पोखरा विमानस्थल निमार्ण प्रक्रियाको विवाद टुंगियो, अब कार्य सुरु हुन्छ – चिनिया राजदुत

पोखरा, २३ वैशाख-

नेपालका लागि चिनिया राजदुत यु हाङले पोखरा अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थल निमार्ण प्रकृयामा देखिएको विवाद टुंगिएको बताएकीछन । पोखरा उद्योग बाणिज्य संघले शनिबार उनकोे स्वागत तथा अन्तरकृया कार्यक्रममा बोल्दै राजदुत हाङले पोखरा विमानस्थल निमार्ण प्रकृयामा देखिएको समस्या हालै टुंगिएको बताएकी हुन।

उनले भनिन“ पोखरामा विमानस्थल निमार्णको मुख्य समस्या समाधान भएकोले अब छिट्टै निमार्ण कार्य सुरु हुन्छ, एक्जिम बैंकले ऋण सहायता गर्ने भएकोले बैंकको केहि प्रकृयाहरु भएकोले गर्दा सम्झौता गर्न केहि ढिलाई भएको हो । ”

केही समय अघि तत्कालिन अबस्थामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमण गएका वेलामा समेत विमानस्थलको बारेमा कुरा भएकोले यसमा चिन सरकार गम्भिर भएको उनले बताईन । भूकम्पबाट प्रभावित भएको नेपाल र पोखराको पर्यटन प्रवद्र्धन गर्न चिन सरकार हरपल तयार रहेको जनाउदै यहाँको पर्यटकिय गन्तव्यहरुमा भौतिक संरचना अझ थप्नुपर्ने उनले बताईन । भूकम्प प्रभावितहरुलाई चिनबाट सहयोग भएको बताउदै चिनीया राजदुत हाङले ३५ वटा विभिन्न योजनामा नेपालमा काम भइृरहेको उल्लेख गरिन । नेपालमा भ्रमण गर्ने वातावरण भएमा चिनिया देखि अन्य देशका सहासिक, ट्रेकिङ लगायतका पर्यटकहरु नेपाल आउने उनले दाबी गरिन ।

पहिलो पटक पोखरा आएकी उनले भनिन“ पोखरा धेरै सुन्दर छ, यहाँको प्राकृतिक र सांस्कृतिक पक्षले पोखरा आउने पर्यटकहरुलाई धेरै मनोरन्जन दिलाएको छ, अझ थप यहाँ मानव निर्मीत पर्यटकीय गन्तव्य भएमा अझ बढी पर्यटक भित्राउन सकिन्छ । ” पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले चिनीयाराजदुत हाङलाई खादा लगायर स्वागत गरेका थिए भने कार्यक्रममा उनले चिनिया सरकारबाट पोखरा सहित देशका धेरै ठाँउमा सहयोग प्राप्त भएको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, संघका महासचिव दामु अधिकारी पत्रकार दिपक परियार, दीननाथ बराल लगायतले वोलेका थिए । कार्यक्रममा पत्रकार उदय बहादुर अमात्यले दोभासेको रुपमा सहयोग गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button