नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८ को प्रकाशन पूर्व अर्ध वार्षीक समिक्षा सम्पन्न

पोखरा न्युज –

नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८ का लागि कास्की जिल्लाबाट संकलित घटनाको प्रकाशनपूर्व अर्धवार्षीक समिक्षा असार १२ गते पोखरामा सम्पन्न भएको छ ।

समिक्षामा इन्सेक जिल्ला प्रतिनिधि संगीता भाटले प्रस्तुत गरेको प्रतिवेदन माथी छलफल गर्दै महिला तथा बालबालिका कार्यलय कास्कीकी प्रमुख लक्ष्मी जिसीले इन्सेकले प्रकाशन गर्ने बर्षपुस्तक एउटा दस्ताबेजको रूपमा रहने हुँदा घटनाहरू प्रकाशन गर्दा सतहमा रहेर नभई अनुसन्धान गरी प्रकाशन गर्नुपर्ने सुझाव दिइन् । जिसीले अबको दिनमा श्रमिक बालबालिका र सडक बालबालिकाको अवस्थालाई पनि चित्रण गर्न आवश्यक रहेको बताइन् ।

केन्द्रीय बालकल्याणका श्रोत ब्यक्ति बद्री वाग्लेले मानवअधिकारमा पनि बालबालिकाको बिषय अझै संवेदनशिल रहेको हुँदा बालबालिकाको हितको लागी सबै सरोकारवाला निकाय लाग्नुपर्ने बताए । त्यस्तै घरेलु हिंसा अन्र्तगत कानुन भएपनि ब्यवहारिक रूपमा मिलापत्र गर्दा घरपरिवारमा फाटो आउने समस्यामा कमी आएको बताउँदै गम्भिर प्रकारको मानवअधिकार उल्लंघनको विषयलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको जिल्ला प्रहरी कार्यलय कास्कीका असई टंक पौडेलले प्रष्ट पारे ।

स्थानीय शन्ति समितिका सचिवालय सदस्य खगराज आचार्यले मानवअधिकार उल्लंघन र ज्यादतिका घटना अनुसन्धानको बिषय भएकाले अझै बिषयवस्तुको गहिराईमा गएर वर्ष पुस्तक प्रकाशन गर्नुपर्ने बताए ।

नेपाल बार एसोसियसन कास्कीका अध्यक्ष सोम श्रेष्ठले इन्सेकले घटनामा आफैले समेत बेग्लै अध्ययन गरेर घटना बाहिर ल्याउँदा पुस्तक अझ गहकिलो हुने बताए । ल्याकका संयोजक शोभा पौडेल पराजुलीले आरोपितलाई राजनितिक संरक्षण भएकै कारण दोषी उम्कीनु र दण्डहीनता मौलाउनुको मुख्य कारण रहेको बताइन् ।

त्यस्तै महिला मानवअधिकार रक्षक संञ्जाल कास्कीकी अध्यक्ष जानकी शर्माले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तकले गरेको लिपीबद्धता कै कारण समाजमा घट्ने घटनामा कमी महशुस हुन थालेको बताइन् । केन्द्रीय बाल कल्याण समिति सदस्य डाक्टर राजेन्द्र गौतमले मानबअधिकार बर्ष पुस्तकलाई लिएर अनुसन्धान गर्न सहज भएको बताए ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदम पहारीले मानव अधिकार उल्लंघनका घटनालाई न्युनिकरण गर्न सतह बाट जनचेतना फैलाउनको लागी सरकारी नीति लागु हुनुपर्ने बताए । दण्डहीनताको अन्त्य गरी कानुनी राज्यको ब्यवस्था गर्न इन्सेकको दस्ताबेजले महत्वपुर्ण भुमिका खेलेको शान्तिका लागी नागरिक समाजका पुर्व संयोजक बिष्णु बरालले बताए ।

यो पुस्तकले समाजको अवस्था चित्रण गरेकोले आगामी दिनमा निरन्तरता हुनुपर्ने मानवअधिकार संरक्षण मञ्च कास्कीका अध्यक्ष कमल अर्यालले बताए । थ्री एन्जल्स कास्कीकी शारदा पौडेलका अनुसार जस्तोसुकै घटनामा कानुनी कारवाहीको प्रक्रियामा महिला र पुरूषलाई भिन्नता गरिएकोमा दुख व्यक्त गर्दै सोच र मानसिकतामा परिवर्तन नभएसम्म पिडितले न्यायको अनुभुति गर्न नसक्ने बताइन् ।

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलका पोखराका संयोजक शिव खकुरेलले सबै सुझावलाई समेटेर वर्ष पुस्तक प्रकाशन गर्ने प्रष्ट पार्दै इन्सेक सचेतनाको अभिबृद्धि, दण्डहिनता अन्त्यकोे लागी र कानुनको कार्यन्वयनको पक्षमा इन्सेक सदैब लाग्ने प्रतिबद्धता जनाए ।

इन्सेक पश्चिमाञ्चल पोखराका कार्यक्रम संयोजक सवनम शर्माले सञ्चालन गरेको कार्यक्रममा प्रलेख अधिकृत सुमित्रा भट्टराईले स्वागत मन्तब्य राखेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button