महानगरपालिकाको काम कारबाही सुधार उन्मुख हुदै – मेयर जिसी

पोखरा न्युज –

पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले महानगरको करिब एक महिनामा भएको काम कारवाही सुधार उन्मुख भएको बताएका छन । निर्वाचत पश्चात मेयरको पदभार सम्हालेको केहि दीनमा सेवाग्राहिहरुलाई अनुभव हुने गरी सेवा दिने वचन दिएका मेयर जिसीले पदभार सम्हालेको २९ दिनसम्म आउदा आफुहरुले सोचे जति प्रगती नभए पनि सुधार उन्नमुख भएको बताएका हुन ।

सेवाग्राहिहरुलाई हुने काममा महानगरपालिकाले हुन्छ भन्ने र नहुने कामलाई हुन्न भन्ने संस्कारको विकास गर्दै अब सेवाग्राहिहरुलाई नझुलाउने लक्ष्य रहेको मेयर जिसिले सुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन। आफ्ना कर्मचारीलाई निर्देशन दिदै उनले भने “ सेकेन्डमा सुन्नोस, मिनेटमा काम गर्नुस र घण्टामा सेवाग्रहीलाई कार्यालयबाट पठाउने ढंगले काम गर्नु होस । ” सेवा प्रवाहलाई प्रभावकारी बनाउन टोकन सिस्टमको विकास गरेको बताउदै मेयर जिसीले कर्मचारीले दिएको मितिमा पनि आउदा काम नभए त्यसमा आफुहरु जिम्मेवार वहन गर्ने बताए । ” महानगरको काम, कारवाहीलाई चुस्त, दुरुस्त बनाउने प्रयास थालिएको बताउदै जिसिले एउटा कामको लागि अब एक पटक मात्र महानगरको कार्यालय आउने संयन्य श्रावणदेखि निर्माण गर्ने तयारीमा रहेको उनले जनाए । एउटा योजनाको काम सम्पन्न गरेर रकम लैजान १० ठाउँमा जानुपर्ने वाध्यता रहेको बताउदै मेयर जिसीले वडालाई व्यवस्थित गरेर, काम सम्पन्न भएपछि अन्तिममा पैसाका लागि चेक लिन मात्र महानगरपालिकाको कार्यालय आउने वातावरण तयार गर्न लागिएको उनले जनाए ।

जिसीले जनप्रतिनिधि आइसकेपछि पाँच वटा विषयमा अनलाइन सेवा सुरु गरेको पनि जानकारी दिए । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइ सराइलाई अनलाइनमार्फत् सेवा दिन सुरु गरेपनि केही वडामा अझै अप्टिकल फाइबर नहुँदा समस्या भएको उनले बतामए । सबै वडामा अप्टिकल फाइबर पु¥याउन दुर संचार कार्यालयलाई आग्रह गरीएको मेयर जिसीले बताए । आगामी साउन १ गतेदेखि पोखराका केही निश्चित ठाउँलाई ‘हर्न निषेधित’ क्षेत्र बनाइने बताए । दीर्घकालीन रुपमा महानगरपालिकालाई ध्वनी प्रदूषणबाट मुक्त गर्ने योजना अनुरुप ट्राफिक कार्यालयले निर्धारण गरेका क्षेत्रमा हर्न निषेध गर्न लागिएको उनले जानकारी दिए । उनले केही क्षेत्रमा श्रावणदेखि सुरु गरेर महानगरपालिका भरी नै हर्नलार्ई निषेध गर्ने योजना रहेको उनले बताए । महानगरलाई कुरुप बनाउने सडकमा रहेका विद्युत, टेलिफोन र विभिन्न केबल कम्पनीका तारलाई क्रमिक रुपमा व्यवस्थित गरिने मेयर जिसीले दाबी गरे ।

जिसीले राजमार्गबाहेक महानगरभित्रको २७ किलोमिटर पक्की सडक यही असार महिनाभित्र मर्मत गरिने जानकराी दिए । सहरका विभिन्न चोकमा रहेका आइल्यान्डलाईको आकार घटाउने बताउदै पृथ्बीचोकमा रहेको पाँच फिटको बनाएर सडकलाई फराकिलो बनाइने जनाए । छाडा चौपायालाई कास्कीमै व्यबस्थापन गर्ने योजना रहेको उनले जनाए । स्थानीय तहलाई दिएको अधिकार भित्र रहेर भौतिक संरचना तयार पार्ने र महानगरलाई स्मार्ट सिटी बनाउने अभियानमा पूर्वाधार निर्माण गर्दै जाने आफुहरुको लक्ष्य रहेको मेयर जिसीले बताए । उनले भने “ महानगरलाई कस्तो बनाउने भन्ने बिषयमा विभिन्न चरणमा विभन्नि क्षेत्रका पदाधिकारीसंगको छलफल र परामर्शबाट तत्काल, अल्पकालिन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने जनाए । आफु संचारमैत्रि भएको बताउदै उनले पत्रकारको हकहितको लागि आवश्यक सहयोग गर्न महानगर तयार रहेको उनले जनाए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button