तनहूँमा महिलाको हत्या

पोखरा न्युज –

तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ डुम्रीस्वाँरा निवासी ५४ वर्षीया डोलमाया रानाभाटको हत्या भएको छ ।

सोही ठाउँका २८ वर्षीय भीमबहादुर रानाभाटले ती महिलाको हत्या गरेको तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।

असार ३१ गते डोलमायाको हत्या गरिएको जानकारी उहाँले दिनुभयो । घरका सबै परिवार विवाहमा गएको मौका पारी घर नजिकैको गोठमा गएका बेला डोलमायाको ती युवकले हत्या गरेका हुन् ।

हात र लात्तले हानेर ती महिलाको हत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । स्थानीय र प्रहरीको टोलीले तत्कालै ती युवकलाई नियन्त्रणमा लिए पनि सदरमुकाम दमौली ल्याउन ढिलो भएकाले घटना दुई दिनपछि सार्वजनिक भएको हो ।

युवकविरुद्ध सोमबार कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीको मुद्दा शाखाले जनाएको छ ।

शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताउनुभयो । ती महिलाको हत्या किन गरियो भन्नेबारेमा भने केही खुल्न सकेको छैन । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button