कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्नाका लागि रोपाइँ महोत्सव

पोखरा न्युज –

कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पर्यटकीय नगरी पोखरामा आज रोपाइँ महोत्सव गरिएको छ ।

पोखरा पर्यटन परिषद्द्वारा विगत १३ वर्षयता सञ्चालन गर्दै आएकोे रोपाइँ महोत्सवको १४ औं संस्करण यस वर्ष पोखराको बाटुलेचौरमा गरिएको हो ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ स्थानीय गोविन्दबहादुर खड्काको ठूलीबेसी फाँटस्थित आठ रोपनी क्षेत्रफलको खेतमा गरिएको सो महोत्सवमा स्थानीयवासी, स्वदेशी एवम् विदेशी पर्यटकको उत्साहजनक सहभागीता थियो ।

महोत्सवको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कृषि प्रदान देश नेपालमा कृषि संस्कृतिको जगेर्ना र कृषि पर्यटनको विकासका साथ महोत्सव आयोजना गरिनु आँफैंमा महत्वपूर्ण भएको बताउनुभयो ।

परम्परागत कृषिबाट माथि उठ्दै व्यवसायिक कृषिको विकास गर्नसके कृषिजन्य खाद्यान्नमा परनिर्भरता मुक्त भई आत्मनिर्भर बन्न सकिनेमा उहाँले जोड दिनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले कृषिप्रधान देश नेपालमा कृषि पर्यटनको विकास र कृषि संस्कृतिको जगेर्नाका लागि रोपाइँ महोत्सवलाई निरन्तरता दिएको बताउनुभयो ।

“सहरीकरणको बढ्दो क्रमसँगै कृषिप्रतिको अनिच्छालाई न्युनीकरण गरी कृषि संस्कृतिलाई पर्यटनसँग जोड्नका लागि महोत्सवको आयोजना गरेका हौं,” उहाँले भन्नुभयो, “असार १५ मा रोपाइँ गर्ने, दही चिउरा खाने नेपालीको प्राचीन संस्कृति भएका कारण यसलाई भावी पुस्तामा हस्तान्तरण गर्नु हाम्रो दायित्व पनि हो ।”

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले मानो रोपेर मुरी उब्जाउने समयका रुपमा असारे रोपाइँलाई लिने गरिएको उल्लेख गर्दै पछिल्लो पुस्तामा कृषि प्रतिको बढ्दो अनिच्छालाई हटाई यसतर्फ युवा पुस्तालाई आकर्षण बढाउने उद्देश्यले पनि पोखरामा रोपाइँ महोत्सव सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

“कृषि पेशा हाम्रो मौलिक पेसा हो, भौगोलिक अवस्थासमेतका आधारमा यहाँ कृषिका पर्याप्त सम्भावना छन्,” उहाँले भन्नुभयो, “परम्परागत कृषिबाट माथि उठ्दै यसलाई व्यवसायीकरण गर्ने विषय राज्यको प्राथमिकतामा पर्नु जरुरी छ ।”

महोत्सवका क्रममा आयोजित साउने प्रतियोगिता ९हलगोरुको दौड०, विभिन्न आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, माछा समात्ने, हिले दौड र रस्सा कस्सी जस्ता प्रतियोगितामा सर्वसाधारण तथा स्वदेशी एवम् विदेशी पर्यटक उत्साहजनकरुपमा सहभागी भएका थिए ।

रोपाइँ महोत्सवमा पछिल्ला वर्षमा स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकको पनि उत्साहजन सहभागी हुँदै गएको महोत्सवका संयोेजक नवराज अधिकारीले बताउनुभयो ।

रोपाइँ महोत्सव पोखराको मौलिक पहिचान बनिसकेको बताउँदै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष दील गौतमले यही महोत्सव नै भनेर विदेशी पर्यटक आउन थाल्नु महोत्सव निरन्तरताको उपलब्धि भएको धारणा व्यक्त गर्नुभयो ।

राज्यले पनि केही वर्षयता असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा लिने गरेका अवस्थामा पछिल्लो पुस्तालाई नेपालको प्राचीन कृषि प्रणाली र यसको महत्व सम्बन्धमा जानकारी गराउन रोपाइँ महोत्सव उपलब्धिमूलक बन्ने गरेको पनि उहाँले बताउनुभयो ।

महोत्सवमा सहभागी जर्मनीका पर्यटक बारबारा विङ्सले आँफूलाई रोपाइँ महोत्सव निकै रमाइलो लागेको बताउनुभयो ।

संयुक्त राज्य अमेरिकाकी पर्यटक मालिया डुर्वानोले हिलो छ्यापेर रमाइलो गरिने रोपाइँ महोत्सवलाई आँफूले यहाँको विशेष संस्कृतिका रुपमा लिएको टिप्पणी गर्नुभयो ।

सन् १९६० मा खाद्यान्न निर्यातमा चर्चा कमाएको कृषिप्रधान देश नेपाल खाद्यान्न आयात गर्ने अवस्थामा पुग्नु चिन्ताको विषय बनेको छ ।

भूउपयोगसम्बन्धी उपयुक्त नीति र योजना समयमा नै नआउँदा कृषियोग्य भूमि विभिन्न नाममा अस्तव्यस्त पारिएका छन् ।

पोखरा र आसपासका विरुवा फाँट, कुँडहर फाँट, हेम्जा फाँट, सेती बगर, लेखनाथका पटनेरी, खुदी, बेगनास, सिसुवा लगायतका स्थानका धान खेतीयोग्य जमिन दिनानुदिन घडेरी बन्दै जानु यतिखेर गम्भीर चिन्ताको विषय बनेको स्थानीयवासी बताउँछन् । ९तस्विर पनि उपलब्ध छ० रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button