पोखरामा अन्तर विद्यालय ह्याण्डवलका लिग चरणका खेल सम्पन्न

 

पोखरा न्युज –

पोखरा रंगशालामा जारी तेश्रो संस्करणको एकता बुक्स अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिता अन्र्तगत लिग चरणका खेलहरु सम्पन्न भएको छ । सुक्रबार देखि सुरु भएको प्रतियोगितामा छात्रतर्फ १६ टिम लिग चरणबाट छनौट भएका छन भने छात्रातर्फ क्वाटरफाइनलमा ८ टिम छनौट भएको बिद्यालय ह्याण्डवल संघ कास्कीका सचिव खिम बहादुर गुरुङले बताए । आउदो साउन ८ र ९ गते उक्त प्रतियोगिता हुने भएको छ ।

छात्रा तर्फ समुह एबाट ज्ञान ज्योती विजेता तथा लिटिल स्टेप उपविजेता हुदै क्वाटरफाईनलमा यात्रा बनाएका हुन । त्यसै गरी समुह बीबाट गण्डकी आवासिय मावि विजेता र एस.ओ.एस उपविजेता हुदै छनौट भएको हो । समुह ईबाट सरस्वती बिद्याआश्रम विजेता र रेन्वो एकेडेमी उपविजेता, र समुह डिबाट पोखरा एकेडेमी विजेता तथा पोखरा लनर्स एकेडेमी उपविजेता हुदै अन्तिम ८ मा स्थान सुरक्षित गरेका हुन ।

त्यसै गरी छात्रतर्फ समुह एबाट सत्य साई बिद्याआश्रम विजेता र पि.के.जी उपविजेता हुदै अन्तिम १६ मा स्थान बनाएका हुन । त्यसै गरी समुह बीबाट माउन्ट अन्नपुर्ण विजेता, लिटिल स्टेप उपविजेता, समुह सीबाट सोसल पव्लिक विजेता र अक्सपोर्ड उपविजेता, समुह डीबाट कास्की मोडनाईज विजेता र वालप्रभात उपविजेता, समुह ईबाट चिल्ड्रेन्स एकेडमेमी विजेता र अन्नपुर्ण मावि अर्मला उपविजेता, समुह एफ.बाट सरस्वती आदर्श बिद्याआश्रम विजेता र रेन्वो एकेडेमी बी उपविजेता हुदै छनौट भएका हुन । त्यस्तै समुह जीबाट गण्डकी आवासिय मावि विजेता र ज्ञान ज्योति उपविजेता हुदा समुह एच बाट एस.ओ.एस विजेता र रत्न ज्योति उपविजेता भएको हुदै प्रि–क्वाटरफाइृनलमा यात्रा पक्का गरेका हुन ।

काठमाण्डौंको एकता बुक्स डिष्ट्रिब्यूटर्स प्रा.लिले मुख्य प्रायोजन गरेको उक्त प्रतियोगितामा २३ बिद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक क्याप्टेन जग बहादुर गुरुङले बताए ।। प्रतियोगिता अन्र्तगत छात्र तर्फ २२ र छात्रा तर्फ १८ टिमको सहभागिता रहेको बिद्यालय ह्याण्डवल संघ कास्कीका अध्यक्ष श्रीकृष्ण अधिकारीले जनाए । अन्तराष्ट्रिय ओलम्पिक दिवस तथा अन्तराष्ट्रिय ह्याण्डवल दिवसको अवसरमा नेपाल ह्याण्डवल संघको तत्वावधान र कास्की जिल्ला बिद्यालय ह्याण्डवल संघ र कास्की जिल्ला ह्याण्डवल संघको सयुक्त आयोजनामा उक्त प्रतियोगिता संचालन भएको हो।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button