ठुलाखेतको डुढे फाँटमा रोपाई महोत्सव हुने

पोखरा न्युज –

पोखरा धानबाली पकेट क्षेत्र संचालक समिति ठुलाखेतले असार १५ को अवसरमा डुढे फाँटमा असारे रोपाई महोत्सव गर्ने भएको छ । मौलिक परम्परा अनुसार नेपालीहरु अधिकांश कृषि पेशामा रहेकाले यसलाई निरन्तरता दिन रोपाई महोत्सव आयोजना गर्न लागिएको धानबाली पकेट क्षेत्र संचालक समितिका ठुलाखेतका संयोजक कलाधर भण्डारीले जानकारी दिए ।

रोपाई महोत्सवमा पञ्चे बाजा, असारे भाखाको गित प्रस्तुत गर्ने, रोपाइ गर्ने, आधुनीक रोपाइ बारे जानकारी दिने लगाएतका कार्यक्रमहरु संचालन हुने उनले बताए । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २३ को डुढे फाँट हुने रोपाई महोत्सवमा सबैलाई सहभागीताका लागि उनले अनुरोध समेत गरे । हिलोमा खाउ, हिलोमा रमाउ, यस वर्षको रोपाइ महोत्सव गर्न डुढे फाटँ जाउँ भने रानाका साथ हुने लागेको महोत्सव भण्डारीकै ६ रोपनी खेतमा हुनेछ ।

जिल्ला कृषी विकास कार्यालयले त्यस क्षेत्रलाई झिनुवा धानको उत्पादनका लागि पकेट क्षेत्रका रुपमा विकास गर्न लागेको छ । दुई सय रोपनी भन्दा बढि क्षेत्रमा झिनुवा धान रोपेर त्यसलाई पकेट क्षेत्रको रुपमा विकास गर्न लागेको धानबाली पकेट क्षेत्र संचालक समितिका ठुलाखेतका केशब सुबेदीले जानकारी दिए । हर्पन र खहेर खोलाको चिसो पानीका कारण त्यस क्षेत्रको झिनुवा धान अन्यत्रको भन्दा गुणस्तरीय हुने उनले बताए । उनले चिसो पानीमा लगाएको झिनुवा धानबाट धेरै बसाउने र खादा स्वादीलो हुने बताए । रोपाई महोत्सव हुने ठाउँ पोखराको हल्लनचोक देखि १२ किलोमिटरमा पर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button