रामबजार ट्याक्सी इकाई समितिको एघारौं वार्षिकोत्सव सम्पन्न

पोखरा न्युज –

छैटौं अधिवेशन तथा खुल्ला रक्तदान कार्यक्रम, रामबजार ट्याक्सी इकाईको संयोजकमा थम बहादुर सेन

रामबजार ट्याक्सी इकाई समितिको एघारौं वार्षिकोत्सव, छैटौं अधिवेशन तथा खुल्ला रक्तदान कार्यक्रम सोमवार सम्पन्न भयो ।
अधिवेशनले आगामी कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको संयोजकमा थम बहादुर सेन, सहसंयोजकमा टुक बहादुर सिंजाली, सचिवमा खिम बहादुर गुरुङ्ग, सहसचिवमा हरिप्रसाद बराल, कोषाध्यक्षमा बीरकाजी गुरुङ्ग र सदस्यहरुमा टपकुमार श्रेष्ठ, रामकृष्ण बास्तोला, टक बहादुर गुरुङ्ग, बुद्ध सदाशंकर र लक्ष्मण गुरुङ रहेका छन् ।

प्रमुख अतिथि ट्याक्सी व्यवसाय समिति पोखराका अध्यक्ष प्रकाशमणि तिवारीले प्रथम रक्तदाता इकाई समितिका सदस्य बाबुराम कुँवरलाई ब्लड ब्याग दिई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा रक्त संचार केन्द्रका प्राविधिक महेन्द्र केसीसहितको टोलीले प्राविधिक सहयोग गर्नुभएको थियो भने रक्तदान कार्यक्रमबाट २७ युनिट रगत संकलन भएको थियो ।

उक्त अवसरमा इकाई समितिका पूर्व संयोजक विकास राना, रोजगार चालक पुननारायण परियार, स्वरोजगार चालक हरिप्रसाद बरालका साथै एसइइ परीक्षा उत्तीर्ण स्वरोजगार चालकका छोराछोरीहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा पोलेमनपा १५ का वडाध्यक्ष प्रकाश पौडेल, नेपाल यातायात स्वतन्त्र मजदुर संघ कास्कीका जिल्ला अध्यक्ष विष्णु खत्री, नेपाल यातायात ट्रेड युनियन काँग्रेसका सचिव अर्जुन खनाल, ट्याक्सी व्यवसाय समितिका बरिष्ठ उपाध्यक्ष शोभाकान्त पौडेल, मनोनियत सदस्य अर्जुन पौडेल, सम्मानित व्यक्तित्व टोप बहादुर थापा, डिल्लीराम विश्वकर्मा, राजु परियार, बरिष्ठ समाजसेवी ऋषि काफ्ले, बुद्धचोक ट्याक्सी इकाई समितिका संयोजक ज्ञानेन्द्र पौडेल, ट्याक्सी व्यवसायी समिति सचिव तुलसी दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समितिका संयोजक सुरेश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत इकाई समितिका सहसंयोजक टुक बहादुर सिंजाली मगर र कार्यक्रमको संचालन इकाई समितिका निवर्तमान संयोजक तथा बरिष्ठ सल्लाहकार थम बहादुर सेनले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button