाधार भए पनि पर्याप्त छैनन् । त्यसैले खेलकुद मन्त्रालयसँग समन्वय गरी पूर्वाधार विकासमा महानगरपालिकाले समन्वयार्थ भूमिका खेल्न सक्नु पर्दछ । पोखरामा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गरी सञ्चालनमा ल्याउन सके उपयुक्त, अनुभवी देश र विज्ञ तथा व्यवसायिक संस्थाहरुको समन्वयबाट अन्र्तराष्ट्रिय स्तरका खेलहरु गराउन सकियो भने पर्यटकीय व्यवसायमा अतुलनिय योगदान पुग्नेछ । हिमश्रृङ्खलाका मनोरम दृश्य अवलोकन गर्दे क्रिकेट खेल्ने ठाउँहरु संसारमा विरलै छन् ।

प्रत्येक वडाहरुमा सानासाना खेलमैदान जस्तै फुटबल मैदान, भलिबल मैदान, क्रिकेट मैदान आदि बनाई नगरस्तरीय खेलाडी तयार पारी कालान्तरमा राष्ट्रिय खेलाडिसम्म पुग्नेछ । यस्ता क्रियाकपालपमा बढी से बढी युवा क्लबहरु, खेलकुद सामाजिक संस्थाहरु र महानगरपालिकाबीच समन्वय हुनुपर्दछ ।

हाम्रा महानगरवासीले तिर्नुपर्ने करदस्तुर र सेवा दस्तुरबारे छोटो सुझावः

करदस्तुर लागु गर्दा सामान्यतय कुन सेवा, कुन प्रकारको महानगरपालिका वासीले प्रत्यक्ष प्रयोग गर्न पाउनुहुन्छ त्यसको आधारमा कर तिर्नुपर्दा पीडा महशुस गर्दैनन् । जस्तै सडक बत्ति सेवा, पर्याप्त पिउने पानीको सेवा, सफाई दस्तुरको सेवा । महानगरले सेवा पु¥याएको आधारमा लिने हो, एकीकृत घरजग्गा सम्पत्ती कर लागु गर्दा सकभर पीडा महशुस नहुने गरी सहज रुपमा तिर्न सक्ने अवस्था बारे बीचार पु¥याउनु पर्दछ । हरित क्षेत्र, बागवानी क्षेत्र, फलफूल कृषि क्षेत्रको लागि र वागवानीको लागि एवं बन र पर्यावरणमा सहयोग प¥याउने किसिमका उत्पादन गर्ने जस्तै सुन्तला खेती, केरा खेती, नास्पति खेती जस्ता फलफूल खेतीहरु एवं पशुका लागि घाँस दाउराका लागि छुट्याइएका नगर क्षेत्रका भूभागहरुको सम्पत्तिकर तोक्दा मिनाह दिने वा न्युन शुल्क मात्र लगाउने नीति गर्नुपर्दछ । यस्ता नीतिले पर्यावरण जोगाउन, हावा शुद्धिकरण गर्न मद्धत पु¥याउँदछ ।

सामान्यतया दोहोरो कर लिईनु हुँदैन, प्रतिपरिवार पाँच रोपनीसम्मको जग्गा, २००० वर्ग फिट सम्मको आवास घरलाई करमुक्त गर्नुपर्दछ । ग्रामीण परिवेशमा भएका घरजग्गाको मुल्याङ्कन गर्दा, सम्पत्ति कर लिँदा, घर निर्माण गर्ने नक्सा पास दस्तुर तोक्दा अत्यन्तै बीचार पु¥याउनु पर्दछ ।

