कपिलवस्तुमा बम फेला

पोखरा न्युज –

नेपाली काँग्रेसबाट कपिलवस्तु वाणगङ्गा नगरपालिकाका प्रमुख पदका उम्मेदवार मङ्गलप्रसाद थारुको घर अगाडि आज बम फेला परेको छ ।

बम फेला परेपछि केहिबेर स्थानीय त्रसित भएका थिए । बमलाई नेपाली सेनाको टोलीले निष्क्रय गरेको छ ।

तर्साउने उद्देश्यले बम राखेको हुन सक्ने इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । यसअघि नेपाली काँग्रेसका उम्मेदवारले असार ४ गते मनोनयन दर्ता गर्न जाँदा गजेहडामा भएको बम बिस्फोटनमा परी करिब १२ जना घाइते भएका थिए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button