पोखरामा किरण खड्का स्मृति सेभेन–ए साईड फुटबल प्रतियोगिता हुने

पोखरा न्युज –

पोखरामा आउदो भदौं महिनाको तेश्रो सातामा प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगिता २०७४ हुने भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका १२ स्थित शितल ज्योति युवा क्लवको आयोजनामा क्लवका बरिष्ठ सदस्य किरण खड्काको स्मृतिमा भदौं १७ देखि २४ गतेसम्म पोखराको अम्मरसिंहचोक स्थित अमरसिंह माविको खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

समाज निमार्णमा आजका युवा र खेलकुद भन्ने मुल नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा करिब ४० टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष सन्तोस गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा विजेता टिमले एक लाख २५ हजार, उपविजेताले ७५ हजार साथमा ट्रफी मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई जनहि ५ हजार साथमा प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यसै गरी उत्कृष्ट प्रशिक्षक, अनुसासित टीमलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिने भएको छ भने क्वाटरफाईनल खेलबाट म्यान अफ दी म्याच ट्रफी प्रदान गरिने भएको छ ।

खेलकुदको माध्यमबाट युवाहरुलाई विकृति र विसङगतिबाट नियन्त्रण गर्न पनि आफुहरुले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक नर प्रसाद गुरुङले बताए । पुर्व खेलाडी तथा प्रशिक्षक हरि खड्काका छोरा किरण खड्का परिवारजनले क्लवमा करिब ५ भन्दा बढीको अक्षयकोष स्थापना गर्ने भएको सचिव पुर्ण बहादुर गुरुङले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख लाग्ने भएको छ । उक्त अवसरमा क्लवका सदस्य हाल रोजगारको लागि मेलेसिया बसोवास गर्दै आएका एकजंग गुरुङलाई खादा लगायर स्वागत गरिएको द्धितिय उपाध्यक्ष मिन प्रसाद गुरुङले बताए । एकजंगले प्रतियोगिताको लागि २० हजार र एन्फा कास्कीका उपाध्यक्ष मिलन गुरुङले करिब ३० हजार आर्थिक सहयोग गर्ने भएको निर्वतमान अध्यक्ष सुरज श्रेष्ठले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button