बेनी – जोमसोम सडक खण्डमा रातीमा सवारी बन्द गरिने

पोखरा न्युज –

दुर्घटनालाई मध्येनजर गर्दै बेनी जोमसोम सडक खण्डमा राती सवारी अवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशाासन कार्यालय म्याग्दी र जिल्ला ट्राफिक कार्यालय म्याग्दीले उक्त सडक खण्डमा राती दुरबै तर्फको सवारी अवागमन बन्द गराउने निर्णय गरेको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज शिव प्रसाद पाठकले जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज पाठकका अनुसार उक्त सडक खण्डमा वर्षात हुने बित्तिकै पहिरो खस्ने दुर्घटनाको अत्यन्तै जोखिम भएकोले २०७४ भदौ १५ सम्मका लागि सवारी साधन रोक्ने निर्णय गरिएको वताए । ‘निकै साँघुरो र कच्चि सडक भएकाले जोखिम न्युनिकरण गर्न’ यो कदम चालिएको उनले वताए ।

म्याग्दी सदरमुकाम बेनी देखि चल्ने यातायातका साधनहरु साँझ ५:३० बजे देखि विहान ५ बजे सम्म र भुरुङ्ग तातो पानी देखि बेनी सम्म साँझ ६ बजे देखि बिहान ५ बजे सम्म दुर्व तर्फ सवारी ठप्प हुनेछन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button