सहिद कोपिलाको १३ औं स्मृति दिवसमा स्मृति सभा आयोजना

पोखरा न्युज –

सहिद कोपिला रानाभाटको १३ औं स्मृति दिवस आज पोखरामा स्मृति सभा गरेर मनाइएको छ । अखिल नेपाल औद्योगिक मजदुर संघ, पोखरा फुड्स एकाई समितिको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले सहिद रानाभाटको तस्वीरमा माल्यार्पण तथा पुष्पार्पण गरेका थिए ।

स्मृति सभामा बोल्दै अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष रुद्र गौतमले मजदुरको हक, हित र अधिकारका लागि लड्ने रानाभाटले देखाएको बाटोमै आफूहरु हिंडिरहेको बताउनुभयो ।

अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष भोजराज खत्रीले अन्यायमा परेका मजदुरको पक्षमा बोल्ने रानाभाटको हत्या पछि शोकलाई शक्तिमा बदल्दै हिंड्नुपरेको बताउनुभयो ।

अखिल नेपाल औद्योगिक मजदुर संघ, पोखार फुड्स एकाईका अध्यक्ष मोहनबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा एकाईका उपाध्यक्ष लोकबहादुर भुजेलले स्वर्गिय रानाभाटको जीवनबारे प्रकाश पारेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button