पोखरा लगायत नेपालकै पर्यटन उद्योग खुद्रा र नाङले पसले जस्तो – विष्टमगर

पोखरा न्युज- 

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पुर्व पर्यटन मन्त्री लोकेन्द्र विष्टमगरले खुद्रा र नाङले पसले जस्तो ढंगले हाल पोखरा लगायत समग्र नेपालको पर्यटन उद्योग संचालन भएकोले नेपालको पर्यटन उद्योग फस्टाउन नसकेको बताएका छन ।

नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनको आइतबार पोखरामा भएको प्रथम प्रदेश नं ४ को भेलामा सम्वोधन गर्दै नेता विष्टमगरले पर्यटन उद्योग डिपार्टमेन्टल स्टोर्स जस्तो हुनु पर्नेमा जोड दिदै हाल नेपालमा भएका पर्यटन उद्योगहरु खुद्रा र नाङले पसले जस्तो भएकोले गर्दा पर्यटन उद्योग फस्टाउन नसकेको दाबी गरेका हुन । उनले भने “ पर्यटन उद्योग भन्ने तर पर्यटकहरुलाई राम्रोसंग सेवा सुविधा दिन नसक्ने, जति लगानी गरेर पनि पर्यटन व्यवसायी हुने, अब साना पर्यटन उद्योगलाई एकै थलोबाट धेरै सेवा सुविधा दिने गरी फराकिलो छाती पारेर मर्जर सिस्टममा पनि लैजानु पर्दछ । ” पार्टीको नाराले मात्र आर्थिक विकास गर्न नसकिने बताएका विष्टमगरले साझा सवालमा सवै राजनीतिक दलहरु एकै ठाँउमा आयर त्यसलाई अघि बढाउनु पर्ने सुझाव दिए ।

पर्यटन व्यवसाय प्रबर्धन  गर्ने उद्धेश्यले आएका ऐन कानुन, विधि विधानलाई कान्वयन गर्न आग्रह गर्दै नेता विष्टमगरले हाल देशमा निर्वाचनको विकल्प नभएको बताउदै देशको हरेक कुरा राजनीतिले असर पार्नेे भएकोले देशमा स्थाई सरकारको आवश्यक भएको जनाए । नेपालको पर्यटन व्यवसायलाई अव व्यवसायमा मात्र सिमित नगरी अव पर्यटन उद्योगको रुपमा विकास गर्नुपर्ने उनले बताए । नेता विष्टमगरले माओवादी केन्द्रको सरकार नेतृ्त्वले देशमा लोडसेडिङ अन्त्य गरेपछि पर्यटन लगायतका सम्पुर्ण क्षेत्रहरुमा सकारात्मक प्रभाव परेको दाबी गरे । माओवादी केन्द्रका सचिवालय सदस्य तथा प्रदेश नं ४ का पर्यटन विभाग ईन्चार्ज यशोदा सुवेदीले व्यवसायिक नितीको अभावले गर्दा अस्थिर राजनीतिकले गर्दा नेपालको पर्यटन सहितको आर्थिक विकास हुन नसकेको दाबी गरिन । माओवादी केन्द्रका कास्की जिल्ला ईन्चार्ज राजकाजी तमु(करण)ले राजनीतिको आडमा फेवाताल माथिको अतिक्रमण वढेको दाबी गरे । उनले भने “ मापदण्ड विपरित हाल फेवाताल वरिपरि घर टहराहरु निमार्ण भमएका छन। ” राष्ट्रिय सम्मेलन आयोजक समितिका नवराज दाहालले समान मुद्धामा अन्य संकगठनका पदाधिकारीहरुसंग समन्वय गरी व्यवसायीक मुद्धामा एक हुनु पर्नेमा जोड दिए ।

राष्ट्रिय पर्यटन प्रबर्धन समितिका पश्चिमाञ्चल संयोजक गोविन्दराज पहारीले पर्यटन व्यवसायीहरु आफ्नो व्यवासायीक हकहितमा पहिला एक हुन आग्रह गर्दैै त्यस पछि पार्टीगत संगठनमा लाग्न आग्रह गरे । पहारीले पर्यटन ब्यबसायीहरु बीचकै अस्वस्थ प्रतिस्पर्धाका कारण पर्यटन ब्यबसाय फस्टाउन नसकेको बताए । पर्यटन ब्यबसायलाई उकास्नको लागी गुणस्तरीय पर्यटक भित्राउन पहल गर्नुपर्ने र पर्यटन ब्यबसायी बीच सहकार्य हुनुपर्नेमा पहारीले जोड दिए । पर्यटन परिषदका पुर्व अध्यक्ष एवं पर्यटन व्यवसायी संघका अध्यक्ष सोम थापाले देशको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रले महत्वपुर्ण योगदान दिएको बताउदै राज्यले पर्यटन क्षेत्रमा न्यून लगानी गरेको गुनासो गरे ।

कार्यक्रममा माओबादी केन्द्र पार्टी पोलिटव्युरो सदस्य तथा पेशागत जिल्ला ईन्चार्ज विष्णुप्रसाद श्रेष्ठ, केन्द्रीय कार्यालय सदस्य गणेश सिँखडा, संगठन विभाग प्रमुख कमल सापकोटा, प्रदेश ईन्चार्ज वोधराज भण्डारी, नेपाल पर्वतारोहण संघका महासचिव ठाकुरराज पाण्डे, प्रेस सेन्टर नेपालका प्रदेश नम्बर ४ का अध्यक्ष त्रिुभवन पौडेल, पर्यटन वोर्डका पुर्व कार्यकारी सदस्य अग्निप्रसाद कँडेल, पर्यटन व्यवासायी रामु गौतम लगायतले देशको आर्थिक विकासमा जलबिद्युत, कृषि र पर्यटनलाई अघि बढाउनु पर्नेमा जोड दिएका थिए । यसैबिच, नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठन प्रदेश नं ४ को अध्यक्षमा ईन्द्रप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

आईतवार पोखरामा सम्पन्न भएको प्रथम प्रादेशिक भेलाले भण्डारीको अध्यक्षतामा ५१ सदस्सिय प्रदेश समिति गठन गरेको हो । समितिका पदाधिकारीहरु कार्यसमितिको वैठकले चयन गर्ने छ । नवनिर्वाचित कार्यसमितिलाई माओवादी केन्द्रका सचिवालय सदस्य यशोदा सुवेदीले वधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button