पोखरा

पोखरामा बिर्सने रोग विषयक सचेतना

पोखरा न्युज –

ज्येष्ठ नागरिक जिल्ला सङ्घ, कास्कीको आयोजना तथा पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा बिर्सने रोग (डिमेन्सिया तथा अल्जाइमर) विषयक एक दिवसीय सचेतना कार्यक्रम बुधबार यहाँ सम्पन्न भएको छ ।

बजारमा बढ्दो मिसावटयुक्त खाद्यान्न, जङ्क फुड आदिको प्रयोग भइरहेको र बिर्सनेजस्ता रोग बढिरहेको बताउँदै कार्यक्रमका वक्ताले यसको न्यूनीकरण आवश्यक भएकोमा कार्यक्रममा जोड दिइयो । नेपालमा अहिले डिमेन्सिया ९धेरै मानिसमा लाग्न सक्ने सामान्य बिर्सने रोग०का बिरामी बढ्दै गएको र त्यसमध्ये ८० प्रतिशतलाई अल्जाइमर (अत्यधिक बिर्सने रोग) लाग्ने गरेको कार्यक्रमका स्रोतव्यक्ति तथा वरिष्ठ फिजिसियन डा अमृत घिमिरेले बताउनुभयो ।

उहाँले अल्जाइमर सञ्चोे हुन नसक्ने खतरनाक गैरसरुवा रोग भएको दाबी गर्दै यो रोगले धनी, गरिब या सर्वसम्पन्न केही नभन्ने बताउँदै रोग लाग्न नै नदिने वातावरण तयार हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ प्रदेश नं ४ का संयोजक तथा केन्द्रीय समिति सदस्य कुसुम केशव पराजुलीले डिमेन्सिया तथा अल्जाइमरजस्ता समस्याको निदानका लागि स्थानीय सरकारले चासो देखाएमा त्यही अनुरुपको वातावरण, आवश्यक तालिम तथा गोष्ठी आदिको संयोजनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग सहयोग जुटाउन सकिने बताउनुभयो । पोखरा पर्यटकीयस्थल भएकाले यहाँ अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य पर्यटनको विकास गर्न सकिनेमा उहाँको जोड थियो ।

ज्येष्ठ नागरिक जिल्ला सङ्घ कास्कीका उपाध्यक्ष दुर्गा तिमिल्सिनाले अहिले बजारको फास्टफुड, मिसावट भएका अन्न वा खाद्यपदार्थले मानिसलाई विस्मृति रोग बढाउने गरेको बताउँदै त्यस्ता मिसावटयुक्त र जङ्क फुड सेवनलाई निरुत्साहित गर्नु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रमका सहसंयोजक तथा ज्येष्ठ नागरिक जिल्ला सङ्घका कार्यवाहक सचिव केशवराज लम्सालले डिमेन्सिया तथा अल्जाइमर जस्ता रोगको निदान राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक सरोकार समाजका अध्यक्ष भक्तराज श्रेष्ठ, स्पर्श आयुर्वेद अस्पतालका डा सुशिला पुन, पोखरा वृद्धाश्रमका अध्यक्ष टीकाबहादुर भण्डारी, जनप्रतिनिधि सागर प्रधान लगायतले डिमिन्सिया र अल्जाइमर रोगले चापेपछि घरपरिवारमा झैझगडा, असमझदारी जस्ता सामाजिक समस्या बढ्ने भएकाले यसबारे सचेतना फैलाउन सकेमा रोग लाग्नभन्दा पहिले जोगिने वातावरण तयार हुने बताउनुभयो ।

कार्यक्रममा सहभागीले ज्येष्ठ नागरिकका स्वास्थ्य सम्बन्धमा राज्यले क्षेत्रीय अस्पतालमा दश शय्याको जेरियाट्रिक वार्ड सञ्चालन गरेर मात्रै नपुग्ने बताउँदै कम्तीमा एउटा प्रदेशमा एउटा जेरियाट्रिक केन्द्र राज्यले खोल्नुपर्ने र त्यसका लागि दक्ष मानव स्रोत उत्पादनमा आजैदेखि लाग्नुपर्ने आवश्यकता औँल्याएका थिए । रासस

यहाँ कमेन्ट गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

पोखरा न्युज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ । दर्ता नम्बर - ४३६ / २०७३-०७४

हाम्रो बारे

Founder/Editor – Ganesh Baral (DMB)

Sub-editor – Narayan Shahi

SR Reporter – Keshav Pathak, Dinnath Baral

Writer/Reporter – Surya Poudel, Sujan Shirpali, Meena Poudel

सम्पर्क

Greater Pokhara Pvt.Ltd

Lakeside-06 Pokhara, Nepal

Email-pokharanews@gmail.com, adv@pokharanews.com

Phone -061464979, 9856026721

To Top