गाई काटेको अभियोगमा पोखरामा दुईजना पक्राउ

पोखरा न्युज –

गाई काटेको अभियोगमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

जङ्गलमा गाई काटेको सुराकीका आधारमा सो स्थानमा पुगेको प्रहरी टोलीले गाईको टाउको, खुट्टा र आलो मासुसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वबन्धु पोख्रेलले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button