इदको अवसरमा आज सार्वजनिक बिदा

पोखरा न्युज –

सरकारले इस्लाम समुदायको पर्व ईद ( इद उल–फित्र)को अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल राजपत्र संख्या ५१, खण्ड ६५ भाग ५ मा मिति २०७३ चैत १५ गते प्रकाशित सूचना अनुसार ‘इस्लाम धर्मावलम्वीहरुको पर्व ईद (इद उल–फित्र)का दिन विदा दिने’ भनी उल्लेख भएकोमा सो पर्व यही असार १२ गते सोमबार पर्ने भएकोले आज नेपाल भर सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button