सिधा बस सेवा सञ्चालन

पोखरा न्युज –

आजदेखि गोदावरी नगरपालिका, चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म सिधा बस सेवा सञ्चालन भएको छ ।

सो अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जनताको सुविधाका लागि बस सेवा सञ्चालन गरेको बताउँदै बस सेवाले नगरवासीलाई सहज बनाएको छ भन्नुभयो ।

उहाँले नगरवासीले पाउने सुविधामा कुनै सम्झौता हुन सक्दैन भन्दै गोदावरी नगरपालिकाभित्र चक्रपथ निर्माणको लक्ष्य रहेको जानकारी दिनुभयो ।

सर्वसाधारणलाई थप सेवा पु¥याउने उद्देश्यले साझा यातायातसँग नगरपालिकाले रु १० लाखको शेयर लिने योजना रहेको पनि प्रमुख महर्जनले बताउनुभयो ।

बज्रवाराही यातायात सेवा प्रालिद्वारा सञ्चालित उक्त बस सेवा नियमित र दु्रत गतिमा हुने प्रालिका अध्यक्ष मनोजकुमार महर्जनले बताउनुभयो ।

सर्वसाधारणलाई ध्यानमा राख्दै पाँचवटा बसबाट सेवा सञ्चालन गरेको जानकारी दिदैं उहाँले आगामी एक वर्षभित्र २५ वटा बस थप्ने योजना रहेको बताउनुभयो ।

बसभित्र सिसी टिभी र टिभीको सुविधासमेत रहेको अध्यक्ष महर्जनले भन्नुभयो – “प्रतियात्रु भाडा रु २५ लाग्ने छ ।” रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button