जिल्ला ट्राफिक कार्यालय कास्कीले कारबाहीबाट ३ करोड ४९ लाख राजश्व संकलन

पोखरा न्युज-

जिल्ला ट्राफिक कार्यालय कास्कीले आर्थिक वर्ष २०७३-४-१ देखि २०७४-०३-३१ सम्मको एक वर्षको अवधिमा सवारी नियम उल्लंघन गरी सवारी साधन चलाउने साधनलाई कारबाही गरी रु तीन करोड ४९ लाख ४९ हजार ५०० राजश्व संकलन गरेको छ ।

सो अवधिमा ५० हजार ५९९ सवारी साधन कारबाहीमा परेका थिए । सो अवधिमा भएका ९९ वटा सवारी दुर्घटनामा ५८ जना मानिसको मृत्यु भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालकको लापरबाही, तीव्रगतिमा सवारी चलाउनु, मादक पदार्थ सेवन र चौपायको कारणले बढी दुर्घटना भएका थिए । दुर्घटना गराउनेमा ट्रक ट््यांकर २०, बस १२, कार-जिप २१, ट्र्याक्टर ६, मोटरसाइकल ७१ र अन्य ४ छन् ।

सवारी साधनको स्वरुपपरिवर्तन गर्ने ४१९, प्रेसर हर्न गरी सवारी चलाउने २१० र मादक पदार्थ सेवन गरी सवारी चलाउने १,६०६ सवारी साधन पनि कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button