पोेखरेली सोल्टीनी सार्वजनिक – हेर्नुहोस् भिडियो

[mom_video type=”youtube” id=”2s-UOelpyTU”]

पोखरा न्युज –

गायिका माया पुनको नयाँ गित पोखरेली सोल्टीनी मंगलबार एक कार्यक्रमका बिच पोखरामा सार्वजनिक गरीएको छ । गित तथा म्युजिक भिडियो एक साथ सार्वजनिक गरीएको हो ।

सार्वजनिक समारोहमा बोल्दै गायक कर्णदासले अबको संगित कस्तो हुने भन्ने बिषयको निर्धारण संगितमा लागेका युवा पुस्ताले गर्ने बताए । नेपाली संगितलाई अझै सबल बनाउन आवश्यक रहेको बताउदै उनले संगितलाई परीस्कृत गर्दै लैजानुपर्ने बताए ।

कार्यक्रममा गायक रामभक्त जोजीजुले संगितको शैली परीवर्तन हुदै गएको बताउदै संगितमा आएका नयाँ पुस्ताले नयाँ सम्भावना देखाउदै गएको बताए । उनले सार्वजनिक गरीएको माया पुनको गित युवापुस्तामाझ लोकप्रिय हुने बिश्वास समेत ब्यक्त गरे ।

त्यस्तै अर्का गायक बिनोद बानियाले संगितमा आध्ययनको आवश्यकतालाई औल्याए । गायिका माया पुनको आवाजमा फरकपन भएकोले उनमा प्रशस्त सम्भावना रहेको बानियाको भनाई थियो । गायिका माया पुनले सबैको साथ र सहयोगले नै निरन्तर संगितकर्म गर्न उत्प्रेरणा मिलको बताइन ।

सार्वजनिक गरीएका गितमा शब्द तथा संगित बसन्त सापकोटाको रहेको छ भने संगित संयोजन सुदीप सागरले गरेका हुन । फलानो क्रियशनले तयार पारेको म्युजिक भिडियोको सम्पादन तथा निर्देशन अपिल त्रिपाठीले गरेका हुन । भिडियोमा सरोज अधिकारीको छायङ्कन, प्रविण श्रेष्ठका रंग संयोजन तथा रोहन नेपालीको कोरीयोग्राफी रहेको छ । म्युजिक भिडियोमा सुभेच्छा तामाङ, अनिल अधिकारी, अभि सुनार र आर्यन गुरुङले अभिनय गरेका छन । गित मंगलबारनै भिडियो साझेदार साइड युबट्युवमा समेत सार्वजनिक गरीएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button