नक्सापास दस्तुर व्यवसाय कर आदि लगाउँदा व्यापारको किसिम हेरी धेरै तहमा वर्गीकरण गर्न जरुरी छ । जस्तै, मुख्यमुख्य व्यापारीक केन्द्र, अलिकम व्यापार गर्ने क्षेत्र, मध्यम व्यवसाय हुने क्षेत्र, अलिअलि व्यवसाय हुने क्षेत्र, अति कम व्यवसाय हुने क्षेत्र, अति विकसित आवासीय क्षेत्र, ठिक्क विकास भएका आवासीय क्षेत्र, कम विकास भएका क्षेत्र, विकासका पहुच पुग्न बाँकी क्षेत्र, ग्रामीण परिवेश भएका क्षेत्रहरुमा अतिकम कर लगाईनु पर्दछ । नक्सापास दस्तुर पनि यही आधारमा वर्गीकरण गरी लगाईनु पर्दछ ।

पोखरा पर्यटकीय स्थल हो । पर्यटन व्यवसायीमा लाग्ने व्यक्ति, कम्पनी संस्थाहरुलाई चिढिने गरी करको भार हदैसम्म लगाउने प्रवृत्ति राख्नु हुँदैन । सम्पति कर र व्यवसाय कर दुईवटै करको भारले थोपर्नु हुँदैन । प्राय होटल व्यवसाय कर लिँदा होटेलको स्तर,कोठा संख्या, वार्षिक कमाउन सक्ने क्षमता आदिलाई बीचार गरी लगाउनु पर्दछ । करको दायर फराकिलो बनाउन सक्नु पर्दछ । कर तिर्नेले म महानगरपालिकाको करदाता हुँ भनेर गर्व गर्न सक्ने वातावरण बनाउनु पर्दछु । करतिर्ने होटलहरु, एग्रो रिसोर्टहरु, होमस्टेहरु, केबलकार उद्योग स्थापना गरी पर्यटन व्यवसायलाई सहयोग गर्नेहरु, प्याराग्लाईडिङ् कम्पनीहरु, बञ्जी जम्प, घोडसवार कम्पनीहरु, हर्स रेसकोर्स, ट्राभल ट्रेकिङ्ग कम्पनी, हेलिकप्टर जस्ता सेवा प्रदायक कम्पनी स्थापना र सञ्चालन गर्न प्रोत्साहित गर्नु पर्दछ । महानगरपालिकाले तोक्ने कर दस्तुर हचुवा भन्दा प्रति ग्राहक दस्तुर लिनु उपयुक्त हुन्छ । यस्तै रेष्टुरेण्ट र बारमा सुहाउँदो व्यवसायिक कर लिन सकिन्छ । नेपाली संस्कृति झल्काउने नाट्यशालाहरुको कर दस्तुर न्युन लगाई प्रोत्साहित गर्नु पर्दछ ।

प्राईभेट हर्स रेसकोर्ट, केबलकारको सञ्चालन र व्यवस्थापन गर्ने कम्पनीहरु, निजी क्षेत्रले क्रिकेट स्टेडियम विकास गर्न चाहेमा त्यस्ता कम्पनीहरु, भिलेज रिसोर्ट र एग्रो रिसोर्ट खोल्ने कम्पनीहरु, गल्फकोर्ट स्थापना गर्ने कम्पनीहरु लाई ठूलो लगानी गर्ने र प्रत्यक्ष पर्यटन व्यवसायलाई सघाउने काम गर्ने हुँदा यस्ता व्यवसायहरु र महानगरकै गहनाका रुपमा स्थापित हुने र पर्यावरण जोगाउनको लागि सहयोग पुग्ने हुँदा महानगरबाट प्रोत्साहन गरिनु पर्दछ , यस्ता आयोजनाले ठूलो संख्यामा रोजगारीको अवस्था सृजना गर्दछ । यिनिहरुको संभार र सञ्चालन अलि महङ्गो पर्दछ । त्यसैले पनि यस प्रकारका ठूला लागानिकर्तालाई दाहोरो कर लगाईनु हुँदैन ।

