बिर्तामोडमा बम फेला

पोखरा न्युज –

बिर्तामोडको बेग्लाबेग्लै स्थानमा आज बम फेला परेको छ ।

बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च मावि नजिकै सडक छेउ र सुब्बाचोकस्थित मैदानमा सुतुली बम फेला परेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ ।

मतदान केन्द्र रहेको देवी माविको करिब १५० मिटर नजिकै तार निस्किएको अवस्थामा बम फेला परेको हो । बिहान मर्निङवाकमा हिँड्ने मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले सो स्थानको २०० मिटर वरपर खाली गराएर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । दुबै स्थानमा फेला परेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको इप्रका अनारमनीका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जनकारी दिनुभयो ।

निर्वाचन विरोधी समूहले त्रास फैलाउन बम राखेको हुन सक्ने अनुमान प्रहरीको छ । बम फेला परेपछि स्थानीय त्रसित भएका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button