पोखरामा सकारात्मक सोंच सम्बन्धी तालिम सम्पन्न

पोखरा न्युज –

महिला सचेतना समाजको आयोजना तथा पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा लेखनाथमा सञ्चालित चार दिवसीय ‘सकारात्मक सोंच’ सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । साविक लेखनाथ नगरपालिका अर्थात हालको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २६ देखी वडा नम्बर ३३ सम्मका नवनिर्वाचित जनप्रतिनीधिहरुका लागि यहि असार १३ गतेदेखी शुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।

८ वडाका वडाध्यक्ष तथा वडा सदस्यहरु सहभागी तालिममा रेडियो गण्डकीका स्टेसन म्यानेजर घनश्याम पाण्डे र रेडियो अन्नपूर्णका बरिष्ठ प्रस्तोता सन्देश श्रेष्ठले सकारात्मक सोंच सम्बन्धी सहजीकरण गर्नुभएको थियो भने बरिष्ठ मनोवैज्ञानिक डा.सुशील कँडेलले मनोविज्ञान सम्बन्धी सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै बरिष्ठ मनोवैज्ञानिक डा.सुशील कँडेलले अरुलाई सकारात्मक बनाउन पहिले आफू सकारात्मक हुनुपर्ने आवश्यक्ता औंल्याउँदै आफूले ऐनामा आफूलाई हेरेर समाजको मूल्यांकन गर्दै सकारात्मक सोंच राखेर काम गर्न जनप्रतिनीधिहरुलाई सुझाव दिनुभयो ।

समाजकी अध्यक्ष लक्ष्मी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक घनशयाम पाण्डे, प्रशिक्षार्थीको तर्फबाट वडा सदस्यहरु खड्कबहादुर रानाभाट, रमा नेपाली, स्थानिय त्रिभूवन शान्ति माविका सहायक प्रधानाध्यापक लोकराज ढकाल, समाजकी सचिव मिना सुवेदी लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button