दमकमा दुई ठाउँमा बम फेला

 

पोखरा न्युज –

नेकपा (माओवादी केन्द्र)को तर्फबाट दमक नगरपालिकाका लागि प्रमुख पदमा उम्मेदवार बन्नुभएका रेवतराज पुरी ‘गगन’को घर नजिकै र अर्को एक ठाउँमा पनि बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ ।

दमक नगरपालिका–६ स्थित गगनको घर नजिकै र वडा नं २ स्थित हिमालय माविको सडकमा आज विहान बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

पुरीको घरदेखि २० मिटर उत्तरमा फेला परेको उक्त शङ्कास्पद वस्तु निष्क्रीय गर्न चुलाचुलीस्थित बाहिनी अड्डाबाट नेपाली सेनाको बम डिस्पोजल टोली आएको र जमीनमा खाल्डो खनी निष्क्रिय पारिएको प्रहरी नायब उपरीक्षक लिम्बूले बताउनुभयो । दमक पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर पनि हो । झापामा पछिल्लो दुई दिनमा मतदाता तर्साउन शङ्कास्पद वस्तु राख्ने क्रम बढ्दै गएको छ ।

यसअघि हिजो मात्रै पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडसहित झापाका पाँच स्थानमा शङ्कास्पद वस्तु फेला परेको थियो । त्यसमध्ये बिर्तामोडको दुई स्थानमा बम नै भएको प्रहरीले जनाएको छ ।

बम कस्ले र किन राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button