आदरणीय महानगरवासी महानुभावहरु स्थानीय प्रबुद्ध वर्ग सबै माथि उल्लेखित बुद्धिजीविहरु, विभिन्न छलफलमा पाएका सुझावहरु र मेरो ४० देखि ४५ वर्ष अघिको अनुभव र त्यसपछि मेरो जीवनमा देखेभोगेका अनुभवहरु विभिन्न राजनीतिक परिवर्तन बाट सिकेका पाठहरु उद्योग र व्यवसाय जस्तै मेडिकल कलेज, ईन्जिनियरिङ कलेज, आई.टी. कलेज, होटल म्यानेजमेन्ट कलेज, हाईड्रो पावरहरुको निर्माण, कमर्सियल बैङ्कको स्थापना, पब्लिक क्याम्पस स्थापनाको अनुभव विभिन्न धार्मिक संघसंस्थाहरुको संगत, विगतमा मान्य सभासद हुँदाको भोगाई आदिबाट ५२ चक्कर ५३ ठक्कर बाट सिकेको पाठबाटनै यो सुझावपत्र प्रस्तुत गरी तपाईँहरु समक्ष पेश गरेको छु । यसबाट नवनिर्वाचित जनप्रतिनिधिज्यूहरुलाई केही न केही रुपमा विकासप्रतिको अवधारणा बनाई काम गर्न सक्नुहुन्छ कि ?? भन्ने आशा र भरोसा राखेको छु । यो सुझावपत्र पढ्ने सबै महानुभावहरु प्रति हार्दिक धन्यवाद दिन चाहन्छु । आम पोखरा महानगरवासी सबैलाई वडादेखि महानगर प्रमुखसम्म उठेका उम्मेदवार मध्ये उत्साह र उमङ्गसाथ मतदानमा भाग लिई उठेको उम्मेदवार मध्य योग्य ठान्नुभएको उम्मेदवारलाई मत दिई आफ्नो मतको सदुपयोग गर्नुहुन अनुरोध गर्दछु ।

1 Comment

1 Comment

  1. Roshan sharma

    2017-05-07 at 4:28 PM

    सुन्दर र महत्वाकांक्षि सुझाव हुँदाहुँदै एउटा थप बिचार गर्नु पर्ने कुरा के भने पोखरा लेखनाथ क्षेत्र भित्र, विशेश गरी शहरी क्षेत्र भित्र बिसौं रोपनी जग्गा जुन गैर कृषि क्षेत्र भित्र पर्छ , त्यसलाई तुरुन्त जग्गा बिकासगरी कुनै योजना भित्र ल्याउनु पर्छ , नत्र करोडौँ पर्ने ती जग्गा प्रयोगहीन अवस्थामा रहदा शहरको सुन्दरताका साथै शहर बिकासमा सामेत् वाधक बन्नसक्छन। त्यसकारण सम्बन्धित जग्गाधनिलाई सङ्लग्न गराइ त्यस्ता ठुला प्लटहरुको प्रायोजन निर्क्योल गर्नु पर्छ । होइन भने त्यस्ता जग्गा भारी करको दाँयारा भित्र ल्याउने नियम महानगरपालिकाले बनाउन सक्नु पर्छ । विकसित् देशमा एउटा घडेरी जग्गापनी प्रयोगहीन अवस्थामा निस्चित समय भन्दा बढी राख्न नपाईने नियम हुन्छ । महानगरको मुख्य ब्याअपारिक केन्द्रमा जगा ओगटेर बर्षायाममा हिलोछ्याप् खेल्ने ठाउँं बनाउनु शहरको उपहास हुनसक्छ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पोखरा न्युज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ । दर्ता नम्बर - ४३६ / २०७३-०७४

हाम्रो बारे

Founder/Editor – Ganesh Baral (DMB)

Sub-editor – Narayan Shahi

SR Reporter – Keshav Pathak, Dinnath Baral

Writer/Reporter – Surya Poudel, Sujan Shirpali, Meena Poudel

सम्पर्क

Greater Pokhara Pvt.Ltd

Lakeside-06 Pokhara, Nepal

Email-pokharanews@gmail.com, adv@pokharanews.com

Phone -061464979, 9856026721

To Top