गीतकार शिवाकोटीले ल्याए ‘कुलकुल’ (हेर्नुहोस् म्युजिक भिडियो)

[mom_video type=”youtube” id=”k_4NkV2RykI”]

पोखरा न्युज –

गीतकार गोविन्दराज शिवाकाटी आफ्नो नयाँ ‘कुलकुल’ गीति एल्बम तथा म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् ।

उनको एल्बम तथा म्युजिक भिडियो वरिष्ठ गीतकार रत्न शमशेर थापा, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी र गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाको संयुक्त रुपमा बिमोचन गरे। गीतकारसमेत रहेका कृष्ण भट्टराइको एकल स्वर रहेको एल्बममा ‘आज फेरि..’ र ‘तिमीलाई नदेख्दा…’ बोलका गीत समेटिएका छन् । ती गीतमा गीतहरुको सगीत वरिष्ठ संगीतकार शंकर थापा, धनु ग्याङमी र अर्जुन पोखरेलले सगीत दिएका छन् । यस्तै कुलकुल बोलको म्युजिक भिडियोमा नायिका बर्षा राउत र विनोद न्यौपानेले अभिनय गरेका छन् । कुलकुल म्युजिक भिडियोले दर्शकलाई नचाउने छ । सरकारी सेवामा रहेका शिवाकोटी कविता, गीत, गजल र मुक्तक लेखनमा सक्रिय छन् ।

एल्बम र म्युजिक भिडियो डस म्युजिकले बजारमा ल्याएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button